Home News बिदेशी र नेपाली युवती मिलेर काभ्रेमा यस्तो अ*चम्म, गाउका सबैलाई चकि*त पर्दै...

बिदेशी र नेपाली युवती मिलेर काभ्रेमा यस्तो अ*चम्म, गाउका सबैलाई चकि*त पर्दै | Charlie Baba

120
0

बिदेशी र नेपाली युवती मिलेर काभ्रेमा यस्तो अ*चम्म, गाउका सबैलाई चकि*त पर्दै | Charlie Baba in Nepal



याे समचार पनि पढ्नुहोस्
नेपालमा युवा पुस्ता बिदेसिनु सामान्यजस्तो भएको छ। दक्ष र अदक्ष गरी करिब ४० लाख युवा बिदेसिएको अनुमान छ। सामान्यतः दक्ष युवा अध्ययन र अवसरको खोजीमा बिदेसिए भने अदक्ष युवा जीविकोपार्जनका लागि बिदेसिए। युवाहरूले पठाएको रेमिन्ट्यान्स देशको मेरुदण्ड बनेको छ। युवाले विदेशी भूमिमा श्रम–पसिना बगाइरहँदा नेता भने देशको ढुकुटी रित्याउन लागिपरेका छन्।

देशको झन्डै आधा हिस्सा ओगटेको युवा पुस्ता राज्यको प्राथमिकतामा नपर्नु दुःखद हो। अस्थिर राजनीति, रोजगारका अवसरको कमी, गुणस्तरीय शिक्षा र वृत्ति विकास र देशमा आफ्नो भविष्य नदेखेकाले युवा प्रतिभा पलायन दिनप्रतिदिन बढ्दो छ। पढेलेखेका र देशविदेश बुझेका युवा पुस्ताले राजनीतिप्रति चासो र सरोकार नराख्ने परिपाटीले खराब मान्छेका हातमा सत्ताको बागडोर पुग्यो।

उनीहरूले युवालाई जहिले परिचालन मात्र गरे। युवालाई राजनीतिक सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाए। यसको परिणाम आज देश युवाविहीन बन्दै गएको छ। जब देशको ऊर्जाशील एव सिर्जनशील जमात मुलुक निर्माणको हिस्सेदारी हुँदैन; तब देश बर्बादीतिर जान्छ। हरेक राजनीतिक परिवर्तनको अग्रमोर्चामा उत्रिने युवा जमात त्यसबाट प्राप्त उपलब्धिको लाभबाट जहिले वञ्चित छ। देशमै केही गरौं भन्ने युवा पनि सामाजिक राजनीतिक परिघटनाले बाध्य भएर देश छाड्छ। हामीले व्यवस्था परिर्वतनका लागि मात्र आन्दोलन गर्‍यौं।

जनताको सामाजिक तथा आर्थिक अवस्था परिर्वतन गर्न लागेनौं। देशमा राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण भयो। लोकतन्त्र स्थापनापछि केन्द्रीकृत भ्रष्टाचारको जालो विकेन्द्रीकृत हुँदै गाउँसम्म पुग्यो। विधि र पद्धतिभन्दा व्यक्तिकेन्द्रित राजनीति हावी भयो। राम्रा मान्छेलाई होइन; हाम्रा मान्छेलाई उच्च पदमा विराजमान गराइयो। क्षमता, योग्यता र प्रतिस्पर्धालाई लगाम लगाई चाकडी, चाप्लुसी र अवसरवादलाई प्रश्रय दिइयो। यसले राजनीतिले विस्तारै बाटो बिराउँदै गएको छ। अहिलेको राजनीतिक घटनाक्रमले त युवामा चरम निराशा र आक्रोश बढाएको छ। विगत १० वर्षको तथ्यांक हेर्दा युवा बिदेसिने दरमा ज्यामितीय आकारले वृद्धि भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार आव २०६५/६६ मा २४ हजार ८ सय २४ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए भने आव २०७६/७७ मा ६३ हजार २ सय ५९ जनाले अध्ययन अनुमतिपत्र लिए। विगत १० वर्षको तथ्यांक हेर्ने हो भने दुगुना बढी छ। त्यसमध्ये अधिंकाश दक्ष र प्राविधिक जनशक्ति नै बिदेसिने गरेका छन्।

नेपाल मेडिकल काउन्सिलमा हालसम्म एमबीबीएस, एमडी, एमएस, एमडीएस गरी कूल ३४ हजार १ सय ४ जना दर्ता भएका छन्। त्यसमध्ये करिब १५ सयको हाराहारीमा मात्र सरकारी सेवामा कार्यरत छन्। बाँकी रहेको संख्याको आधाजति प्राइभेट र अरू विदेशमै छन्। खोज पत्रकारिता केन्द्रले गरेको एक अध्ययनअनुसार आईओएममा अध्ययन गरेका २३ देखि २८ औं ब्याजसम्मका २५ प्रतिशत चिकित्सक मात्र नेपालमा रहेको र बाँकी ७५ प्रतिशत अमेरिका, क्यानडा, बेलायत, युरोपलगायतका विकसित देशमा पलायन भएका छन्। नर्सिङको अवस्था पनि उस्तै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here