Home News प्युठान जिल्लाबाट बाहिरियो कसैले नसो*चेको खबर। एकै परिवारका तिनै जनाले गरे आ*त्म*ह*त्या...

प्युठान जिल्लाबाट बाहिरियो कसैले नसो*चेको खबर। एकै परिवारका तिनै जनाले गरे आ*त्म*ह*त्या बास्त*बिकता यस्तो

186
0

प्युठान जिल्लाबाट बाहिरियो कसैले नसो*चेको खबर। एकै परिवारका तिनै जनाले गरे आ*त्म*ह*त्या बास्त*बिकता यस्तो



याे समचार पनि पढ्नुहोस्

पाँच वर्षअघि मुलुकमा संविधान जारी गर्दा र त्यसयतासमेत हाम्रा दल र नेताहरू आफ्नो भाग्य विधाता आफैं बन्न लागेको हो कि जस्तो देखिएको थियो । तर दुर्भाग्य भन्नुपर्छ– यो क्रम आधा दशकभन्दा बढी टिक्न सकेन । गत कात्तिक पहिलो साता जसै हठात् र खुल्लमखुला घोषणा गरेर नेपाल आएका भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसित प्रधानमन्त्री केपी शर्मा ओलीले अपारदर्शी ढंगले परराष्ट्र मन्त्रालयलाई साक्षी नराखीकनै लामो भेटघाट गरे, त्यसपछि मुलुकमा फेरि विदेशीहरूको अवाञ्छित ‘चलखेल’ सुरु हुन लागेको आभास हुन थालेको छ ।

र, यसैको पछिल्लो कडीका रूपमा अहिले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ र महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली उसैगरी अपारदर्शी ढंगले नेपाली उच्चपदस्थ तथा नेताहरूसितको भेटघाटमा छ । खासमा, एउटा स्वाभाविक र खुला कूटनीतिभन्दा बाहिरका यस्ता भ्रमण र भेटघाट हाम्रा राजनीतिक खेलाडीहरूका हकमा मात्र होइन, नेपालको समग्र राष्ट्रिय स्वत्वमाथिकै प्रश्न हो ।

प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुख गोयलससित आफ्नो राजकीय हैसियत बिर्सेर भेटवार्ता गरेबाट नै नयाँ संविधान जारी भएयताको कूटनीतिक स्वाभिमान फेरि खुम्चिने सिलसिला सुरु भएको देखिन्छ । राज्यको कूटनीतिक संयन्त्रलाई बाहिरै राखेर, कुनै संस्थागत स्मृतिमा नरहने गरी यसबीचमा यस्ता भेटघाटको शृंखला नै चल्यो ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसितको हाम्रो उच्च नेतृत्वको कुनै खास प्रयोजनसमेत नखुलेको–नखुलाइएको गोप्य भेटघाट यसैको दृष्टान्त हो । असामान्य समयमा भएका यी भ्रमणहरू शिष्टाचारमा मात्रै सीमित छँदै थिएनन् । बरु पछिल्लो समय मुलुकमा गएको राजनीतिक परकम्पलाई आम रूपमै यिनै गुप्त भ्रमण र भेटघाटसित जोड्ने गरिन्छ, घटनाक्रमहरूको आलोकमा हेर्दा जुन अतिशयोक्तिपूर्ण पनि लाग्दैन ।

अझ अहिले त, हिजो नेकपा एकतामा सहयोगी र शुभेच्छुक मानिएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली पनि यही सिलसिलामा जोडिन आइपुगेको छ । वर्तमान समय–सन्दर्भका दृष्टिले यो टोलीको आगमन जति अर्थपूर्ण देखिन्छ, नेपाली स्वाभिमानको कसीमा त्यत्तिकै अनर्थपूर्ण पनि छ । त्यसमाथि यसले अपनाएको केही तौरतरिका त त्यत्तिकै ताजुबलाग्दो छ । टोलीले सामान्य कूटनीतिक आचारबिनै राष्ट्रपति, प्रधानमन्त्रीलगायतका अन्य उच्च नेताहरूलाई त भेट्यो नै, नेपालको औपचारिक सुरक्षा पनि लिएन । उनीहरूकै चाहनाबमोजिम भन्दै न ओहदाअनुसारको ‘एस्कर्टिङ’ दिइएको छ न अंगरक्षक नै । चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रोटोकलसहितको सुरक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको बताइएको छ ।

यो शैली नेपाली सुरक्षा संयन्त्रमाथिको अविश्वास हो कि, आफ्नो भेटघाट शृंखलालाई अति गोप्य राख्न गरिएको प्रपञ्च ? जे भए पनि, आतिथेय मुलुक नेपालका लागि लज्जाको विषय हो यो, यसको बोध यहाँको नेतृत्वलाई हुनुपर्छ । फेरि, सत्तारूढ नेकपा आन्तरिक विवादले विभाजित भएपछि आकस्मिक रूपमा आइपुगेको यो टोलीको नेपाल आउनुपरेको ‘खुला–गोप्य’ प्रयोजन पनि आफैंमा गम्भीर छ, सत्तारूढ दललाई दुई हुन नदिनबाट रोक्नु यसको उद्देश्य जति नै ‘पवित्र’ भए पनि । कुनै ‘विचार मिल्ने’ विदेशी दलमाथि मैत्रीपूर्ण शुभेच्छा राख्न त पाइन्छ, तर यसरी दौडधुप नै गर्नु वा हस्तक्षेप नै गर्न खोजेजस्तो देखाउनुचाहिँ सर्वथा अनुचित छ ।

यसको अर्थ, छिमेकी तथा मित्र मुलुकबाट कूटनीतिक संयन्त्रबाहिरका भ्रमण हुनै हुँदैन भनिएको होइन । तर ती सबैले कूटनीतिक आचारको भने पूर्ण ख्याल गर्नुपर्छ, त्यसका लागि नेपाली पक्ष अडिग रहनुपर्छ । परराष्ट्र मन्त्रालयका कुनै अधिकारीको उपस्थितिबिना हुने यस्ता भ्रमण र भेटघाट आपत्तिजनक र कूटनीतिक आचारविपरीतका व्यवहार हुन् । साथसाथै, यस्ता भ्रमणका कार्यसूचीहरू पनि प्रस्ट र सार्वजनिक हुनुपर्छ । कुनै ठूलो अपराध वा आतंकवादविरुद्धको कारबाहीको गृहकार्य जसरी तिनलाई गुपचुप राख्नु हुँदैन । र, यस्ता भेटघाटमा के–कस्तो छलफल भयो भन्ने अन्तर्वस्तु पनि राज्यको औपचारिक तथा संस्थागत स्मृतिमा समेटिनुपर्छ ।

तर, कुनै कूटनीतिक हैसियत पनि नभएको र कतै संस्थागत स्मृतिमा पनि नरहने अशोभनीय भेटघाट भने मुलुकभित्र कुनै पनि दल र नेताको प्राथमिकतामा पर्नु हुँदैन । राष्ट्रकै महत्त्वपूर्ण पदमा बसेकाहरू त यसमा अझ बढी सचेत रहनुपर्छ । यहाँ के स्मरणीय छ भने, यस्ता भ्रमणको शृंखलाले मुलुकमा फेरि कतै सशस्त्र द्वन्द्वकाल, शान्ति प्रक्रिया र संविधान निर्माणका संक्रमणकालीन समयमा झैं अमुक विदेशी खेलाडीहरूको चलखेल बढ्ने त होइन भन्ने चिन्ता जगाएको छ । तसर्थ, विश्वमञ्चमा हाम्रो कूटनीतिक हैसियतलाई होचो बनाउन सघाउने यस्ता भ्रमणहरूलाई कूटनीतिक आचारअनुकूल बनाइनुपर्छ ।

हाम्रा नेताहरूले विदेशीहरूसित शिष्टाचारका नाममा शिष्टताविहीन भेटलाई जति प्राथमिकता दिन्छन्, त्यति नै आफ्नो र आम नेपाली नागरिकको मनोबल गिराइरहेका हुन्छन् । नेकपाका विभिन्न गुटका नेताहरू विशेषको मात्र सवाल होइन यो, सम्पूर्ण नेपाल राष्ट्र र नेपाली जनताको आत्मसम्मानको विषय पनि हो । तसर्थ सामान्य कूटनीतिक अक्कलको हेक्का राख्दै नेपाली नेताहरू ‘टुटेफुटेको गोटी’ होइन, खाफ्नो खेलको ‘स्ट्राइकर’ पनि आफैं बन्नुपर्छ । त्यसका लागि उनै शेरचनको उल्लिखित कविताको अर्को हरफलाई मनन गर्नु उचित हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here