Home News गुल्मीका भाइरल सचिन परियार ले कमला घिमिरे इन्द्रेणीमा हराएपछि । कस्तो अद*भूत...

गुल्मीका भाइरल सचिन परियार ले कमला घिमिरे इन्द्रेणीमा हराएपछि । कस्तो अद*भूत कला ।। Sachin Pariyar

2150
0

गुल्मीका भाइरल सचिन परियार ले कमला घिमिरे इन्द्रेणीमा हराएपछि । कस्तो अद*भूत कला ।। Sachin Pariyar



टिकटकमा भाइरल नौ बर्षीय सचिन परियार इन्द्रेणी आउँदा सारा चकित परे,आयुषासँग पयो टक्कर

याे समचार पनि पढ्नुहोस्

कवि भूपी शेरचनले भनेका थिए– नेपाल एक हल्लाको देश हो। यसको माने हल्ला हल्ला मात्र नभएर साँचो नै निस्कने भएकाले हो। २००७ सालपछिको इतिहास हेर्दा पनि यो प्रमाणित हुन्छ। जस्तो– २००७ सालमा राणा शाही जान्छ भनेर ठूलो हल्ला चल्यो। कतिपय राणा र समाजका गन्यमान्य व्यक्तिलाई यो कुरामा विश्वास थिएन। तर कालान्तरमा गयो पनि। २०१७ सालमा महिनौंसम्म नेपालमा प्रजातन्त्र रहन्छ कि रहन्न भन्ने हल्ला चल्यो।

दुईतिहाइको सरकारलाई कसले हटाउन सक्छ भन्ने एकथरीको तर्क थियो। तर त्यो हल्ला पनि सत्य निस्क्यो। २०३६ सालमा नेपालमा जनमत संग्रह गर्ने भयो। त्यसका लागि सबै प्रतिबन्धित दलहरूलाई खुलेआम काम गर्न दिइयो। तर यो केही दिनका लागि मात्र हो भन्ने हल्ला चल्यो। त्यो पनि सत्य निस्क्यो। २०४६ सालमा पञ्चायत व्यवस्था रहन्छ कि रहन्न भन्ने ठूलो सन्सनी थियो। ३० वर्षसम्म चलेको व्यवस्था कसरी जान सक्छ भन्ने मानिसहरूको अनुमान थियो। त्यो पनि भएरै छाड्यो। २०६३ सालमा जब देशव्यापी आन्दोलन चल्यो राजतन्त्र नै जान्छ कि भन्ने हल्ला चल्यो। हुन त राजतन्त्र नै हटाउने आन्दोलनको लक्ष्य थिएन। तर कालान्तरमा त्यो गयो। २०७६ मा आएर नेपाल भन्ने देशै रहन्न कि के हो भनेर हल्ला चल्न थालेको हो। अझसम्म पनि सो हल्ला कायमै छ।

सो हल्लाको पछि मानिस लाग्ने थिएन। तर नेपालमा हल्ला सत्य निस्कने परम्परा पाइएकाले कतै यो पनि सत्य निस्कने हो कि भन्ने मानिसहरूमा आशंका भएको हो। हुन पनि एउटा छिमेकीको गुप्तचर आएर प्रधानमन्त्रीसित सुटुक्क भेटेर जान्छ। अर्को छिमेकीको रक्षामन्त्री आएर दिनभरमा सबभन्दा धेरै समय नेपाली सेनासित बसेर जान्छ भने भित्रभित्र के भइरहेछ मानिसहरू अन्योलमा परेका छन्। यस्तो बखत एउटा संस्कृतको सूक्तिको स्मरण हुन्छ। त्यसमा भनिएको छ— एकं विषरसोहन्ति शस्त्रेणैकश्च बध्यते। स राष्ट्रं सप्रणं हन्ति राजानं मन्त्रविप्लव।। अर्थात् विषले एउटै मानिस मर्छ। त्यसैगरी हतियारले पनि एउटै मात्र मर्दछ। तर शासकका षड्यन्त्र खोलिँदा राष्ट्रका सबै जनता मर्छन्। कतै देशमा चलेको हल्ला र विदेशीसित भइरहेको भित्री गतिविधिको परिणाम निस्कँदा मानिसहरू कताबाट कता पुग्ने त होइन ? कसले भन्न सक्छ– भित्रभित्र यस्तो परिणामको षड्यन्त्र भइरहेको त छैन ?

यसकारण मानिसहरूले देश जोगाउने कसरी होला भनेर चिन्ता गर्नु स्वाभाविक हो। यो चिन्ताको निवारण यो देश जसले स्थापित गर्‍यो उसको विचारमा लुकेको छ। पृथ्वीनारायण शाहलाई पनि नेपाल अधिराज्य एकीकरण गरिसकेपछि यो चिन्ताले सताएको रहेछ। उनलाई आफू मर्न लागेको थाहा भएपछि यो चिन्ताले झन् पिरोलेको रहेछ। त्यसकारण उनले आफ्ना नजिकका मानिसलाई बोलाई के गर्न हुन्छ के गर्न हुन्न भनेर अनेक उपाय बताएर छाडेका रहेछन्। तर यो कुरा करिब दुई सय वर्षसम्म कसैले थाहा पाएनन्। पृथ्वीनारायणको दिव्योपदेश प्रकाशमा आएपछि मात्र यो ज्ञानको पर्दाफास भएको रहेछ। सो काम इतिहासशिरोमणि बाबुराम आचार्यले गरेका रहेछन्।

पृथ्वीनारायणको उक्त भनाइमा हाल चलिरहेका राजनीतिक सिद्धान्त सबै लुकेर बसेका रहेछन्। त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद, पुँजीवाद आदि सबै समावेश भएका रहेछन्। यी कुरा उजागर हुनुअगाडि नेपालमा विदेशबाट अनेक वाद पसिसकेका थिए। २००७ सालको परिवर्तन ल्याउन धेरै नेपाली भारतमा बस्नुपरेको थियो। त्यो परिवर्तन हुनुअघि र पछि पनि नेपालीहरू विदेशी राजनीतिक सिद्धान्तबाट प्रेरित भइसकेका थिए। कारण उनीहरू भारतका विश्वविद्यालयहरूमा अध्ययनरत थिए।

उनीहरूले भारतमा लागू गरिएको संसदीय प्रणाली र साम्यवादसम्बन्धी पुस्तक पढेका थिए। उनीहरूबाटै प्रेरित भएर नेपालमा पनि यस्तै व्यवस्था ल्याउनुपर्छ भनेर कराउन, लेख्न र प्रचार गर्न थाले। आफ्नै देशभित्रै यी विचार लुकेर बसेको भन्ने पत्तै पाएनन्। कस्तुरीले आफ्नो बियाँबाट निस्केको बास्ना कहाँबाट आएको रहेछ भनेर खोज्दै यताउता लागेजस्तै नेपाली विचारकहरू पनि यताउता लागे। अब समय आएको छ– आफ्नो देशका मानिसले देश बचाउन र समाज सुधार गर्न के भनेका रहेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here