Home News दोश्रो बि’हे गर्दै भा*इरल अर्जुन बिक, पहिलो श्रीम’तीलाई के भने ? कमाइ...

दोश्रो बि’हे गर्दै भा*इरल अर्जुन बिक, पहिलो श्रीम’तीलाई के भने ? कमाइ कति हुन्छ अहिले ? Arjun Bk

1235
0

दोश्रो बिहे गर्दै भा*इरल अर्जुन बिक, पहिलो श्रीम’तीलाई के भने ? कमाइ कति हुन्छ अहिले ? Arjun Bk





याे समचार पनि पढ्नुहोस्

कार्यक्रममा उनीहरूले नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको सामाजिक एवं कानुनी अवस्था, पश्चिमा समाज र पूर्वीय समाजमा लैंगिक अल्पसंख्यकका लागि भएका काम, सामाजिक संचरनाले यस विषयमा पार्ने असरलगायत विषयमा छलफल गरे ।

भिक्षु कश्यपले क्वेरको शाब्दिक अर्थ ‘अचम्मको’ भएको बताए । सन् १९८०/९० को दशकमा अमेरिकामा उक्त शब्द प्रयोगमा आएपछि विश्वव्यापी रुपमा स्विकारिएको उनको भनाइ छ । भने, ‘पहिले समाजमा कुनै एक बच्चा पूर्ण पुरुष वा पूर्ण महिलाका रुपमा हुर्कने बुझाइ थियो । तर, जन्मँदै वा हुर्कंदै गर्दा कुनै बालबालिकामा महिलामा हुनुपर्ने जस्तो वा पुरुषमा हुनुपर्नेजस्तो गुण विकास नहुँदा उनीहरूलाई तृतिय प्रकृतिका मानिसका रुपमा लिइयो ।’

पश्चिमा समाजमा त्यही समूहलाई क्वेर भनिएको हो । त्यस समाजले लैंगिक वा यौनिक रुपमा कोही पुरुष वा महिला हुन नसकेको खण्डमा उसलाई ‘तिमी पार लाग, कि पुरुष बन, कि महिला’ भन्ने आशयसहित व्यवहार गरिने भएकाले उनीहरूला पारलिंगीसमेत भन्ने गरिएको उनले बताए । ‘जे होस् महिला र पुरुष बाहेक अरु लैंगिक पहिचानका मानिस हुँदा रहेछन् भन्ने बुझियो । तृतीय प्रकृतिका भनिए पनि त्यसले लैंगिक विविधताको झल्कायो,’ उनले भने ।

लैंगिक वा यौनिक अल्पसंख्यक जनाउने थुप्रै नेपाली शब्द भए पनि नेपालमा पश्चिमा शब्दहरूको प्रयोग बढी भएको कश्यपको भनाइ छ । उनले नेपाली एवम् अन्य पूर्वीय समाजमा सामाजिक र सांस्कृतिक रुपमा लैंगिक अल्पसंख्यकहरूलाई विभिन्न भूमिका दिइनुलाई सकारात्मक रुपमा टिप्पणी गरे । पश्चिमा देशमा अझै पनि लैंगिक वा यौनिक हिसाबमा महिला वा पुरुष नभएकै कारण मानिस बाहिष्कार हुने वा विभिन्न सजाय भोग्नुपर्ने अवस्थाबारे सुनाए । भने, ‘हाम्रो त मारुनीदेखि रोपाइँ जात्रा वा राणाकालदेखि अन्य राजाहरूले समलिंगीहरूलाई कलाकारका रुपमा प्रस्तुत गरिन्थ्यो । त्यो ठाउँ दिइएको थियो ।’ पुरातन समाजमा छोरीहरूलाई नाच्न नदिँदा पारलिंगीलाई नै अघि सार्नेदेखि तराईको हिजरा, नटुना, जनानालगायत चलनको समेत उदाहरण दिए ।

कश्यपले लैंगिक एवं यौनिक अल्पसंख्यकहरूको हकमा लैंगिकताका आधारमा पूर्वीय समाज प्रगतिशील भएको र यौनिकताका हिसाबमा पश्चिमा समाज अगाडि भएको तर्क राखे । ‘नीतिगत र संस्कृति हिसाबमा पूर्वीय समाज तृतीय प्रकृतिका मानिसका लागि केही उदार छ’, कश्यपले भने । भलै धर्मग्रन्थका केही अंश, सामाजिक संरचनाले भने मानिसलाई लैंगिक र यौनिक अल्पसंख्यकबारे सोच सीमित घेरामा बाँधिदिएको उनले बताए । ‘जैन, बौद्ध र हिन्दु धर्ममा लाग्नेहरूका लागि यी विषय क्लिष्ट छ । किनकि त्यहाँ यौन र यौनिकता काम र वासनासँग जोडिएका विषय हुन् भनिएको छ । तिनलाई त्यागेपछि मात्र मानिसले मुक्ति पाउने जनाइएको छ । कामना र इच्छाहरू बाँकी रहेसम्म बाँधिइरहन्छौं भनिएको छ,’ उनले भने ।

बौद्ध धर्मका भिक्षु, भिक्षुणी एवम् अनुयायीहरूले पालना गर्नुपर्ने पञ्चशीललाई उदाहरणका रुपमा उनले प्रस्तुत गरे । जहाँ ‘उभयव्यञ्जक’ (महिला पुरुष दुवैको लैंगिक अंग भएको मानिस) र ‘पाण्डक’ (कुनै अंग नभएको)लाई संगठनमा समावेश नगर्नु भन्ने छ । ‘यी धेरै पछि आएका कुरा हुन् । बुद्धले त मुक्तिको मार्गमा लाग्ने सबै मानवमा चेतना हुन्छ भेदभाव गर्नुहुँदैन भनेका छन् । अपांगता भएकाहरूलाई नि समावेश नगर्नु भनिएको शील पछि लेखिएका हुन्, जसमा मलाई विश्वास छैन,’ उनले भने ।

समाजमा लैंगिकता र यौनिकताका विषयलाई लिएर अज्ञानता स्थापित हुनुमा धर्मशास्त्रको योगदान रहेको उनको तर्क हो । प्राय: धर्मले महिला वा समलिंगी हुनु पूर्वजन्ममा यौन सम्बन्धमा अनैतिक हुनुको फलका रुपमा व्याख्या गर्नुलाई समस्याका रुपमा उनले प्रस्तुत गरे । ‘यी मिथ्या विचार हुन् । जुन समस्या पितृसत्तात्मक धार्मिक संघहरू संगठित भएका हरेक समाजलमा छन् । यी भ्रम नचिरेसम्म समाजमा उस्तै विचार स्थापित रहन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here