Home News मलाई ब*चा’उनुहोस् १४ बर्से नेपाली चे’ली जिबन र मृ*त्यु संग ल*डिरहेकी छिन्...

मलाई ब*चा’उनुहोस् १४ बर्से नेपाली चे’ली जिबन र मृ*त्यु संग ल*डिरहेकी छिन् (सके सहयोग गरौ नसके १ सेयर गराै)

924
0

मलाई ब*चाउनुहोस् १४ बर्से नेपाली चेली जिबन र मृ*त्यु संग ल*डिरहेकी छिन् (सके सहयोग गरौ नसके १ सेयर गराै)





याे समचार पनि पढ्नुहोस्

भक्तपुरको तलेजुभित्र रहेको मारिकमिः छें भवन पुनर्निर्माण सुरु भएको छ । भक्तपुर दरबार क्षेत्रस्थित तलेजुस्थित बेको चोकको पश्चिम र जिस्वाँ चोकको पश्चिममा रहेको मारिकमिः छें भवन पुनर्निर्माण अघि बढेको हो । भक्तपुर दरबार क्षेत्रको स्वर्णद्वार भएर तलेजु प्रवेश गर्नेबित्तिकै जमदार चोक आउँछ । जमदार चोकबाट सिंहध्वाका दरबारको दलान भएर अघि बढ्दा बेको चोक पुगिन्छ । सोही चोकको सुरुवातकै दायाँतिर मारिकमिः छें रहेको छ ।

उक्त भवनको दक्षिणमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको सिंहध्वाका दरबार रहेको छ । उक्त दरबार अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जसले गर्दा उक्त दरबारमा रहेको राष्ट्रिय कला संग्रहालय सर्वसाधारणको लागि खुला गरिएको छैन । उत्कृष्ट काष्ठकलाको अष्ट दश अर्थात १८ वटा भैरवका मूर्ति रहेको भैरव चोकको दक्षिणस्थित उक्त भवन मल्लकालीन दरबारकै एक भाग रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन् ।

उनले पछिल्लो समय उक्त भवनमा वडा दसैंको लागि आवश्यक लाखामारिलगायतका मिठाइ, पक्वान पकाइने जानकारी दिए ।‘भक्तपुर तलेजुका ५ सय ३८ रमकीहरुमध्ये मारिकमिः (मधिकर्मी) थरका खान्कीदारहरुले उक्त भवनमा वडादसैंमा तलेजुको लागि आवश्यक लाखामरि तथा पक्वान बनाउने भएकाले यस भवनलाई मारिकमिः छें भनिएको हो’, मूल नाइके जोशीले भने, ‘वडादसैंमा मात्रै तुलजा भवानीको लागि ८४ प्रकारका लाखामरि बनाउनुपर्छ । वडादसैंको महाअष्टमीको दिन लाखामरिलगायतका पक्वानहरुको खट नै बनाउनुपर्छ ।’

मल्लकालीन उक्त भवन भक्तपुर नगरपालिकाले ४२ लाख २८ हजार ८ सय ८ रुपैयाँको लगत इस्टिमेटमा उपभोक्ता समितिमार्फत पुनर्निर्माण अघि बढाएको हो । २०७२ सालको भूकम्पले भवन जीर्ण बनाएकाले जगैसम्म भत्काएर पुनर्निर्माण गरिएको भक्तपुर नपाको सम्पदा शाखाका प्रमुख इञ्जिनियर रामगोविन्द श्रेष्ठले जानकारी दिए । दुईतलाको उक्त भवनको अधिकांश इँटा तथा काठ फेर्नुपर्ने भएकाले लागत बढेको उनी बताउँछन् ।उनका अनुसार नपाले अघिल्लो आर्थिक वर्षमै उक्त भवन पुनर्निर्माणको लागि बजेट विनियोजनसहित उपभोक्ता समिति गठन गरेको थियो ।

‘स्थानीय लक्ष्मीप्रसाद सुवालको अध्यक्षतामा उपभोक्ता समिति गठनलगत्तै विश्वव्यापी कोरोना भाइरस महामारीको कारण लकडाउन घोषणा भएकाले काम अघि बढ्न सकेन’, इञ्जिनियर श्रेष्ठले भने, ‘लकडाउन हटेसम्म पुनर्निर्माण अघि बढाएका छौं ।’

उनका अनुसार चालू आर्थिक वर्षको असार मसान्तभित्र पुनर्निर्माण सम्पन्न गरी योजनाको म्याद थप गरिएको छ । हाल पुनर्निर्माणको काम जगभन्दा आइसकेको छ । त्यस्तै भवनको लागि आवश्यक काठको व्यवस्थासँगै बुट्टा भर्ने काम भइरहेको सम्पदा शाखाले जनाएको छ ।नपाले परम्परागत शैलीमै चुनासुर्खीको प्रयोग गरी उक्त भवन पुनर्निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here