Home News आमाछोरी राजु परीयार शीत गितगाउन छिटै काठमाडौ जाँदै, इन्द्रेणीसम्म पुग्ने भयपछी खुसीकोआसु...

आमाछोरी राजु परीयार शीत गितगाउन छिटै काठमाडौ जाँदै, इन्द्रेणीसम्म पुग्ने भयपछी खुसीकोआसु Riya Khadka

414
0

आमाछोरी राजु परीयार शीत गितगाउन छिटै काठमाडौ जाँदै, इन्द्रेणीसम्म पुग्ने भयपछी खुसीकोआसु Riya Khadka



याे समचार पनि पढ्नुहोस्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको चीनका आर्थिक गतिविधि भने एक वर्षदेखि ठप्प छन् । विश्वव्यापी कोभिड–१९को महामारी सुरु भएयता नेपाल–चीन आर्थिक साझेदारीका अधिकांश परियोजना बन्द अवस्थामा छन् ।

चीनले कोभिडको कारण देखाउँदै अन्तरदेशीय रेलको अध्ययनदेखि चक्रपथ विस्तार, सुख्खा बन्दरगाह निर्माणलगायतका थुप्रै आयोजनाको काम रोकेर राखेको छ । त्यति मात्रै होइन, चीनसँगका प्रमुख दुई व्यापारिक नाका पनि एकदमै न्यून मात्रामा मात्रै खोलेको छ ।

नेपालले चिनियाँ सहयोगका परियोजना अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि कोभिडको कारण देखाउँदै चीन पन्छिँदै आएको अर्थ मन्त्रालयका एक अधिकारीे बताए । ‘चीनले पछिल्ला समयमा राजनीतिक भेटघाट, भ्रमण तथा छलफल अघि बढाए पनि आर्थिक गतिविधि भने यथास्थितिमा राखेको छ’ उनले भने ।

कोभिडको कारण देखाउँदै चिनियाँ अध्ययन टोली नेपाल नआउँदा नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढ्न सकेको छैन । कोभिडकै कारण देखाउँदै चीनले उत्तरी क्षेत्र विकास कार्यक्रमसमेत अघि बढाएको छैन । चीनसँग सीमा जोडिएका १५ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने विकास कार्यक्रम कोभिडकै कारण अन्योलमा परेको छ ।

टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि समझदारी भए पनि काम सुरु भएको छैन । चिनियाँ सहयोग आयोजनाको दोस्रो चरणको विस्तारअन्तर्गत कलंकी–महाराजगन्ज–चाबहिलसम्मको ११ किलोमिटर विस्तार काम चालू आर्थिक वर्षदेखि सुरु गर्ने तयारी थियो । तर, पूर्वतयारी लगभग सकिए पनि चिनियाँ पक्ष नआउँदा काम सुरु हुन सकेको छैन ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणका लागि ४ मंसिर २०७६ मा सिलान्यास भयो, केही समय काम पनि भयो । तर, अहिले निर्माणले गति लिन सकेको छैन, काम ठप्प छ । स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिको काम पनि रोकिएको छ ।

चिनियाँ प्राविधिक नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाइटिङ, सेन्ट्रल एसी जडानलगायत प्राविधिक काम रोकिएको छ । कोभिडकै कारण देखाउँदै भक्तपुरमा वीर अस्पताल निर्माण तथा मदन भण्डारी प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि समेत चिनियाँ टोली आएका छैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाहेक चिनियाँ सहयोगका अधिकांश परियोजना एक वर्षदेखि ठप्प रहेको सरकारी अधिकारले औँल्याएका छन् ।

राजनीतिज्ञ आए, कामदर आएनन्
कोभिड महामारीकै बीच चीनले राजीतिक गतिविधि भने बढाएको देखिन्छ । मुलुकमा राजनीतिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उच्च तहका नेतासँगको भेटलाई तीव्रता दिने गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले गत साताको बिहीबार र शुक्रबार नेकपाका चार नेतासँग भेट गरिन् ।

बिहीबार सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेटिन् । त्यतिमात्रै होइन, चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल अहिले नेपाल भ्रमणमा छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणका लागि एयर चाइनाको चार्टर्ड विमानमा १२ पुसमा काठमाडौं आएको हो । त्यसअघि चिनियाँ रक्षामन्त्री जनरल वेई फेंगेले १४ मंसिरमा नेपाल भ्रमण गरेर फर्केका थिए ।

यसबीचमा चीनबाट उच्चस्तरीय राजनीतिज्ञको भ्रमण पटकपटक भए पनि कामदार भने सीमित मात्रामा मात्रै आएका छन् । यो आर्थिक वर्ष सुरु भएयता साउनदेखि मंसिरसम्म ५ सय ७६ जना चिनियाँ नागरिक नेपालमा भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । यसमा दूतावासका कर्मचारीदेखि पर्यटक, राजनीतिज्ञ तथा चिनियाँ व्यवसायी र सीमित मात्रामा मजदुर रहेका छन् । खासगरी चिनियाँ प्राविधिक तथा कामदार नआउँदा चिनियाँ सहयोगका परियोजना अघि बढ्न नसकेको सम्बन्धित परियोजनाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here