Home News भाइरल आमा छोरिलाई काठमाडौमा भव्य स्वागत ! Raju Pariyar लाई भेट्न आतुर,...

भाइरल आमा छोरिलाई काठमाडौमा भव्य स्वागत ! Raju Pariyar लाई भेट्न आतुर, सपना पुरा भो भन्दै रोए

728
0

भाइरल आमा छोरिलाई काठमाडौमा भव्य स्वागत ! Raju Pariyar लाई भेट्न आतुर, सपना पुरा भो भन्दै रोए




याे समचार पनि पढ्नुहोस्
ठेकेदार चिनियाँ कम्पनीले न्यूनतम ज्याला नदिएको, दैनिक १६ घण्टासम्म काममा लगाएको, ओभरटाइमको ज्याला नपाएको, करार सेवामा नियुक्त नगरी दैनिक ज्यालादारीमा काम लगाउने गरेको लगायत गुनासो मजदुरले गरेका छन् । गत मंगलबार जिल्ला प्रशासन कार्यालयमा मजदुर प्रतिनिधि र ठेकेदार कम्पनीका तर्फबाट बार्ता भएर बुधबारदेखि काम सुरु गर्ने भने पनि मजदुरहरू काममा आएका छैनन् ।
मंगलबार जिल्ला प्रशासनमा ठेकेदार कम्पनीका प्रतिनिधिले मजदुरसँग यसअघि भएका सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए । यसअघि करारमा नियुक्ति दिने, मजदुरको बिमा, सुरक्षा पोसाक, ओभरटाइम भत्ता, मासिक ज्याला भुक्तानी र परिचयपत्र दिने सहमति भएको थियो ।

सहमति भए पनि ठेकेदारले कार्यान्वयन नगरेकाले काममा नफर्केको मजदुरहरू बताउँछन् । मजदुर आन्दोलनको अगुवाइ गरिरहेका अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सानोकाजी डंगोलले कामदारहरूलाई सुपरभाइजरले चाहेका बेला कामबाट निकाल्न सक्ने प्रावधान राखिएकाले काममा नफर्किएको जानकारी दिए । ‘त्यस्तो व्यवस्थाले कामदारको सुरक्षा हुँदैन । त्यो प्रावधान हटाउनुपर्छ भनेका छौं,’ उनले भने । त्यहाँ कार्यरत मजदुरहरूले दैनिक ६ सय ५० देखि १३ सयसम्म ज्याला पाउने गरेको उनले बताए ।

ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) का म्यानेजर भूमिनन्द ढकालले मजदुरले एकपछि अर्को माग थप्दै आएका कारण पूरा गर्नै नसकिएको दाबी गरे । उनले काम सुरु भएपछि हालसम्मका तीनवटा छलफल र सहमति पूरा गरिसक्दा पनि उनीहरू काममा नआएको जनाए । ‘दिनहुँ नयाँ नयाँ माग तेस्र्याउँछन्, जुन पूरा गर्न सम्भव नै छैन,’ उनले भने ‘दुई वर्षको यो ठेक्कामा कार्यरत सबै मजदुरलाई स्थायी गर्नपर्ने नयाँ माग तेस्र्याएका कारण पूरा गर्न नसकिएको हो ।’

काम सुरु भएदेखि जिल्ला प्रशासनको रोहबरमा ३ पटक सहमति भइसक्दा पनि केही मजदुर नेताले श्रमिक उचालेका कारण काम हुन नसकेको दाबी उनको छ तर ठेकेदारका तर्फबाट त्यहाँ कार्यरत एक नेपाली इन्जिनियरले नाम उल्लेख नगर्ने सर्तमा चिनियाँ ठेकेदारले प्राविधिकलाई समयमा तलब भुक्तानी नदिने गरेका कारण दर्जन प्राविधिकले काम छोडिसकेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले गत मंगलबार दुवै पक्षबीच काम गर्ने गराउनेबारे सहमति भएको बताए । ‘सहमति भएको हो, किन काम भएन बुझ्नुपर्छ,’ उनले भने । बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर सडक निर्माण सुरु गरेको दुई वर्ष पुग्न लाग्दा पनि दुई प्रतिशत मात्र काम भएको छ । पुराना पुल, कल्भर्ट भत्काएर नयाँ बनाउने र सडक फराकिलो पार्ने काम अलपत्र छ । यस अवधिमा ५० प्रतिशत काम हुनुपथ्र्यो । बजारमा ६ लेन, जंगलमा ४ लेन र दाउन्ने पहाडमा ३ लेनको सडक विस्तार गर्न सरकारले १७ अर्बको लगानीमा ठेक्का दिएको हो ।

०७५ चैत्रदेखि सुरु गरी ०७८ भित्र सम्पन्न भइसक्नुपर्ने भए पनि विभिन्न बहानामा काम अघि बढ्न सकेको छैन । सडक फराकिलो पार्न जताततै सडक खन्ने र पुर्ने काम अघि बढाएका कारण राजमार्ग धुलाम्ये छ । बुटवल नारायणगढ सडक खण्डको दाउन्नेदेखि पश्चिम एक खण्ड र दाउन्नेदेखि पूर्व गैंडाकोटसम्म अर्को खण्डमा विभाजन गरेर ठेकेदार कम्पनीले काम गर्न थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here