Home News नयाँ वर्षकै दिन सबिता माताको ड रलाग्दो भबिस्यबाणी,नेपाल र बिश्वमै हलचल,२०२१ झन्...

नयाँ वर्षकै दिन सबिता माताको ड रलाग्दो भबिस्यबाणी,नेपाल र बिश्वमै हलचल,२०२१ झन् ख तराको संकेत।

742
0

नयाँ वर्षकै दिन सबिता माताको ड रलाग्दो भबिस्यबाणी,नेपाल र बिश्वमै हलचल,२०२१ झन् ख तराको संकेत।



याे समचार पनि पढ्नुहोस्

वेद भारतवर्षको अत्यन्त प्राचीन, सुव्यवस्थित र निश्चित वाङ्मय हो । वेद परमेश्वरको शाश्वत वाणी मानिन्छ । ऋषिहरू मन्त्रद्रष्टा मात्र हुन् । मनुस्मृति इत्यादि स्मृतिहरू भने वेदमा विधान गरिएका र वेदका अनुकूल तथा अविरोधी विषयका प्रतिपादक ग्रन्थका रूपमा मान्य छन् । श्रुति वेद) को अनुगामी हुनु स्मृतिको मुख्य लक्षण हो । पुराण–रामायण–महाभारतहरू पनि वेदको उपबृंहण व्याख्या, स्पष्टीकरण आदिद्वारा पुष्टि) गर्न रचिएका हुन् । यिनै श्रुति–स्मृति–पुराणहरू नै वैदिक सनातन वर्णाश्रम धर्मका शास्त्र हुन् ।

वेदादिशास्त्र भनेको मान्छेलाई उसको जन्मजात आहार–निद्रादि पशुसमान चेष्टामा सीमित प्रवृत्तिबाट उद्धार गरी परम कल्याणमय महान् उद्देश्यप्रति अभिमुख गराएर तदनुकूल प्रवृत्तिमा संलग्न हुन र साधनाको मार्गमा अगाडि बढ्न प्रेरणा गर्ने र बाटो देखाउने तथा लोककल्याणका लागि सुव्यवस्था गर्ने, मान्छेबाट हुने त्रुटिबाट मुक्त परम ज्योति हो । शास्त्र भनेको व्यापक प्रयोगविषय भएको शाश्वत नियम हो भने कुनै शासकले वा शासकसमूहले बनाएका संविधान–विधि–नियमहरू भनेका शक्तिसन्तुलन र परिस्थितिका आधारमा बन्ने–बनाइने तात्कालिक सीमित प्रयोगविषय हुने नियम मात्र हुन् भन्नेमा पनि विशेष ध्यान दिई सम्बद्ध विषयको विवेचन गर्नुपर्छ ।

वेदका वाक्यहरूको अर्थ प्रकरणको विपरीत एकदेशी गर्नु हुँदैन । यस विषयमा निरुक्तकार यास्कले झन्डै तीन हजार वर्षअगि नै ‘न तु पृथक्त्वेन मन्त्रा निर्वक्तव्याः प्रकरणश एव तु निर्वक्तव्याः’ १३।१२) (मन्त्रहरूको निर्वचन प्रकरणबाट अलग गरेर गर्नु हुँदैन, प्रकरणअनुसार नै गर्नुपर्छ’ इत्यादि भनी वेदको अर्थ बुझ्न खोज्नेहरूलाई सतर्क हुन शिक्षा दिएका छन् । साथै उनले शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छओटा वेदाङ्गका आधारमा मात्रै अहिलेका मान्छेले वेदको अर्थ बुझ्न सक्ने पनि बताएका छन् निरुक्त १।६।५) । तसर्थ स्कन्दस्वामी, वेङ्कटमाधव, सायण इत्यादि प्राचीन आचार्यहरूले गरेका मन्त्रका अर्थहरूलाई उपर्युक्त वेदाङ्गहरूका आधारमा समेत बुझ्ने प्रयास गर्नुपर्छ । आजभोलिका पूर्वाग्रहपीडित र भ्रामक अनुवाद र विवेचनाका भरमा वेदका मन्त्रहरूको मूल्याङ्कन गर्ने मूर्खता विवेकशील व्यक्तिले गर्न हुँदैन ।

ब्राह्मणको कर्तव्य

यी शास्त्रहरूको परिपालन गर्नु ब्राह्मणहरूको विशेष कर्तव्य मानिन्छ । वेदको रक्षा र वेदले बताएको सदाचारको पालन गर्नका लागि नै ब्रह्माजीले ब्राह्मणहरूलाई वेद पढाएर, यज्ञ गराएर तथा दान लिएर समेत जीविका चलाउने अधिकार दिनुभएको हो भन्ने शास्त्रको भनाइ छ बौधायनधर्मसूत्र १।१८।२, याज्ञवल्क्यस्मृति १।१९८) । तसर्थ यस धर्मका अनुयायी ब्राह्मणहरू वेदादिशास्त्रको अध्ययन, बोध, आचरण र प्रचारण गर्नमा विशेष ध्यान दिने गर्छन् ।

शास्त्रमा ब्राह्मणले आजीवन पालन गर्नुपर्ने सदाचरण र तपस्याको विधान पाइन्छ । यसरी तपोमय जीवन व्यतीत गर्नु सामान्य व्यक्तिलाई सम्भव हुँदैन । शिक्षाशास्त्र, व्याकरणशास्त्र, निरुक्तशास्त्र, छन्दःशास्त्र, साहित्य, आयुर्वेद, योग, नीतिशास्त्र, अर्थशास्त्र, तन्त्रशास्त्र इत्यादि अनगिन्ती शास्त्रको उत्तरोत्तर विकास गरेर त्याग–तपस्याका आधारमा लोभ–मोहबाट माथि उठी एकचित्त भएर ब्राह्मणहरूले ती विधामा हजारौँ ग्रन्थ बनाएर छाडेका छन्, जो अहिले पनि उपलब्ध नै छन् र विश्वभरि नै तिनको अध्ययन–अनुसन्धान पनि भइरहेको छ ।

ब्राह्मणवादको चर्चा पनि ब्राह्मणप्रति द्वेष, घृणा र असहिष्णुता बढाउने उद्देश्यले र भ्रमात्मक कुरा फैलाउने भावनाले गरिएको देखिन्छ । त्यसमा प्राच्य समाजमा चरित्रपूर्ण चेतनाको दियो बाल्ने ब्राह्मणवर्गप्रति अनास्था फैलाइदिन सके भ्रष्टता र अज्ञानमा रुमलिएको र शिक्षा, राजनीति र अर्थनीतिका प्रभावले पश्चिमाभिमुख र स्वधर्मविमुख भैसकेको प्राच्य समाजलाई आफ्नो धर्ममा पनि हाकाहाकी राम्ररी नै दीक्षित गर्न सकिएला भन्ठान्ने पश्चिमाहरूका षड्यन्त्रले नै मुख्य रूपमा काम गरेको प्रतीत हुन्छ ।

चातुर्वर्ण्य–समाज

प्रागैतिहासिक कालदेखि नै भारतवर्षमा चातुर्वर्ण्य–समाज चल्दै आएको छ । यस्तो समाज ब्राह्मणले जबर्जस्ती बनाएको हैन । आफ्ना आन्तरिक गुणले गर्दा यो चातुर्वर्ण्य–समाज अनेक घात–प्रतिघातहरूको सामना गर्दै आजसम्म पनि कुनै रूपमा चलिआएकै छ ।

भारतमा आफ्नो उपनिवेश टिकाउन अङ्ग्रेजहरूले पनि भारतवर्षीय यस समाजमा आन्तरिक फुट पैदा गरी चार वर्णहरूका बीचमा परस्परमा विरोध गराउन धेरै षड्यन्त्र गरेका थिए । उनीहरूले चलाएका शिक्षाप्रणाली र प्रायोजित गरेका लेखकहरूले भारतवर्षीय चातुर्वर्ण्य–समाजमा परस्पर विरोध चर्काउन काम गरेको देखिन्छ । जुनसुकै समाजलाई पनि विविध जनशक्तिको आवश्यकता पर्छ । चार वर्णको सृष्टि धार्मिक–सामाजिक कार्यविभाजनलाई सुव्यवस्थित रूपमा अघि बढाउन र स्थिर गर्नसमेत अनादि कालदेखि गरिएको हो ।

वैदिक धर्म र महिला

कतिपय व्यक्तिले ‘वैदिक धर्मका सबैजसो नियमले महिलालाई नियन्त्रण गर्ने र पुरुषलाई चाहिँ स्वतन्त्र छाड्ने गरेको, महिलाले परपुरुषसँग सम्बन्ध राखे ऊ चरित्रहीन हुने, तर पुरुषले परस्त्रीसँग सम्बन्ध राखे त्यस्तो नमानिने’ भन्ठानेको देखिन्छ । धर्मशास्त्रमा पुरुष र महिला दुवैलाई अनुशासनमा राख्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here