Home News ईन्द्रेणिले बनाइदियो यी ५ बाल कलाकारको भविष्य, तपाईं हरुलाई मन पर्ने कुन...

ईन्द्रेणिले बनाइदियो यी ५ बाल कलाकारको भविष्य, तपाईं हरुलाई मन पर्ने कुन कुन हुन ? भिडियो हेर्नुहोस्

298
0

ईन्द्रेणिले बनाइदियो यी ५ बाल कलाकारको भविष्य, तपाईं हरुलाई मन पर्ने कुन कुन हुन ? भिडियो हेर्नुहोस्



याे समचार पनि पढ्नुहोस्
विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमका कर्जा, निक्षेप र मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, क्रेडिट कार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र आदि मौद्रिक उपकरण विदेशी विनिमयअन्तर्गत पर्छन् र कसैले पनि इजाजतपत्रप्राप्त व्यक्तिसँग बाहेक अरूसँग यस्तो कारोबार गर्नु हुँदैन ।

कुनै खास सर्तमा पाएको विदेशी विनिमयलाई त्यसैमा लगाउनुपर्छ, सर्त उल्लंघन गर्न हुँदैन । विदेशी विनिमय कारोबारले विदेशी विनिमय खरिद–बिक्री गर्ने, विदेशी मुद्रामा ऋण लिने–दिने र अन्य किसिमले विदेशी विनिमय लिने–दिने कार्यलाई जनाउँछ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटही स्वीकृति र इजाजत दिने, निरीक्षण गर्ने, निर्देशन दिने र आवश्यक परे कारबाही गर्ने गर्छ । प्रत्येक मुलुकले समष्टिगत आर्थिक नीतिका उद्देश्य हासिल गर्न विदेशी विनिमयलाई नियमित गर्न यससम्बन्धी नीतिगत व्यवस्था गरेका हुन्छन् । नेपालले पनि यही प्रयोजनका लागि विदेशी विनिमयसम्बन्धी नीतिगत व्यवस्था गरेको छ ।

अर्थतन्त्रमा उपयुक्त किसिमबाट विदेशी विनिमय व्यवस्थापन भएन भने त्यसले आर्थिक संकट निम्त्याउँछ भन्ने कुरा एसियाली आर्थिक संकटबाट प्रमाणित भइसकेको छ । त्यसैले मुलुकको आर्थिक खुलापन (कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक व्यापारको अंश), वित्तीय एकीकरणको अवस्था, व्यापारको केन्द्रीकरण, विदेशी विनिमय परिवर्त्यता, वित्तीय बजारको विकासको अवस्था, अल्पकालीन पुँजी प्रवाहको अवस्था हेरेर विदेशी विनिमय व्यवस्थापन गर्ने गरिन्छ ।

विश्वमा आर्थिक उदारीकरण र विश्वव्यापीकरणसँगै विदेशी विनिमय व्यवस्थापन कार्यमा पनि धेरै खुकुलोपन आइसकेको छ । नेपालमा पनि यही नीतिअनुरूप खास गरी सन् १९८० र १९९० को दशकदेखि विदेशी विनिमय व्यवस्थापनमा धेरै सुधार र खुकुलोपना ल्याइसकिएको छ । उदाहरणस्वरूप, आयात इजाजतपत्रको खारेजी, वाणिज्य बैंकहरूलाई विनिमय दर निर्धारण गर्न स्वतन्त्रता, विदेशी लगानीकर्तालाई लगानीको रकम र लाभांश विदेशी मुद्रामा सहजै फिर्ता लैजान दिने व्यवस्था, ड्राफ्ट टीटीका माध्यमबाट निश्चित रकमसम्मको भुक्तानी दिन पाइने व्यवस्था, नेपाली रुपैयाँलाई चालु खातामा पूर्ण परिवर्त्यता, पुँजी खातामा आंशिक परिवर्त्यता, विदेशी विनिमय दरको निर्धारण माग र आपूर्तिका आधारमा गर्ने व्यवस्था आदि यो अवधिमा गरिएका सुधारहरू हुन् ।

मूलतः विदेशी विनिमय व्यवस्थापनले दुर्लभ विदेशी विनिमयको प्राप्ति, सञ्चिति, खर्च, विनिमयदर निर्धारण र लगानीसम्बन्धी कार्यलाई समेट्छ । विदेशी विनिमय व्यवस्थापन गर्दा मुलुकको केन्द्रीय बैंकले समष्टिगत आर्थिक नीतिको उद्देश्य, शोधनान्तर स्थिति, मुद्रास्फीति, आर्थिक वृद्धिदर र विदेशी मुद्राको सञ्चितिलाई ध्यानमा राख्नुपर्छ ।

विदेशी विनिमयका विभिन्न आयाममा विदेशी विनिमयको प्राप्ति, सञ्चिति, खर्च (भुक्तानी) र विनिमयदर निर्धारण, लगानी, विदेशी विनिमयसम्बन्धी ऐन तथा नीतिगत व्यवस्था, समसामयिक सुधारहरू, नियमन, अनुगमन, सुपरिवेक्षण आदि विषय पर्छन् । मुलुकमा विदेशी विनिमयको प्राप्ति विभिन्न स्रोतबाट हुने गर्छ । जस्तो– वस्तुको निर्यात, पर्यटक आगमन, शिक्षा, औषधोपचार, अन्य सेवाको निर्यात, विप्रेषण, प्रत्यक्ष विदेशी लगानी, विदेशी ऋण, विदेशी अनुदान आदि । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात १०८ अर्ब २ करोड रुपैयाँ बराबरको भएको छ । सेवा निर्यातबाट १५६ अर्ब ३५ करोड, विप्रेषणबाट ८७५ अर्ब ३ करोड, विदेशी प्रत्यक्ष लगानीमार्फत १९ अर्ब ६८ करोड, विदेशी ऋणबापत १६२ अर्ब ५८ करोड र विदेशी अनुदानबापत ५१ अर्ब ९३ करोड बराबरको विदेशी मुद्रा प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here