Home News सपनाको बाबालाई रातरात लगियो सुधार केन्द्र, हुनेवाला श्रीमती र पबित्रले रुदै खोले...

सपनाको बाबालाई रातरात लगियो सुधार केन्द्र, हुनेवाला श्रीमती र पबित्रले रुदै खोले (भिडियो हेर्नुहोस्) स्वास्थ्य लाभको कामना

734
0

सपनाको बाबालाई रातरात लगियो सुधार केन्द्र, हुनेवाला श्रीमती र पबित्रले रुदै खोले (भिडियो हेर्नुहोस्) स्वास्थ्य लाभको कामना



याे समचार पनि पढ्नुहोस्
वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्छ। वित्तप्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ। स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्वउत्तर स्थान चयन गर्नुपर्छ। कम्प्युटर विभाग, बिक्री विभाग प्रमुखका लागि पश्चिम–उत्तरलाई कक्ष बनाउनु उपयुक्त हुन्छ। वरिष्ठ प्रशासन अधिकारीले पश्चिमतर्फ स्थान ग्रहण गर्नु राम्रो हुन्छ।

त्यसैगरी कार्यालय प्रमुख र कोषकारलाई दक्षिण–पश्चिम स्थानमा राख्न सकिन्छ। कार्यालयमा खाना बनाउने कक्ष एवं क्यान्टिन, कम्प्युटरका साथै विद्युत् आपूर्ति, मिटर र जेनेरेटर, इन्भर्टरका लागि पूर्व–दक्षिण कोण वा आग्नेय कोणमा व्यवस्था गर्नुपर्छ। कार्यालयको अग्रभागस्थित केबिनलाई आयताकार बनाउनुुपर्छ।

वास्तुशास्त्रानुसार वर्गाकार कक्ष एवं वर्गाकार रिसेप्सन केबिन राख्नु अशुभ मानिन्छ। चौडाइको अपेक्षाकृत लम्बाइ डेढ या पौने दुई गुणा हुनुपर्छ। कार्यालयको ब्रह्मस्थानलाई यथासम्भव रिक्त राख्नुपर्छ। मुख्य कार्यालय तथा विभागको प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा हुनुपर्छ। आजको आधुनिक व्यापार विकासको कारणले उच्च स्थानको कमी र अकासिँदो बहालका कारण पसल एवं सोरुमलाई वास्तुसम्मत बनाउन प्रायः असम्भव नै छ, तापनि व्यापारिक पसलको आकार, मापन, ढलान, द्वार र आन्तरिक सज्जाका लागि वास्तु नियमको पालना गर्दा शुभकल्याण हुन्छ।

पसलको आकार बनाउँदा वर्गाकार, आयताकार या त अष्टकोणीय हुनुपर्छ। अनिश्चित आकार व्यापारका लागि बाधक हुन्छ। बाघको जस्तो आकार या सिंहाकार पसल त्यति शुभ मानिँदैन तर अगाडिको भाग अधिक चौडा पछाडिको भाग कम चौडा भएमा शुभ मानिन्छ। पसलको पूर्व एवं पश्चिम दिशातर्फ सडक भएमा प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा राख्नुपर्छ। वास्तुशास्त्रीहरूको के मत रहेको छ भने पसलेको चौडाइ एवं गहिराइको अनुपात १ः२ हुनुपर्छ। साथै २.५ देखि ३ मिटर चौडा र ५ या ६ मिटर गहिरो पसल पनि शुभ नै मानिन्छ।

अन्य विद्वान्हरूका मतानुसार १ः३ समेत शुभ मानिन्छ। साथै ३ गुणा गहिरो पसलमा सामान राख्न सजाउन अधिक सरल एवं प्रभावी हुने वास्तुशास्त्रमा पाइन्छ। व्यापारिक कोठाको उचाइ ८ फिटभन्दा कम राख्नु हँुदैन। अझ १० फिटको उचाइ भएमा उक्त स्थानमा सफलता र समृद्धिका लागि श्रेष्ठ मानिएको छ। पसल प्रवेशका निमित्त बनाइने सिँढी, पसलअगाडि पूरै लम्बाइ लिएर बनाउनुपर्छ। कारणवश पूरै लम्बाइ कभर गरी सिँढी बनाउन नसक्ने अवस्थामा धनात्मक ऊर्जा उत्पन्न हुने गरी सिँढी तयार गर्नुपर्छ।

व्यापारिक पसलको पूर्व दिशामा बनाइने खुट्किला सीधा र समान भएमा शुभ हुन्छ। पश्चिम दिशामा बनाइने सिँढी वृताकार, अर्धवृताकार एवं अण्डाकार (दीर्घवृताकार) भएमा कल्याण एवं शुभप्रद हुन्छ। उत्तर दिशातर्फ भने वर्गाकार सिँढी कल्याणप्रद मानिएको छ। दक्षिण दिशाबाट प्रवेशका लागि बनाएको सिँढीमा भने कुनै पनि विषम आकृति या लहरादार, कमलको फूल पानको पातजस्तो भएमा शुभ मानिन्छ। पसलको भित्री सतह बाहिरीभन्दा अधिक अग्लो हुनुपर्छ यदि पसलको सतह सडकदेखि ४५० मिमि अग्लो भएमा वर्षाको पानी, सडक नाली, पसलमा पस्ने डर रहँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here