Home News रातारात सीमामा नेपाली भूमि मि’चेर पिल्लर गाड्ने एसएसबीलाई नेपालीले यसरी फर्काए, भार’तलाई...

रातारात सीमामा नेपाली भूमि मि’चेर पिल्लर गाड्ने एसएसबीलाई नेपालीले यसरी फर्काए, भार’तलाई क’डा ज’वाफ (बिराेध काे लागि सेयर गराै)

213
0

रातारात सीमामा नेपाली भूमि मिचेर पिल्लर गाड्ने एसएसबीलाई नेपालीले यसरी फर्काए, भारतलाई क’डा जवाफ (बिराेध काे लागि सेयर गराै)





याे समचार पनि पढ्नुहोस्
व्यवस्थापकीय, शैक्षिक, सामाजिक, सांस्कृतिक वा अन्तर्राष्ट्रिय संघ–संगठनको नेतृत्व लिने अवसरप्राप्त राज्य वा गैरराज्य पक्षमा कार्यरत नेतृत्वदायी व्यक्तिले प्रचलित संवैधानिक मार्गनिर्देशन, प्रचलित राष्ट्रिय कानुन, नियम, नीति, निर्देशन, अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं प्रचलन र कतिपय अवस्थामा आफ्नो ज्ञान एवं विवेक र जनताप्रतिको जवाफदेहितालाई समेत ध्यानमा राखी उपलब्ध भएका विकल्पमध्ये

सबैभन्दा उपयुक्त वा सर्वोत्तम विकल्प छनोट गरी कुनै निर्णयमा पर्ने हुन्छ। त्यसरी सर्वोत्तम विकल्पको छनोट गरी राजकीय/प्रशासकीय/वा अन्य निर्णय गरिसकेपछि त्यसको स्वामित्व लिने र त्यसलाई वैधानिक दायित्वको कसीभित्र रहेर स्वीकार गर्नुपर्ने हुन्छ। त्यसबाट पन्छिन वा विधिबाहिर गएर बहाना बनाउने वा अरूप्रति दोषारोपण गर्न मिल्दैन। त्यसैले सबै प्रकारका संगठनमा गरिने निर्णय प्रक्रियामा र त्यसमा संलग्न हुने पात्रका व्यवहारको ज्यादै महत्त्व हुन्छ।

यसरी हेर्दा निर्णय निर्माण प्रक्रियाको महत्त्वलाई यसबाट उत्पन्न हुन सक्ने वा पुर्‍याउन सक्ने अनुकूल र प्रतिकूल प्रभावको सापेक्षतामा हेर्नैपर्ने हुन्छ। त्यसैले विशेषतः राजनीतिक नेता, कार्यकारी प्रमुख वा प्रशासकीय एवं व्यवस्थापकीय प्रमुखका लागि जोखिमयुक्त एवं चुनौतीपूर्ण हुन्छ। निर्णय आत्मपरक, स्वार्थयुक्त, जालसाजीपूर्ण, असंवैधानिक, गैरकानुनी, दुराशययुक्त र गलत नियतका साथ गर्ने विषय पटक्कै होइन। एउटा र एकपटकको गलत निर्णयले कहिलेकहीं राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नागरिकको आत्मसम्मानपूर्ण ढंगले बाँच्न पाउने

अधिकारलाई प्रतिकूल प्रभाव पर्छ भन्ने विषयलाई हेक्का नपुर्‍याउ“दा कतिपय आफूलाई शक्तिशाली लोकतान्त्रिक शासक भनेर शासन गर्ने शासक र प्रशासकहरू सम्बन्धित मुलुकका जनताबाट तिरस्कृत मात्र भएका छैनन्, सम्पूर्ण वैधानिक शासकीय प्रणाली समाप्त भएको इतिहास हाम्रोसामु यसैले निर्णय प्रक्रियाको अवधारणागत स्पष्टताका आधारमा आम नागरिक र अन्य सरोकारवालाको वैधानिक एवं जायज चासोलाई सम्बोधन गर्न, प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्न नेतृत्वकर्ताले निर्णय निर्माण प्रक्रियाका निम्न विषयलाई देशभक्तिपूर्ण इमानदार राजनीतिक स्रोत, त्यसरी लिइने निर्णयको विधिसम्मत आधार एवं उच्च सारको, सदाचारयुक्त सोचसमेतको कसीमा खरो उतार्न समयको पदचाप एवं सान्दर्भिकतासँग जोड्नैपर्छ।

त्यसरी हेर्दा कुनै पनि निर्णयको राजनीतिक/संवैधानिक /कानुनी/नैतिक प्रशासकीय एवं अन्य आयाम देखा पर्छन्। यही आलोकमा निम्न प्रक्रियाको अवलम्बन वाञ्छनीय निर्णय राजनीतिक आयामद्वारा नै प्रभावित हुने भएकाले राजनीतिक निर्णयको आयतन र प्रभाव बढी फराकिलो हुन्छ भने अन्य संगठनका निर्णय त्यही राजनीतिक निर्णयका प्रभावमा पर्छन्। तर त्यसरी गरिने राजनीतिक निर्णयलाई संवैधानिक सर्वोच्चताका आधारमा (शक्ति, पृथकीकरण र सन्तुलनको व्यवस्था भएको शासकीय प्रणालीमा) परीक्षण गरिन्छ। अन्य निर्णय भने प्रचलित कानुन, नियम, नीति, निर्देशिका, आर्थिक–सामाजिक मूल्य, मान्यता एवं कतिपय अवस्थामा अन्तर्राष्ट्रिय प्रतिबद्धता, भूगोल अनि सामाजिक न्यायप्रतिको प्रतिबद्धताका आधारमा पनि परख गरिन्छ। यो पृष्ठभूमिमा हेर्दा हालै गरिएको राजनीतिक निर्णयलाई अहिलेको सन्दर्भमा निर्णय निर्माण प्रक्रियाको सैद्धान्तिक अवधारणाका आधारमा छोटो विश्लेषण गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here