Home News Kulman Ghising कुलमानको कुशलतामाथि एकपछि अर्को प्रहार, आखिर किन हुँदैछ यस्तो सबैलाई...

Kulman Ghising कुलमानको कुशलतामाथि एकपछि अर्को प्रहार, आखिर किन हुँदैछ यस्तो सबैलाई बनायो स्तब्ध !

137
0

Kulman Ghising कुलमानको कुशलतामाथि एकपछि अर्को प्रहार, आखिर किन हुँदैछ यस्तो सबैलाई बनायो स्तब्ध !



याे समचार पनि पढ्नुहोस्
कृषिमा वैदेशिक लगानीलाई गम्भीरतापूर्वक लिनुपर्ने केन्द्रीय दुग्ध सहकारी संघ नेपालका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । ‘उद्योगीका लागि मात्रै नभई किसानदेखि उत्पादक सबै क्षेत्रको समस्या हो । यसकारण डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छीपालन सहकारी संघको धर्नामा ऐक्यबद्धता जनाउँछु,’ उनले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समेत समन्वय नगरी ऐन संशोधन गरी नेपालको कृषि क्षेत्रलाई परनिर्भरतातिर धकेल्ने प्रयास भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाको भनाइ छ । केही व्यक्तिको स्वार्थमा तत्काल दुग्ध उद्योगमा असर पर्ने गरी सरकारी निर्णय आएको र यसलाई स्विकार्न नसकिने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘कृषि व्यवसायमा जीवन समर्पण गरेका व्यवसायीको मर्ममाथि राज्यले प्रहार गरेको छ,’ उनले भने, ‘हाम्रा लागि पुस २० गते कालो दिन हो ।’ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि सीमित वर्गको स्वार्थमा अमूल भित्र्याउन कृषि क्षेत्रमा एफडीआई खुला गरिएको दाबी गरे । बहुराष्ट्रिय कम्पनी नेपाल आउँदा किसान र निजी क्षेत्रको लगानी धराशायी हुने उनका भनाइ छ ।

कृषिमा वैदेशिक लगानी खुला गरेर सरकारले नीतिगत भ्रष्टाचार गरेको नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले बताए । ‘आत्मनिर्भरतातर्फ उन्मुख क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन भनेर संसद्ले समेत भनेको थियो,’ उनले भने, ‘अहिले संसद् विघटन गरेर रातारात चोरबाटोबाट नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम भएको छ ।’ यस क्षेत्रमा ८५ अर्ब रुपैयाँको स्वदेशी लगानी छ । ‘विदेशी लगानी आए सबै तहसनहस हुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य (वस्तुगत) समेत रहेका केडियाले भने, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा रातारात ऐन आउनु आश्चर्यजनक छ ।’

भारत र श्रीलंकापछि नेपालमा पनि कृषिक्षेत्रको सम्भावना राम्रो छ । यो क्षेत्रमा लाखौंले रोजगारी पाएका छन् । सरकारले नीतिगत सहयोग गरे अझै पनि रोजगारी सिर्जना गर्न सकिने केडियाको भनाइ छ । डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले पनि कोरोनाले थिलोथिलो भएको व्यवसायमा मल्हम लगाउनुको साटो सरकारले उल्टै नुनचुक छर्किएको आरोप लगाए । ‘स्वदेशी उद्योगको क्षमता बढाएर प्रतिस्पर्धी बनाउँदै निर्यातमा जोड दिनको साटो उद्योगीको लगानी डुब्ने गरी नीति ल्याउनु गम्भीर दुर्भाग्य हो । यस्तो अवस्थामा हामी चुप बस्दैनौं,’ महासंघका कार्यकारिणी सदस्य (वस्तुगत) समेत रहेका राजभण्डारीले भने ।

मन्त्रिपरिषद्बाट निर्णय गरी गोप्य राखिएको कृषिमा वैदेशिक लगानीबारेको सूचना सरकारले सोमबार राजपत्रमा प्रकाशन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार औद्योगिक व्यवसाय ऐन–२०७५ ले परिभाषित गरेको ठूला उद्योगमा विदेशी लगानी खुला भएको छ । ऐनअनुसार ५० करोड रुपैयाँभन्दा बढी लगानीका ठूला उद्योग हुन् ।

यो व्यवस्थाअनुसार ५० करोड रुपैयाँभन्दा बढी लगानीका पशुपन्छीपालन, माछापान, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बद्ध उद्योगमा विदेशी लगानी खुला भएको छ । उनीहरूले ७५ प्रतिशत निर्यात भने गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here