Home News गाउँमै आउछ बा’घ, हामी कसरी सुर’क्षित छौँ ? आ’मा गु’माएपछि आफन्तहरु यसरी...

गाउँमै आउछ बा’घ, हामी कसरी सुर’क्षित छौँ ? आ’मा गु’माएपछि आफन्तहरु यसरी ग’र्जिए हेर्नुहोस्

506
0

गाउँमै आउछ बा’घ, हामी कसरी सुरक्षित छौँ ? आमा गु’माएपछि आफन्तहरु यसरी गर्जिए हेर्नुहोस्





याे समचार पनि पढ्नुहोस्
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापित उद्योगहरु फुल फेजमा संचालनमा आएका छन् । सेजमा अहिले तीनवटा शक्ति मिनरल्स प्रालि, ब्रिलियन्ट लाइट र भिस्तार ग्लोबल प्रालि फुल फेजमा संचालनमा छन् । यी उद्योगहरुले उत्पादनदेखि लिएर उत्पादित वस्तु विदेशमा समेत निर्यात गर्न थालेका छन् । भैरहवा सेजको व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर (५ महिना) सम्म यी तीन उद्योगहरुले २२ करोड २३ लाख मूल्य बराबर उत्पादित वस्तुहरु निर्यात गरेका छन् । सेजमा संचालित यी उद्योगहरुले उत्पादित वस्तु विदेश तथा स्वदेशको आन्तिरक बजारमा पठाएका छन् ।

‘सेजमा उद्योग स्थापना पछि अहिले उद्योगहरु फुल फेजमा संचालनमा छन्,’ भैरहवा सेज व्यवस्थापन कार्यालयका प्रमुख अर्जुन पाण्डेले भने, ‘संचालित उद्योगहरुको गत वर्षको तुलनामा अहिले एक हजार ३ सय ४४ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।’उनका अनुसार संचालित उद्योगहरुले चालु आवको पाँच महिनामा १५ करोड ७७ लाख बराबरको उत्पादित साम्रगी विदेशमा र ६ करोड ४५ लाख मूल्य बराबरको उत्पादित साम्रगी स्वदेशमा निर्यात गरी विक्री गरेका छन् ।

फुल फेजमा संचालित शक्ति मिनरल्सले चुनढुंगा प्रशोधन गरी विभिन्न वस्तु उत्पादन गर्ने गरेको छ । त्यस्तै ब्रिलियन्ट लाइटले विभिन्न प्रकारका एलईडी लाईट र भिस्तार ग्लोबलले विभिन्न प्रकारका स्टिलका भाडाकुडाँ उत्पादन गर्दै आएको छ । चालु आवको कार्तिक महिना कोरोना कहरको समयमा सेजमा संचालित उद्योग शक्ति मिनरल्सले १६ हजार ७५ मेट्रिक टन प्रशोधित चुनढुगां, ब्रिलियन्ट लाइटले एक हजार ७३ हजार ७ सय ७५ पिस एलईडी लाईट र भिस्तार ग्लोबलले सात लाख ४४ हजार एक सय एक केजी बराबरको स्टिलका भाडाकुँडा उत्पादन गरी विदेश तथा स्वदेशमा विक्री गरेका छन् ।

सेजमा यी ३ उद्योग फुल फेजमा संचालनमा छन् भने जय बुद्ध मेटल क्राफ्ट प्रालि र पञ्चकन्या समूहको चार वटा उद्योग छ्टिै फुल फेजमा संचालनमा आउने तयारी भइरहेको प्रमुख पाण्डेले बताए । जय बुद्धले परीक्षण उत्पादन समेत गरिसकेको छ । यो उद्योगले तामा, पित्तल, स्टिल, धातु, आल्मुनियमका पुजा, सजावट एवं दैनिक घरयासी साम्रगी उत्पादन गर्नेछ ।

यसबाहेक भैरहवा सेजमा उद्योग स्थापनाका लागि जग्गा भाडामा लिएका अन्य उद्योगहरुमा एस प्लाष्टिक प्रोडक्टस, निर ईण्डष्ट्रिज प्रालि, ग्रो वेल ईन्नोभेसन प्रालि, एलडिएस ईलेक्ट्रिक प्रालि, क्रियशन वल्र्डवाईड प्रालि, तिरुपति मेटल ईण्डष्ट्रिज प्रालि, नेशनल अग्र्यानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिंग इण्डष्ट्रिज र कुराकानी अनलाईन प्रालि रहेका छन् । सेजको कुल ६८ वटा प्लट मध्ये १७ वटा उद्योगले ४८ वटा प्लट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here