Home News प्रकाश चन्दले भेटे प्रचण्डकि नातिनी स्मितालाई, पहिलो भेटमै स्मितालाई डान्स सिकाए ,...

प्रकाश चन्दले भेटे प्रचण्डकि नातिनी स्मितालाई, पहिलो भेटमै स्मितालाई डान्स सिकाए , यो सुन्दर जोडी (भिडियो हेर्नुहोस्)

186
0

प्रकाश चन्दले भेटे प्रचण्डकि नातिनी स्मितालाई, पहिलो भेटमै स्मितालाई डान्स सिकाए , यो सुन्दर जोडी



याे समचार पनि पढ्नुहोस्
प्रमुख प्रतिपक्षी दल बन्ने होडबाजीमा प्रदेश २ मा नेकपाका दुवै समूह प्रदेश सांसद तानातानमा लागेका छन् । दल विभाजनसँगै संकटमा परेको प्रमुख प्रतिपक्षीको हैसियत जोगाउन नेकपाका ओली तथा दाहाल–नेपाल समूह तटस्थ सांसदहरूलाई आफ्नो पक्षमा तान्न सक्रिय भएका हुन् ।

विभाजनपछि प्रमुख प्रतिपक्षी दल बन्न आवश्यक बहुमत दुवै समूहसँग छैन । नेकपा संसदीय दलका नेताबाट हटाइएका ओली समूहका प्रदेश सांसद सत्यनारायण मण्डलले दाहाल–नेपाल समूहलाई प्रमुख प्रतिपक्षी बन्न नदिने बताए । ‘ओली समूहलाई समर्थन गरेका प्रदेश सांसदलाई पदको लोभ दिएर तान्ने खेल भइरहेको छ,’ नेता मण्डलले कान्तिपुरसँग भने, ‘पार्टी फुटेपछि संसदीय दल फुट्ने त स्वाभाविक हो । तर नेकपा प्रदेश २ को प्रमुख प्रतिपक्षी दल अब बन्दैन । बन्न पनि दिइन्न ।’

बरु कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्न तयार रहेको उनको भनाइ छ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को बहुमत (५५ सांसद) को सरकार छ । नेकपाका ३२ सांसद छन् । तर नेकपा फुटसँगै १९ सांसद रहेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने सम्भावना छ । नेकपा दाहाल–नेपाल समूहले १७ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेताबाट ओली समूहका मण्डललाई हटाएर शत्रुधन महतोलाई चुनिसकेको छ । तर उसले आफ्नो पक्षमा १९ सांसद रहेको दाबी गर्दै आएको छ ।

नेकपाका प्रदेश सांसद मदनसेन श्रीवास्तव र नागेन्द्र राय यादवलाई दाहाल–नेपाल समूहले प्रलोभनमा पारेको मण्डलले आरोप लगाए । श्रीवास्तव र यादव दाहाल–नेपाल समूहमा लागे पनि हालसम्म कतै नखुलेका सांसद दिलीप साह र फुलिया देवी ओली समूहमै आउने मण्डलले दाबी गरे । तर नेकपाका दुवै पक्षसँग संवाद र भेटघाट गरिरहेका सांसद साह निर्णय लिनुअघि पुष्पकमल दाहालसँग भेट्न खोजिरहेका छन् ।

‘दाहालकै पार्टी र विचारसँग आस्था राख्दै राजनीति गर्दै आएको छु । उहाँसँग नै हुन्छु । तर पछिल्लो समय वैचारिक रूपमा छलफल गर्न बाँकी रहेकाले अन्तिम निर्णयमा पुग्न सकेको छैन,’ सांसद साहले भने, ‘तर पार्टीको वैचारिक धार र पार्टीकै व्यक्तिसँग पनि मत मिलेको छैन । नेता पुष्पकमल दाहाल देश बाहिर हुनुहुन्छ । फर्किएपछि भेटेर निर्णय लिन्छु ।’ साह खुलेकै समूहतर्फ सांसद फुलिया देवी पनि लाग्ने अड्कल गरिएको छ ।

यसअघि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेर पनि कुनै समूहमा नखुलेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्मा दाहाल–नेपाल समूहतिर लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here