Home News भाइरल कमला घिमिरे र अमृत सापकोटाको अन्तरबार्तामै चल्यो अहिलेसम्मकै क’डा दोहोरी,अमृतले हारेपछि

भाइरल कमला घिमिरे र अमृत सापकोटाको अन्तरबार्तामै चल्यो अहिलेसम्मकै क’डा दोहोरी,अमृतले हारेपछि

155
0

भाइरल कमला घिमिरे र अमृत सापकोटाको अन्तरबार्तामै चल्यो अहिलेसम्मकै क’डा दोहोरी,अमृतले हारेपछि



याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले यस्तो भनेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित गर्दै ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको प्रष्ट पारे।

उनले प्रचण्ड र नेपालले पार्टी आफ्नो भएको दाबी गरेकोप्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। उनले प्रचण्ड र नेपाललाई छोरी, बुहारी र सम्धीको मात्र मतलब भएको भन्दै नेकपा उनीहरुको हुनै नसक्ने दाबी गरे। उनले पार्टी हाम्रो भनेर गफ नगर्न प्रचण्ड-नेपाल समूहलाई सुझावसमेत दिए।

‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे ! जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन’, ओलीले भने, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

ओलीले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीहरुको मन आफन्तरितबाट देशतिर लगाउनुपर्ने ओलीको भनाइ छ। प्रचण्ड र नेपालको आँखा कमाउनेतर्फ भएको भन्दै ओलीले उनीहरुको चर्को आलोचना गरे।

‘पहिला उहाँहरुको मन परिवर्तन गर्नुहोस्। पहिला उहाँहरुको मानसिकता परिवर्तन गर्नुहोस्। उहाँहरुका आँखा आफन्त तिर होइन देशतिर लगाउनुहोस्। देशतिर फर्काउनुहोस्’, ओलीले भने, ‘उहाँहरुका आँखा कमाउनेतिर होइन देश विकास गर्नेतर्फ लगाउनुहोस्। नत्र भने ध्यान कता छ उहाँहरुको ? छोरी, ज्वाइँ, भतिजा, भाइ, बुहारी, सम्धीसम्धीनी, आफन्त, भाञ्जो, सालो, नाती थप भन्नुपर्ला जस्तो लाग्दैन।’

ओलीले आफूले कोही एउटा आफ्नो मान्छेलाई माथिल्लो अवसर दिएको भए देखाउन चुनौती दिएका छन्।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेलाई संविधान पढ्न आग्रह

ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई संविधान पढ्न आग्रह गरेका छन् । प्रचण्ड र नेपालले असंवैधानिक भनेर हल्ला चलाएकोसमेत उनले बताए ।

‘प्रतिनिधिसभाको विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई संविधान पढ्न आग्रह गर्छु’, ओलीले भने, ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म सर्वसम्मत देशको प्रधानमन्त्री हुँ । मैले विघटनको सिफारिस गरिसकेपछि प्रतिनिधिसभामा अर्को विकल्प छैन । फेरि प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा कुनै हिसाबले पनि ठिक छैन । अब प्रतिनिधिसभा चुनाव गरेर आउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here