Home News भ’र्खरै हेर्नु’होस्, ड’रलाग्दो भयो, वीरेन्द्रनगर तना’वग्रस्त, प्रहरीले फा’यर खोल्यो (भिडियो हेर्नुहोस्)

भ’र्खरै हेर्नु’होस्, ड’रलाग्दो भयो, वीरेन्द्रनगर तना’वग्रस्त, प्रहरीले फा’यर खोल्यो (भिडियो हेर्नुहोस्)

325
0

भ’र्खरै हेर्नु’होस्, ड’रलाग्दो भयो, वीरेन्द्रनगर तना’वग्रस्त, प्रहरीले फा’यर खोल्यो !



याे समचार पनि पढ्नुहोस्

सम्झनासँगै मलाई यो पनि मनमा आयो कि आखिरी सूर्यनारायण जिम्दारले ठुल्ठूला डिल र बीचमा सखुवाको किल्ला भएको त्यत्रो पोखरी खनाए किन ? उनी त वैष्णव थिए । पोखरीमा माछा पालेर बेच्ने कुरा पनि भएन । मानिस नुहाउने, लत्ताकपडा धुने र वस्तुभाउले टन्टलापुर घाममा पानी खाने र भैँसी नुहाउनेबाहेक अरू के नै पोखरीको उपयोग हुन सक्थ्यो र ? मधेसका जिम्दारहरूको पोखरी खनाउने सोख पनि हुन सक्थ्यो । हात्ती पनि पालेका हुन सक्छन् पहिले तर पछि थिएन । यिनको पोखरी खनाउने उद्देश्य सार्वजनिक हित नै भएको हुनुपर्छ ।

पोखरीसँगै यी जिम्दार समुदायका वैष्णव अगुवा पनि थिए । गाउँ समाजका अरूहरूलाई पनि ‘दास’ बनाउन सफल भएका थिए । गाउँमै सत्संग कुटी बनाउन लगाएका थिए । कुटी त के भन्नु हाम्रो क्षेत्रमै पहिलो ढलान गरेको पक्की भवन त्यही नै थियो । नत्र त्यस्तो घर तीन घण्टा परको रंगेली बजारमा पनि मन्दिर र स्कुलको मात्र थियो, अरू प्रायः घर चदराका छाना भएका, पर्खाल इँट वा काठका भए पनि । मेरी ‘भाया आई’ (आमाको ‘भाया’ याने मितिनी) को माइत पनि सुँघामा भएकाले र एक मात्र बहिनी भाया आई बितिसकेकाले सम्पत मामाले आमालाई नै बहिनी मान्नुहुन्थ्यो । बर्सेनि सत्संग लाग्थ्यो त्यो पक्की भवनमा र गंगा किनारको कुप्पा घाटबाट सन्तमत पथका गेरुवा वस्त्रधारी साधुहरू एक सातासम्म बर्सेनि त्यहाँ आएर प्रवचन दिन्थे । सम्पत मामा पनि ‘दास’ भएकाले आमा र म चार पाँच दिन त्यहाँ बस्थ्यौं र सत्संग सुन्न जान्थ्यौं । सूर्यनारायण जिम्दार यस वार्षिक समारोहका कर्ताधर्ता थिए । पछि त्यस कुटीमा दलबहादुर महाराज नाम गरेका नेपालीभाषी सन्त पनि आए । भनिन्थ्यो उनी दलित समुदायका थिए तर तिनी सन्तसेवीजी, लक्षमणजी र शाहीजी महाराजजस्तै सबैका लागि पूज्य थिए । ‘झूट, चोरी, हिंसा, नशा, व्यभिचार तजना चाहिए’ भन्ने लय पूर्ण नैतिक पाठ मैले सर्वप्रथम त्यहीँ सुनेको हुँ । तर, सुँघा जाने मेरो अर्को जोडदार रहर पनि हुन्थ्यो चाडबाडका बेला ।

दसैं–तिहार र नयाँ वर्ष (चैत मसान्त) मा सूर्यनारायणले ‘महाभारत नाच’ ल्याउँथे । कहिलेकाहीँ रामायण नत्र सधैंजसो महाभारत मण्डली बोर्डरपारि मसुन्डा वा बोर्डरवारि टकुवाबाट आउँथ्यो र तीन–चार रात नाच देखाउँथ्यो, रात रातभरि । म त्यो नाच हेर्न मरिहत्ते गर्थें तर आमा मरिगए जान दिन नमान्ने । छोरो आँखाबाट ओझेल हुनेबित्तिकै सानोमा हराएजस्तै फेरि हाराइहाल्छ कि भन्ने हुन्थ्यो होला । निकै रोईकराई गरेपछि बल्ल मान्नुहुन्थ्यो । साक्षरता र पुस्तकको अभाव भएको त्यस बेलाको ग्रामीण समाजमा सूर्यनारायणजस्ता राजवंशी जिम्दारहरूले सत्संग, रामायण र महाभारतको नाच मञ्चनद्वारा गाउँ देहातमा नैतिक, अनैतिक, ठीक, बेठीकबारे ज्ञान फैलाउन स्रोत भेला पारेका थिए । मजस्ता बालकहरूको देव–दानवबीचको संघर्षको नाट्य मञ्चनले बाल कल्पनाको संसारलाई पनि फराकिलो पार्न मद्दत पुर्‍याएका थिए ।

त्यस बेलाको चारकोसे झाडी दक्षिणका गाउँहरूमा राजवंशी धनीमानीले गर्ने काम यिनै थिए । कतै कतै यिनले स्कुल–बजारलाई जग्गा पनि दिएका थिए । हाटबजार लगाएका थिए । तर, भूमिसुधार लागेपछि यिनको जमिनदारी गयो । मालपोत उठाउने अधिकार गुमेसँगै आफ्नो समाज र क्षेत्रमा यिनको साख पनि घट्यो । पञ्चायती आधुनिक राज्यव्यवस्था र प्रशासन अनि एक भाषा, एक भेष राष्ट्रवादले मोरङ र झापाका राजवंशी, थारू, ताजपुरिया, धिमाल दौनियाँ र जमिनदारहरूको हातखुट्टै काटिदियो । पुनर्बास योजनाअन्तर्गत जंगल फँडानी र नयाँ बसोबाससँगै अर्कै समाजको उदय भयो । मालपोत तिर्न पनि मानिस गाउँ गाउँबाट विराटनगर जान बाध्य भए ।

नेपालीभाषी नयाँ टाठाबाठा भए किनभने अड्डा–अदालतमा तिनको आफ्नो सजातीय र सहभाषी कर्मचारीसँग पहुँच बन्यो । स्थानीय जातजातिको स्थानीय तहमै आफ्ना स्थानीयभाषी जिम्दारसँगको भूमिसम्बन्धी, न्यायसम्बन्धी व्यवस्था र सम्पर्क हरायो । यो एउटा नयाँ युगको आगमन थियो र पुरानो युगको अन्त्य । त्यही पुरानो युगका प्रतिनिधि थिए सूर्यनारायण राजवंशी । त्यसैले पनि ८५ वर्षमा तिनको देहावसानले एउटा युगको अवशेष पनि सिद्धिएको आभास भयो मलाई ।

लगत्तै त्यही साता फेसबुकको वालमा अर्को मृत शरीरको तस्बिर देखा पर्‍यो । पल्ला गाउँका तिनलाई त मैले बाल्यकालदेखि नै चिनेको थिएँ र तिनले हाम्रो ग्रामीण भेगमा नयाँ युग भित्र्याएका थिए । सुगनलाल पटवारीका छोरा थिए तर नयाँ पुस्ताका भएकाले त्यस क्षेत्रमा तिनी कलेज जाने पहिला व्यक्ति थिए । सडक छेउको बजारको घरमा काठको बोलिरहने बक्सा ल्याउँदा सबैतिर हल्लीखल्ली मच्चिएको थियो । भरे त्यस बक्सालाई रेडियो भन्छन् भनेर थाहा भयो । कुकुर भनेको गाउँघरका भुस्याहा कुकुर नै हुन्छन् भन्थ्यौं । चुठ्दा बचेखुचेको जे दियो, त्यो खाने । तर, तिनले एक दिन स्यानो झ्याप्ले यस्तो कुकुर ल्याए, जसलाई चलानी खाना दिनुपर्ने । छालाको टुप्पो भएको छडी हल्लाउँदै तिनले आदेश दिँदा झ्याप्ले नाच्थ्यो, नमस्कार गर्थ्यो र हात मिलाउँथ्यो । कस्तो अचम्म हाम्रा लागि ! तर, सबभन्दा काण्डै गर्ने कुराचाहिँ तिनको प्रेममा पर्नाले भयो । राजवंशी समाजमा विवाहमा केटीको निकै महत्त्व हुन्थ्यो । केटावालले केटीका घरपरिवारलाई ‘चुमान’ (नगद वा जिन्सी) टक्य्राउनु पर्थ्यो । तर, बैंसमा प्रेममा परेर केटाकेटी यदाकदा भागी बिहा पनि गर्थे । तर, सुगनलाल प्रेममा परे पनि नभाग्ने र नछाड्ने पनि । गैरराजवंशी केटी भएकीले तिनले विवाह त गर्न पाएनन् तर नयाँ पुस्ताका लागि तिनी प्रेरणाका स्रोत भइदिए ।

पुराना पुस्ताका स्तम्भ र धरोहर र नयाँ पुस्ताका थालनीकर्ता दुवैको झन्डै सँगसँगै देहावसानले एउटा युगको पूर्ण अवसान र नयाँ युगले परिपक्वता लिएको महसुस भयो मलाई । सहरमा भएको युग परिवर्तन र गाउँमा आएको युगान्त र युगारम्भ भिन्दाभिन्दै समयमा हुँदो रहेछ भन्ने प्रमाण पनि हो यो किनभने एक व्यक्ति, समय–काल र युगमा बाँचे, सँगै त्यसको प्रतिनिधि पनि गर्छ ।

नेपालका सहरमा आज विभिन्न युगका अवशेषहरू सँगै रहे पनि मोरङका गाउँहरूबाट बयलगाडा, हलोगोरु प्रायः हराइसकेका छन् । पक्की सडक, बिजुली, थ्रेसर, ट्याक्टर, मोबाइल र टेलिभिजनको चलन आएको छ । अब कोही जेरका जेर/गोठका गोठ गाईभैंसी लिएर चराउन जाँदैन किनभने न त जंगल रह्यो, न एक–बाली फाँट, न त्यत्रा वस्तुभाउ छन् कसैका । नाचमण्डलीहरू पनि घरघरमा टेलिभिजनले गर्दा र जमिनदारका खल्ती खलास भएकाले उहिल्यै हराइसके 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here