Home News पुर्व राज परिवारले सुरुगर्‍यो यस्तो कदम, झापा,अस्ट्रेलिया र थाइल्यान्ड सबैतिर एकैपटक,Himani Trust

पुर्व राज परिवारले सुरुगर्‍यो यस्तो कदम, झापा,अस्ट्रेलिया र थाइल्यान्ड सबैतिर एकैपटक,Himani Trust

121
0

पुर्व राज परिवारले सुरुगर्‍यो यस्तो कदम, झापा,अस्ट्रेलिया र थाइल्यान्ड सबैतिर एकैपटक,Himani Trust



याे समचार पनि पढ्नुहोस्

संसद् विघटनमा के विषय जिम्मेवार छ ?

पहिलो–यसलाई समग्रमा हेर्नुपर्ने हुन्छ । दोस्रो–सत्तामा रहेका पार्टीहरुको विवेचना गर्नुपर्ने हुन्छ । त्यसैले यो परिस्थिति आउनुमा मुख्यत: वर्तमान व्यवस्था र संविधान जिम्मेवार छ । आर्थिक समृद्धि, सुखी नेपाली, समृद्ध नेपाल आदिआदि कुरा गर्ने तर नवउदारवादको आश्रय लिने काम भयो । नवउदारवादको जगमा समाजवादको कुरा गरे ।

अर्कोतर्फ झन्डै दुई तिहाई बहुमत ल्याएको पार्टीले आफ्नो नीति कार्यक्रमअनुसार जनताका समस्या समाधान गर्नेतिर सोचेन । ‘डबल’ नेकपाभित्र अन्तरकलह, आरोप–प्रत्यारोप बढ्दै गए । त्यसलाई उनीहरुले हल गर्न सकेनन् । त्यसकै विस्फोटनको रुपमा संसद् विघटन भयो ।

अनि पात्र पनि त जिम्मेवार होलान नि !

अहिलेको संविधान अनुसार यसरी संसद् विघटन गर्न पाइँदैन र संविधानमा यस्तो व्यवस्था छैन भनेर धेरै संविधानविद्ले भन्दै आएका छन् । संविधानमा विभिन्न प्रावधान छन् । ती सबै छाडेर एकैचोटी विघटन गर्ने अवस्था सामान्य नभएको जस्तो देखिन्छ । अर्कोतर्फ नेकपाभित्र चलेका अन्तरसंघर्ष थिए । यी सबै हेर्दा एउटा पक्ष पार्टीको नीतिअनुसार चल्नु पर्छ भन्ने देखिन्छ । प्रधानमन्त्री पार्टीको नीति मान्ने भन्दा सबै छाडेर आफ्नो तरिकाले जाने, पार्टीभित्र पनि निरंकुश बन्ने र बाहिर पनि निरंकुश ढंगले जान खोजेको देखिन्छ । समग्रमा नेकपाको दुई पक्षबीच विवाद राजनीतिक–सैद्धान्तिक छैनन् । पद–प्रतिष्ठाको निम्ति कलह हो । त्यसमा ओलीजीको अलि बढी निरंकुश शैली हो ।

कतिपयले संसद् विघटनमा आन्तर्राष्ट्रिय शक्ति केन्द्र, खास गरेर भारतको हात देखेका छन्, तपाईंको बुझाई के छ ?

संसद् विघटनको मुख्य कारण नेकपाको अन्तरकलह मिलाउन नसक्नु नै हो । बाह्य कारण सहायक हो । झगडा गरेपछि बाह्य चलखेल पनि हुन्छ । अहिले जुन परिघटना भयो, यो भारतको सफलता हो भनेर भारतीयले व्यक्त गरेका छन् । यसरी हेर्दा बाह्य चलखेल पनि हो नै । तर, समग्रमा यो सत्ता, यो व्यवस्था र यो संविधानले नेपाल र नेपालीको समस्या समाधान गर्न नसकेको अवस्था हो ।

संसद् विघटनको तत्कालीन र दीर्घकालीन प्रवाह के होला ?

ठ्याक्कै भोलि के हुन्छ भन्ने स्थिति छैन । चुनावमा जाने कि पुनर्स्थापनामा भन्ने हेर्न बाँकी छ । अदालतमा रिट परेका छन् । कस्तो फैसला आउने हो, हेर्नुपर्ने हुन्छ । मानौं, संसद् पुनर्स्थापना नै होला । त्यसो नभए जसोतसो चुनाव गर्नुपर्ला । तर, राजनीतिक अस्थिरता हुने भयो । अस्थिरताले झन् विदेशि चलखेल बढ्ने हुन्छ । जनताका समस्याको सम्बोधन नहुने भयो । त्यसैले अब राजनीतिक–आर्थिक र सांस्कृतिक संकट चुलिँदै जान्छ । र, अन्तत: व्यवस्था र संविधानको समाप्तितिर जाला जस्तो लाग्छ ।

संसद् विघटनको विषय न्यायालयमा पुगेको छ, त्यहाँबाट जस्तोसुकै निर्णय आए पनि त्यसले निकास दिन्छ कि दिँदैन ?

त्यसले निकास दिँदैन । संसदीय व्यवस्थाको मिति पुगिसकेको हो । यो संकटग्रस्त छ । भोलि चुनाव भइहाल्यो भने कसलाई ल्याउने हो ? पुनर्स्थापना भइहाल्यो भने पनि नेकपाका दुई घटक एकै ठाउँ जालान् जस्तो पनि लाग्दैन । अन्य शक्तिहरुसँग मिलिजुली सरकार बनाउन पर्‍यो । फेरि त्यही प्रधानमन्त्रीका निम्ति कति महिना के भनेर सहमति कायम गर्नुपर्‍यो । पुरै तानातान र अस्थिरतातिर जाने भयो । त्यसले हल हुँदैन । झन् जटिलतातिर जाँदैछ । यसले सही निकास पर्खिराखेको छ । सही निकास भनेको नयाँ जनवादी राज्यसत्ताको स्थापना गरेर वैज्ञानिक समाजवादमा जानै पर्छ ।

संसद् विघटनकै मुद्दामा नेकपा विभाजित भयो, कसरी हेर्नुभएको छ ?

विचार मिले एकता स्वाभाविक थियो । उहाँहरुबीच एकता हुँदा अलिबढी एमालेमा माओवादीको विलय भयो । यो मैले पहिला पनि भनेको थिएँ । अहिले विभाजन भयो, विभाजन ठीकै भयो–राम्रै भयो भन्ने त भएन । कुनै पनि राजनीतिक पार्टी टुटोस्–फुटोस् भन्नु ठीक हुँदैन । तर, उहाँहरुको अन्तरविरोध समाधान गर्नै नसक्ने अवस्थामा पुग्यो । अनि विभाजन भयो । विभाजन राजनीतिक–सैद्धान्तिक कारणले होइन, पद–प्रतिष्ठाको लागि हो । कांग्रेसमा पनि देखिएको हो विगतमा । प्रधानमन्त्री भएको बेला अविश्वास प्रस्ताव राख्ने वा हटाउन चलखेल गर्ने हुँदै आइरहेका छन् । त्यही पुनरावृत्ति भयो । तर, अब कुन मुखले भोट माग्न जानुहोला ? गाह्रो त अब हुन्छ । त्यसकारण हामीले सत्ता र व्यवस्थाकै असफलता भनेका छौं । अब नयाँ ढंगले सोच्नु पर्छ ।

विभाजनपछि उहाँहरु गालीगलौजमा उत्रिनुभएको छ, यसको अर्थ केही छ ?

राजनीतिमा गालीजलौज चल्दै आएको हो । उहाँहरुबीच सैद्धान्तिक–राजनीतिक विवाद भएको भए पो अर्थ हुन्थ्यो । देश र जनताको हितको निम्ति अथवा राजनैतिक–सैद्धान्तिक विषयमा उहाँहरु संघर्ष गरेको भए ठीकै हुन्थ्यो । संघर्षमा कहिलेकाहीं गालीगलौज हुन्छ । त्यो सार्थक पनि देखिन्थ्यो । अहिले त्यस्तो होइन ।

यहाँले पनि नयाँ ढंगले सोच्नु पर्छ भन्नु भयो । जस्तोसुकै भए पनि एउटा दिशामा गइरहेको नेपाली राजनीति संसद् विघटनको घटनापछि नयाँ चरणमा प्रवेश गरेको छ । राजनीतिलाई सही ठाउँमा ल्याउने अबको कोर्स करेक्सनको सहज र सजिलो विकल्प के देख्नुहुन्छ ?

अहिले एउटा पक्ष संसद्‌बाटै निकास खोज्नुपर्छ भन्दै छ । संसदीय व्यवस्थाको पुनर्स्थापना वा निर्वाचनबाहेक विकल्प छैन भनेर संसदवादी दलहरुले भनिरहेका छन् । चाहे कांग्रेस होस्, चाहे डबल नेकपाका दुवै घटक वा जनता समाजवादी होस् । तर, अब चुनाव गरेर पनि हुँदैन, संसद् पुनर्स्थापना गरेर पनि हुँदैन । अर्कोतर्फ, पश्चगामी, पुनर्उत्थानवादी सलबलाइराखेका छन् । तर, हामी सबै कम्युनिष्टले सुरुदेखि नै जनताको समस्या समाधान लागि वर्तमान राज्यसत्ता–व्यवस्थाविरुद्ध नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नु पर्छ, अथवा जनगणतन्त्रको स्थापना गर्नुपर्छ भनेका छौँ । त्यसकारण अब विकल्प भनेको नयाँ जनवाद हो, त्यसमै जानुपर्छ ।

नयाँ जनवादको सम्भावना छ त ?

सम्भव छ तर, अलि मिहेनत गर्नुपर्छ । केही काम हामीले गर्नुपर्छ । केही काम भन्नाले सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध गर्नुपर्छ । मार्क्सवाद, लेलिनवाद, माओवाद अथवा माओविचारधारा मान्ने, नयाँ जनवाद मान्ने अथवा वैज्ञानिक समाजवाद मान्ने, देशी–विदेशी प्रतिक्रियावादका विरुद्ध लड्न तयार कम्युनिष्ट एउटै पार्टीमा आउनुपर्छ । यो उ भन्दिनँ । हाम्रो पार्टी छ, विप्लवको पार्टी छ । डबल नेकपाभित्र पनि थुप्रै क्रान्तिकारी कमरेड हुनुहुन्छ । अरु पार्टी पनि छन् । उहाँ सबै विगतको मूल्याङ्कन गरेर एउटै पार्टीमा आउनु पर्छ । थुप्रै त्याग–बलिदान गरियो, जनताले बलिदान गरे । झापा विद्रोहमा पनि बलिदान भएकौ हो । जनआन्दोलनमा पनि बलिदान भएको छ । दसवर्षे जनयुद्धमा त झन् ठूलो बलिदान भयो, रगत बग्यो ।

फेरि पनि प्रश्न छ–के पाए त जनताले ? अहिले सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारको बेहाल छ । राज्यले उहाँहरुको समस्या समाधान गर्न सकेन । यो स्थितिमा सबै सच्चा क्रान्तिकारी कम्युनिष्ट गम्भीर हुनुपर्‍यो, समीक्षा गर्नुपर्‍यो र एउटै पार्टीमा आबद्ध हुन जरुरी छ ।

दोस्रो–दलाल, नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध क्रान्तिकारी संयुक्त मोर्चाको आवश्यकता छ । मोर्चा निर्माण गर्नेतिर जानुपर्छ । त्योसँगै क्रान्तिकारी शक्तिले कार्यगत एकता गर्दै पार्टी एकता गर्नेतिर जानुपर्छ, यो संभावना छ । चुनौती पनि छन् । ती चुनौतीको सामना गर्दै संभावनाको सदुपयोग गर्ने दिशामा गम्भीर तरिकाले सोच्नुपर्ने बेला आयो । सबै क्रान्तिकारीले सोच्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here