Home News अनिता खड्का लाई भे’ट्न गएका पुष्क’ल शर्मा स’माल्नै नस’केर रो’ए , अनिताको...

अनिता खड्का लाई भे’ट्न गएका पुष्क’ल शर्मा स’माल्नै नस’केर रो’ए , अनिताको छो’री मिडियामा (भिडियो सहित)

480
0

अनिता खड्का लाई भे’ट्न गएका पुष्क’ल शर्मा स’माल्नै नस’केर रो’ए , अनिताको छो’री मिडियामा (भिडियो सहित)





याे समचार पनि पढ्नुहोस्
मजदुर वर्गले नेकपा नेतृत्वको सरकारबाट आफूहरूले पाएको राहत सुविधा राम्रैसँग देखेकै हुन्। मुलुकको जीडीपीमा आप्रवासी मजदुरले पठाउने रेमिट्यान्सको हिस्सा करिब ३० प्रतिशत छ। तर तिनै आप्रवासी मजदुरप्रति देखाइएको उपेक्षाले उनीहरू बिरक्तिएका छन्। भारतबाट स्थल मार्ग हँदै आएका प्रवासी मजदुरले भोगेका समस्या कम दर्दनाक थिएन। नेकपा सरकारले ‘अब कोही बिदेसिनु पर्दैन, स्वदेशमै रोजगारको व्यवस्था मिलाउँछौं’ भन्दै गर्दा पुनः लकडाउनपश्चात् बोर्डरबाट लर्को लागेर भारततिर प्रबासिने मजदुरको लर्को हामीले देखेकै हौं।

व्यापक प्रचार–प्रसार गरिएको भए पनि हालसम्म गिटी कुट्ने, सवारीचालक, परिचालक, हेल्पर, गलैंचा बुन्ने, नाईलगायतका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिन सकेका छैनन्। कोभिड– १९ छिचोल्दै अब केही हदसम्म आर्थिक गतिविधि चलायमान हुन लागिरहेको अवस्थामा नेकपाका द्वन्द्वका कारण संसद् विघटनले गरिखाने वर्गलाई फेरि कहाँ पु¥याउने हो ? अन्योल कायमै छ।

विकसित मुलुकले कोभिड– १९ को खोप लगाउन सुरु गरिसकेका छन्। अग्रमोर्चामा रहेका श्रमिकले खोप लगाउन थालिसकेका छन्। नेपालीलाई पनि कोरानाबाट उन्मुक्ति दिलाउन सरकार लाग्नुपर्नेमा सो खोप ल्याउनेबारे गम्भीर गृहकार्य त परै छाडौं; आपसी शक्ति संघर्षको किचलोले फेरि मुलुक भुमरीमा फसेको छ। वर्तमान सरकारले पहिलो लटमै निःशुल्क रूपमा श्रमिकलाई खोपको व्यवस्थापन गरिनुपर्छ।

केही दिनअघिसम्म एकै पार्टीमा गोलबन्द रहेकाहरू फेरि यो कम्युनिस्ट सरकारबाट असंवैधानिक काम भयो भनेर विघटन सिफारिस सच्याउन र संसद् पुनस्र्थापना गर भन्दै आन्दोलन छेडिरेहेका छन्। दिनहुँजसो सडकमा कित्ताकाट तवरबाट श्रमजीवी मजदुरलाई आफ्नो शक्ति आर्जन गर्न सडकका लागि आह्वान गरिरहेका छन्। मुलुकमा राजनीतिक स्थिरता कायम भएको आभाष गर्दै सुविधाजनक किसिमले श्रम गरेर खान्छौं भन्नेलाई फेरि राजनीतिक दलहरूले सडकमा घिसार्न थालेका छन्।

जनताले पूर्ण अवधि राज्यसत्ता सञ्चालनका लागि झन्डै दुईतिहाइ बहुमतको सरकार दिएका हुन्। अल्पायुमै सरकार ढालेर अस्थिरताको बीउ रोप्न र फेरि चुनाव गरेर अर्बौं रुपैयाँ स्वाहा पार्न मत दिइएको होइन। चुनावका लागि खर्च हुने अर्बौँ रुपैयाँको भार फेरि पनि ती गरिब र गरिखाने मजदुर जनताका टाउकामै थोपरिने हो र त्यसबाट उन्मुक्ति ओलीले मात्र होइन; प्रचण्ड र माधव नेपालले पनि पाउँदैनन्।

हिजो विभिन्न मुद्दा दिएर जनतालाई भ्रम छर्दै सरकारमा भाग लिन लुसुक्क पसेका ‘कमल थापाहरू’ पुनः सडक तताउने अभिप्रायमा लागेका छन्। खुलेआम विदेशी चलखेल देखिन थालेको छ। प्रधानमन्त्रीको पछिल्लो कदम मात्र होइन; नेकपा नेतृत्वको सरकारको पछिल्लो रबैयाको विरोधमा राजनीतिक दलहरू मात्र होइन; बरु राजनीतिक दलको जमातभन्दा ठूलो समूह अन्य संघसंगठनले गरेका कार्यक्रममा माइतीघर मण्डलामा देखिन्थ्यो अहिलेको पुस्ता चाहे त्यो इनफ इज इनफ होस् या अन्य समूह।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here