Home News लण्डनमा आ’त्मह’त्या गरेका बद्रीको अ’न्तिम फेसबुक स्टाटसले सारा नेपाली रु’वायो Badri KC...

लण्डनमा आ’त्मह’त्या गरेका बद्रीको अ’न्तिम फेसबुक स्टाटसले सारा नेपाली रु’वायो Badri KC London news

225
0

लण्डनमा आ’त्मह’त्या गरेका बद्रीको अ’न्तिम फेसबुक स्टाटसले सारा नेपाली रु’वायो Badri KC London news




याे समचार पनि पढ्नुहोस्

वित्तीय गैरसरकारी संगठन मोडलमार्फत पनि समुदायमा आधारित लघुवित्त कार्यक्रमहरू सञ्चालन हुने गरेकामा हाल यी घ वर्गको लघुवित्त वित्तीय संस्थामा परिणत भइसकेका छन् । समुदायमा आधारित लघुवित्त मोडलको अर्को उदाहरण हो— बचत तथा सहकारी संस्था ।

हाल यसअन्तर्गत करिब १२ हजार बचत तथा ऋण सहकारी संस्थाहरूले सहकारी सिद्धान्तका आधारमा आफ्ना सदस्यहरूबाट बचत संकलन तथा सदस्यहरूमा कर्जा प्रवाह गर्ने गरेका छन् । परियोजनामा आधारित लघुकर्जा मोडलअन्तर्गत ग्रामीण महिलाका लागि उत्पादन कर्जा, महिलाका लागि लघु कर्जा, पश्चिम तराई गरिबी निवारण कार्यक्रम, तेस्रो पशुधन विकास परियोजना, ग्रामीण लघुवित्त विकास कार्यक्रम, सामुदायिक भूमिगत सिँचाइ सेवा परियोजना र वित्तीय सेवामा पहुँच बढाउने कार्यक्रम प्रमुख छन् ।

थोक कर्जा लगानी मोडलअन्तर्गत लघुवित्त सेवा दिने संस्थाहरू र समुदायमा आधारित सहकारीहरूलाई थोक कर्जा उपलब्ध गराउने उद्देश्यले सन् १९९८ मा आरएमडीसी लघुवित्त वित्तीय संस्था, सन् २००१ मा साना किसान विकास लघुवित्त वित्तीय संस्था, सन् २०१० मा फर्स्ट लघुवित्त वित्तीय संस्था र सन् २०१३ मा आरएसडीसी लघुवित्त वित्तीय संस्था स्थापना भएका छन् । २०७७ असार मसान्तमा ८४ वटा लघुवित्त वित्तीय संस्था कायम हुन पुगेका छन् । यी संस्थाहरूका ७७ वटै जिल्लामा शाखा, १० लाख ४० हजार समूह, करिब ४७ लाख सदस्य, २८ लाख ऋणी र १९ हजार कर्मचारी छन् । कर्जा प्रवाह २०७७ असार मसान्तमा अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशतले वृद्धि भई करिब २ खर्ब ६३ अर्ब रुपैयाँ भएको छ । लघुवित्त वित्तीय संस्थाहरूको सबैभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।

नेपालको जनगणना, २०६८ अनुसार कुल जनसंख्यामा महिलाको जनसंख्या ५१.५ प्रतिशत छ । संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो सम्पत्तिको स्वामित्वको अधिकार रहने उल्लेख गरिए पनि धेरै कम महिलाका नाममा जमिनको स्वामित्व छ । एक अध्ययनले १९.७ प्रतिशत नेपाली महिलाहरूको स्वामित्वमा जमिन रहेको र यस्तो स्वामित्व दलितमा ५ प्रतिशत मात्र रहेको देखाएको छ । आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि धेरै कम मात्रामा छ । परम्परागत, सांस्कृतिक र पुरुषप्रधान सोचका कारण समानता, सम्पत्ति र भेदभावविरुद्धको संवैधानिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरूले पारिवारिक सद्भाव जोगाउन हिंसा सहने गरेका छन् । जग्गा, सम्पत्ति, कर्जाका साथै आधुनिक ज्ञान र जानकारीमा समेत महिलाहरूको सीमित पहुँच रहनुका साथसाथै उनीहरूले गर्ने आर्थिक क्रियाकलाप पनि कम रिपोर्ट भएको छ ।

महिलाहरू विशेष गरी शिक्षाको कमी, कम बार्गेनिङ क्षमता र प्राविधिक ज्ञानको कमी हुनाका कारण कम उत्पादकत्व हुने पेसामा केन्द्रीकृत छन् । खास गरी ग्रामीण क्षेत्रमा नेपाली महिलाको स्थिति पुरुषभन्दा धेरै पछाडि छ । कर्जाको पहुँचमा पनि पुरुषका तुलनामा महिलाहरू पछाडि छन् । धितो अभाव, बैंक तथा वित्तीय संस्थाहरूको नाफामुखी व्यवहार, लामो र जटिल प्रक्रिया, औपचारिक कागजातहरूको आवश्यकता, सहरकेन्द्रित बैंक तथा वित्तीय संस्था, लगानी पहुँचका लागि ग्रामीण महिलाको ढोकासम्म कार्यक्रम पुग्न नसक्नु, वितरणसम्बन्धी समस्या (जस्तै– नियमित बैठक र केन्द्रहरूमा जान समय नहुनु) र क्षमतासम्बन्धी समस्याहरू (जस्तै : पुरुषहरूका तुलनामा ज्ञान, सीप, सूचना र जागरुकता तथा निर्णयसम्बन्धी कम क्षमता) आदिका कारण नेपालमा महिलाहरू लघुवित्तको पहुँचबाट टाढा छन् ।

महिला सशक्तीकरणले उनीहरूलाई विशिष्ट शक्ति प्रयोग गर्ने अधिकार वा उद्देश्य हासिल गर्न निश्चित साधनहरू प्रदान गर्छ । महिलाको सामाजिक–आर्थिक क्षमता बढाउनु र घरका पुरुष सदस्यहरूमा निर्भरता कम गर्नु, घरेलु निर्णयमा आर्थिक संलग्नता र नियन्त्रणमा सुधार गर्नु, घरेलु खर्चमा योगदान पुर्‍याउनु, आत्मविश्वास बढाउनु र सामाजिक मुद्दाहरूका सम्बन्धमा महिलाको क्षमता अभिवृद्धि गर्नु महिला सशक्तीकरणको उद्देश्य हो ।

लघुवित्त सेवा पुगेका स्थानका महिलाहरू बढी सशक्त देखिएका छन् । अधिकांश लघुवित्त सदस्यहरूले सम्पत्ति किन्ने र बेच्ने, छोरीहरूलाई स्कुल पठाउने, बालविवाह रोक्नेबारे छलफल गर्ने र परिवारको योजना बनाउने र निर्णय गर्ने गरेका छन् । लघुवित्त कार्यक्रममा सहभागी महिलाहरू शारीरिक रूपमा गतिशील, स्वामित्व र उत्पादनमुखी, सम्पत्तिमाथि नियन्त्रण कायम गर्न सक्ने, निर्णय लिने कार्यमा संलग्न, राजनीतिक र कानुनी रूपमा जागरुक अनि लघुवित्तमा सहभागी नहुने महिलाका तुलनामा बढी सशक्त हुन्छन् । विभिन्न अध्ययनबाट लघुवित्तले महिलाहरूलाई परिवार र आफ्नै प्रयोगका लागि अतिरिक्त आय आर्जन गर्न मद्दत गरेको पाइएको छ ।

यस्तो अतिरिक्त आयले परिवारका लागि पौष्टिक खाना किन्न, आधुनिक स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न सजिलो हुनाका साथसाथै आफ्ना बच्चाहरूलाई स्कुल पठाउनसमेत सहज बनाइदिएको छ । लघुकर्जा कार्यक्रममा सहभागिताले महिलाले घरेलु निर्णय लिन, आर्थिक स्रोतमा बढी पहुँच प्राप्त गर्न ठूलो भूमिका खेलेको छÙ समूह गतिशीलताले बढी स्वतन्त्रता पाएको छ, परिवार नियोजन र अभिभावकीय चासोमा समेत महिला बढी सशक्त भएका छन् । कतिपय स्थानमा महिला समुदायले महिला हिंसामुक्त समाज निर्माणका लागि धूमपान र मद्यपाननिषेधित क्षेत्र घोषणा गरेर सोको कडा कार्यान्वयनसमेत गराएका छन् । विभिन्न अध्ययनले के देखाएका छन् भने, लघुवित्त कार्यक्रममा सहभागी हुने महिलाहरू पारिवारिक निर्णय क्षमतामा बढी स्वायत्त, समुदायमा बढी सम्मानित, वित्तीय रूपमा स्वायत्त, सामाजिक तथा मनोवैज्ञानिक प्रभावयुक्त, आत्मविश्वासी, राजनीतिमा सक्रिय सहभागी हुने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here