Home News चितवनमा बि’हे भैस’केकी छो’री फिर्ता लगेका भनिएका मा’इती र गाउलेको प’र्यो ल*फडा...

चितवनमा बि’हे भैस’केकी छो’री फिर्ता लगेका भनिएका मा’इती र गाउलेको प’र्यो ल*फडा अनिशाको बुबा आमा मिडियामा

123
0

चितवनमा बि’हे भैसकेकी छो’री फिर्ता लगेका भनिएका माइती र गाउलेको पर्यो ल*फडा अनिशाको बुबा आमा मिडियामा





याे समचार पनि पढ्नुहोस्
पार्टीको सिद्धान्तभन्दा पनि पदीय भागबन्डा नमिलेर नेकपा विभाजनको आधार खडा भएकाले त्यसमा अलिकति मात्र मिहिनेत गरे पार्टी एक हुन सक्ने आकलन गौतमको छ । उनले एक/दुई दिनमै अभियानका ५ सय ५१ सदस्य र एकताको आधारपत्र सार्वजनिक गर्ने उनको अभियानमा सहभागी नेता हरि पराजुलीले बताए । उनका अनुसार ती सबै नेकपाकै नेता–कार्यकर्ता हुन्, कतिपय केन्द्रीय सदस्य छन् ।

‘मुख्यतः पार्टी कसरी एक भएको थियो र कसरी विभाजनको चरणमा पुग्यो भन्नेमा हामी जोड दिन्छौं,’ उनले कान्तिपुरसँग भने, ‘सिद्धान्त नमिलेरभन्दा पनि भागबन्डा नमिलेर पार्टी फुट नजिक पुगेको हो, मिलाउने उपायसहित कार्यक्रम ल्याउँदै छौं ।’ उनका अनुसार आआफ्ना कमीकमजोरी सच्याउन अभियानले दुवै पक्षलाई आह्वान गर्नेछ । पार्टी एक बनाउन विधान संशोधन र एक व्यक्ति एक मुख्य जिम्मेवारीको कुरालाई प्राथमिकताका साथ उठाइने छ ।

‘अहिलेको विभाजनमा नीति र विचार देखिन्न, अहिले उठाइएको समस्याको जडमा देखाइएको विधि–पद्धतिलाई विधानमा संशोधन गर्ने हो, त्यसैले विधान संशोधन गर्ने हाम्रो पहिलो प्रस्ताव हुनेछ,’ पराजुलीले भने, ‘साथमा एक व्यक्ति एक पदको कुरालाई जोड दिइनेछ । दुवै पदमा बसेका कोही कमरेड हुनुहुन्छ भने कुन पदलाई मुख्य मान्ने हो, कुन पदलाई मुख्य होइन भन्ने परिभाषा पनि गरिनेछ । दुई अध्यक्षको अन्तिम निर्णय भन्ने वैधानिक व्यवस्था जहाँ गरियो, त्यहींबाट समस्याको सुरुवात भएको छ, अब कमिटीको निर्णय नै सर्वेसर्वा हुने गरी पार्टी एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’

गौतमसहितका नेताले २०५४ मा तत्कालीन एमाले फुटाएर माले बनाएका थिए । त्यतिखेर महाकाली सन्धिको विपक्षमा रहे पनि कालान्तरमा गौतमले त्यही मुद्दा छोडेका थिए । भर्खरै उठ्न थालेको कम्युनिस्ट आन्दोलन एमाले विभाजन हुँदा तितरबितर भएको थियो । २०५६ को चुनावमा गौतम नेतृत्वको मालेले एक सिट पनि नजितेपछि उनीसहितको एउटा ठूलो हिस्सा एमालेमै फर्किएको थियो, उत्तिकै संख्याका कार्यकर्ता तत्कालीन भूमिगत पार्टी माओवादीमा लागेका थिए ।

त्यसपछि गौतमले बारम्बार कम्युनिस्ट पार्टी एक हुनुपर्ने आवाज उठाउँदै आएका थिए । उनले एमाले र माओवादी केन्द्रको मिलनमा पनि आफूले भूमिका खेलेको बताउँदै आएका छन् । शनिबार जारी गरेको अपिलमा गौतमले पार्टी विभाजनको यो अवस्थालाई दुःखद् र पीडादायी भनेका छन् ।

‘नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रूपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो,’ गौतमले अपिलमा भनेका छन्, ‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता यदि पुनः एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’

व्यवहारतः नेकपा विभाजन भइसकेको छ । तर पार्टीका दुवै पक्षले विभाजनको औपचारिक निवेदन निर्वाचन आयोगमा दिइसकेका छैनन् । आयोगले दुवै पक्षलाई बारम्बार ताकेता गर्दा पनि उनीहरूले पार्टी नफुटेको बताउँदै आएका छन् । वैधानिक रूपमा यी दुवै पक्षको एउटै पार्टी भएकाले दाहाल–नेपाल समूहलाई अझै सत्ताधारी मान्नुपर्ने तर्क आन्दोलनरत कतिपय पक्षको छ । त्यसैले पटकपटक संयुक्त आन्दोलन गर्नुपर्ने बताउँदै आएका दाहाल–नेपाल समूहको नेकपालाई कांग्रेससहित अरू दल र नागरिक समाजले विश्वास गरिसकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here