Home News पानी बेच्ने Archana Parajuli को पैसा झ्वाम पार्ने बिनयकि हुनेवा’ली श्री’मतीको घर...

पानी बेच्ने Archana Parajuli को पैसा झ्वाम पार्ने बिनयकि हुनेवा’ली श्री’मतीको घर जादै शर्मिला वाइबा

393
0

पानी बेच्ने Archana Parajuli को पैसा झ्वाम पार्ने बिनयकि हुनेवाली श्रीमतीको घर जादै शर्मिला वाइबा





याे समचार पनि पढ्नुहोस्
बेलाको चेतनामा भएको प्रतिगमनको माहोललाई बुझ्न संसदीय पार्टीहरूको जमातको हविगत मात्र होइन, समुदायगत अगुवाहरूका हर्कतहरू सम्झिँदा पनि छ्याङ्ग हुन्छ । गोरेबहादुर खपाङ्गी, बद्रीप्रसाद मण्डल हुँदै गोल्चे सार्कीसम्म प्रतिगमनको मतियार बन्ने स्थिति चेतनामा प्रतिगमनका ठोस दसीहरू हुन् । किनभने उनीहरू पार्टी राजनीतिमा मात्र होइन, बरु पञ्चायत अनि बहुदलकालमा समेत आआफ्ना समुदायका योद्धा थिए । चेतनामा प्रतिगमनको त्यही माहोलका कारण त प्रतिगमनविरोधी त्यति बेलाका संसदीय पार्टीहरूको आन्दोलन काठमाडौंको रत्नपार्कको तत्कालीन रातोघरको वरपर मात्रै कैयौं महिना मरन्च्याँसे आकारमा टाक्सिएको थियो ।

त्यति बेला त्यो आन्दोलन टाक्सिनुको मुख्य कारण थियो—संसदीय पार्टीहरूकै व्यापक कार्यकर्ता, समर्थक र आम जनतामा पार्टीहरूप्रति विश्वास गुमेको अवस्था । त्यो अवस्थाको निर्माणको चुरोचाहिँ चेतनामा नाङ्गै देखिएको प्रतिगमन थियो । जब नयाँ व्यवस्थाको सपना र विद्रोहसहित अगाडि आएको तत्कालीन नेकपा (माओवादी) सँग बाह्रबुँदे समझदारी भयो, त्यसपछि नै संसदीय पार्टीका व्यापक कार्यकर्ता, समर्थक र आम जनताले प्रतिगमन सच्याएर पुरानै चेतनाको प्रतिगमन भएको अवस्था दोहोर्‍याउन नभई नयाँ व्यवस्थामा जाने सपना देख्ने परिस्थिति बनेको हो । गणतन्त्रसहितको नयाँ प्रगतिशील व्यवस्थाको सपना समाजले देख्दैनथ्यो भने २०६२/६३ को जनआन्दोलन असम्भव थियो । आज फेरि त्यति बेलाको चेतनामा भएको प्रतिगमनको माहोलजस्तै नयाँ सन्दर्भमा नयाँ ढंगले चेतनामा प्रतिगमनको दुश्चक्र दोहोरिएको छ जसमाथि राजनीतिक प्रतिगमन उभिन सम्भव हुन पुगेको छ ।

अहिले प्रतिगमनकारी संसद् विघटनको घटनासँगै हिजो नयाँ व्यवस्थाका निम्ति लडेका व्यक्तिहरूका चेतनामा प्रतिगमनका छरपस्ट उदाहरणहरू दिगमिग लाग्ने स्तरमा छताछुल्ल भइरहेका छन् । नेकपा (नेकपा) को प्रचण्ड–माधव पक्षका गतिविधि पनि प्रतिगमनका निम्ति एक स्तरमा जिम्मेवार छन् र उनीहरूले यसको समाधानका निम्ति अघि सारेको संसद् पुनःस्थापनाको विकल्प वास्तविक समाधान पनि होइन, यो एउटा पक्ष हो । तर ओली प्रवृत्तिलाई साथ दिन हिजो त्यस खेमासँग गोरु बेचेको साइनोसमेत नराखेकाहरू जसरी हामफालेका छन्, त्यो भने जति बुट्टा भरेर तर्क गरिए पनि चेतनामा भएको प्रतिगमनसिवाय केही होइन ।

सांसद नै नचुनिएकाहरू रातारात मन्त्री बन्न जाने, जनयुद्धका चुनिएका कमान्डरहरू ओली पक्षमा हामफाल्ने अवस्था भनेको चेतनामा भएको प्रतिगमनको टीठलाग्दा ठोस दृश्यहरू हुन् । प्रचण्ड–माधव पक्ष जति खराब भए पनि त्योभन्दा आजको खराब ओली प्रवृत्तिले लादेको प्रतिगमन नै हो । तर एउटा खराबबाट उम्किएर सबैभन्दा खराबको पक्षमा लाग्नु ठीक हो भनी गर्न थालिएका तर्कहरू हास्यास्पद र निर्घिनी स्तरभन्दा माथि रहन सम्भव छैन । आजको प्रतिगमन सही छ भनी तर्क गर्नेहरू अनि त्यसबाट व्यक्तिगत स्वार्थसिद्धिमा रमाउनेहरू ज्ञानेन्द्र शाह, तुलसी गिरी, गोल्चे सार्की प्रवृत्तिका नयाँ संस्करणबाहेक अरू साबित हुनेछैनन् । मात्रामा तल–बितल अनि त्यस्तो साबित हुन कति समय लाग्ला भन्ने विषय मात्र प्रतीक्षाको हो, किनभने अगाडि नबढी प्रगति असम्भव भएको नेपाली समाज पछाडि फर्केर समस्या समाधान हुने त कुनै गल्छेंडो नै बाँकी छैन ।

२०६२/६३ को जनआन्दोलनपछि चेतनामा प्रतिगमनको यो भयावह अवस्था कसरी जन्मिन पुग्यो र मुख्य जिम्मेवार को हो ? यो विषय अब विमर्शको पहिलो सूचीमा रहनु आवश्यक छ । एमाले पार्टीलाई अझै सही ठान्ने र यसले नै केही गर्छ भनी आशारत कार्यकर्ता र समर्थकहरूको सुधो पङ्क्तिको कुरा बेग्लै हो तर त्यो पार्टीको नेतृत्व पङ्क्तिको चेतनामा प्रतिगमन त ज्ञानेन्द्र शाहको प्रतिगमनसम्म पुग्दा छर्लंगै पुष्टि भइसकेको थियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउने नीतिको अर्तजलले मात्र एमाले पुनर्जीवित हुन सम्भव भएको हो ।

गणतन्त्र ल्याउनु बयलगाडामा चढेर अमेरिका जानुजस्तै हो भन्ने त्यति बेलाको ओली प्रवृत्तिको ठट्टा यस कुराको अकाट्य प्रमाण हो । माधव नेपाल प्रवृत्तिले आज आफू नैतिकतावान् भएको, पद्धतिका पक्षमा भएको जुन नारा भट्याइरहेको छ, यो पनि सतही तर्कभन्दा बढी देखा पर्दैन । त्यस प्रवृत्तिले सहिदकी पत्नी ताक्ने लगायतका वर्ग दुस्मनकै स्तरमा संगीन आरोपहरू सार्वजनिक रूपमा समेत ओली पक्षलाई लगाउने तर ओली प्रवृत्तिसँगै बसेर शासित हुने कुरा कसरी क्रान्तिकारी नैतिकताभित्र पर्छ र ? क्रान्तिकारी नैतिकता भनेको आधारभूत रूपमा गलत प्रवृत्तिसँग सम्बन्धविच्छेदमा प्रकट हुन्छ । आधारभूत रूपमै गलत प्रवृत्तिसँग सुलह–सम्झौता गरिन्छ भने त्यो त क्रान्तिकारी नैतिकताको रक्षा होइन, बरु नैतिक रूपमा भ्रष्टाचार पो हुन पुग्छ ।

त्यसैले नेपाल प्रवृत्तिले गर्ने गरेका तर्कहरू पनि आफ्नो चेतनामा भएको प्रतिगमनलाई छोपछाप गर्ने उपायहरू मात्रै हुन् । आजको चेतनामा प्रतिगमनको मुख्य पक्ष तत्कालीन एमालेसँग सम्बन्धित विषय होइन, किनभने त्यो त पहिले नै अग्रगामी अग्रसरताबाट किनारा लागिसकेको पक्ष हो । वास्तवमा आजको चेतनामा प्रतिगमनको मुख्य पक्षको सूत्रधार भनेको माओवादी आन्दोलनको प्रचण्ड नेतृत्वको डफ्फा हो । किनभने, शान्ति प्रक्रियासँगै त्यस पार्टीको मात्र होइन, परिवर्तन चाहने समाजको हरेक समुदायको अग्रगामी चेतना त्यस पार्टीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिशानिर्देशित हुन पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here