Home Health पुष्पा कोठाभित्र सोफामा बसेकी छन् । वरिपरि भाग्य र अन्य युट्युबरले उनलाई...

पुष्पा कोठाभित्र सोफामा बसेकी छन् । वरिपरि भाग्य र अन्य युट्युबरले उनलाई घेर्छन् । अनि सुरु हुन्छ प्रहरी शैलीमा केरकार ।

72
0

बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’

यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ । सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् ।

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here