Home News सारा नेपालीको लागी खुशीको खबर, को*रोना खो’प लगाउने यस्तो तयारी, १६ हजार...

सारा नेपालीको लागी खुशीको खबर, को*रोना खो’प लगाउने यस्तो तयारी, १६ हजार खोप केन्द्र (जानकारीका लागि सेयर गराै)

372
0

सारा नेपालीको लागी खुशीको खबर, को*रोना खो*प लगाउने यस्तो तयारी, १६ हजार खोप केन्द्र



याे समचार पनि पढ्नुहोस्

आदिवासी जनजातिअन्र्तगत पर्ने सन्थाल समुदायको महान पर्व ‘सोहराय’ मनाइँदै छ । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका हुन् ।

पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले शनिबारदेखि पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरी यो पर्व मनाउन सुरु गरेका हुन् । प्रत्येक वर्ष ९ जनबरीदेखि ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्व हुन्छ ।

सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यसदिन सन्थाल समुदायका मानिस नुहाइधुवाइ गरी घर आंगन सफा गरेर चोखिने काम गर्छन् । यसैदिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।

‘गड’ पूजामा जराङ बुरु,गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पीठो,मेथी,सुपारी,लड्डु र कुखुराको बलि दिएर पूजा गर्ने गरिन्छन् । सो ठाउँमा पूजा सम्पन्न गरेपछि समुदायका मानिसहरुले प्रसाद ग्रहण गर्छन जसलाई सन्थाली भाषामा ‘सुडे’ भनिन्छ ।

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाइन्छ । समुयदायका युवायुवतीहरु यसदिन सोहराय नाच प्रस्तुत गर्छन् । सोहराय पर्वको तेश्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ ।

यसदिन समुदायका मानिसले विशेषगरी गाइगोरुसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् । सोहरायको चौथोदिन गाउँका मुखियासहित समुदायका मानिस समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ ।

यसदिन युवायुवतीहरु समेत समूह बनाएर पारम्परिक गीतमा नृत्य गर्दै घरघरमा गएर धानचामल र पैसा माग्ने गर्छन् । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामांकरण गरिएको सन्थाल अगुवाहरु बताउँछन् ।

सोहरायको पाँचौदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा मनाइन्छ । यसदिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । सन्थाल भाषामा माछालाई हाकु र गंगटोलाई काट्कोम भनिने भएकाले यसदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा नामाकरण अगुवा पन्नलाल हेमरमले बताए ।

यो पर्वको छैठौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन छ । पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहेपनि पछिल्लो समय यो ब्यवहार लोप हुंदै गएर अहिले गांउघरमै भएका मासुयोग्य जनावरलाई शिकार गरेर बाँडिचुँडि खाने चलन रहेको जहादा गाउँपालिका ७का बडा अध्यक्ष भगवानलाल बेश्राले जानकारी दिए ।

‘साकरात’का रुपमा मनाइने यसदिन गांउ बाहिरको खुला ठांउमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गरेको वडा अध्यक्ष बेश्राले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here