Home News बेलायती सेनाका पूर्व प्रमुख आफ्नो सम्पत्ति गोर्खाहरुलाई दान गरेर अस्ताए

बेलायती सेनाका पूर्व प्रमुख आफ्नो सम्पत्ति गोर्खाहरुलाई दान गरेर अस्ताए

155
0

बेलायती सेनाका एक पूर्व प्रमुखले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत नोभेम्बर महिनामा निधन भएका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्यको सम्पत्तिबाट एक चौंथाई (२५ प्रतिशत) ट्रस्टलाई प्रदान गरेका हुन् । उनी गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत थिए ।

बेलायती पत्रिका डेली मेलका अनुसार निधन हुनु केहि महिना पहिले लर्ड ब्रामलले आफ्नो मृत्युपश्चात सम्पत्ति ४ हिस्सा लगाएर सहयोग गर्ने विल (ईच्छापत्र) गराएका थिए । जसमा उनले गोर्खा वेल्फेयर ट्रस्ट र ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक-एक हिस्सा दिन चाहेका थिए भने बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति-पनातिनाको लागि छुट्याएका थिए ।

गोर्खा वेल्फेयर ट्रस्टले लर्ड ब्रामलको सहयोग लिने कार्य अझै प्रक्रियामै रहेको बताएको छ । बेलायती सेनामा सेवाको क्रममा १० वर्ष गोर्खा राइफल्समा रहेर काम गरेका लर्ड ब्रामल गोर्खाहरुको साहस र इमान्दारीको प्रशंसक थिए । उनले कयौं अवसरमा गोर्खाहरुको खुलेरै तारिफ गर्ने गरेका थिए ।

सन् १९८५ मा सेनाबाट रिटायर्ड भएपछि लर्ड ब्रामल हयाम्पशायरको क्रोन्डालमा बस्दै आएका थिए । गत नोभेम्बर महिनामा ९५ वर्षको उमेरमा उनको निधन भएको थियो ।

याे समचार पनि पढ्नुहोस्

विश्व किर्तीमानी युवा नेपाली पर्वतारोही निर्मल पुर्जाले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाउन गरेको प्रयास यसपटकको लागि अधुरै रहेको छ ।

पाकिस्तान र चीनको बोर्डरमा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो ‘के-टु’ हिमाललाई विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने पहिलो आरोही बन्ने उनको लक्ष्य पूरा हुन नसकेको हो । निर्मलको तयारी र योजनाअनुसार गत साताको अन्त्यसम्ममा नै उनले ‘के-टु’ हिमालको शिखरमा पाइला राखिसक्नुपर्ने थियो । तर उनको लक्ष्यमा खराब मौसम वाधा बनेको छ ।

निर्मल र उनको आरोहण दलका सदस्यहरुले हिमालको दोस्रो क्याम्पसम्म पुर्याएका त्रिपाल र आरोहणका लागि आवश्यक अरु उपकरण एवम् सामग्री हावाले उडाइदिएपछि उनको योजना पूरा हुन नपाएको हो । आइतबार हिमालको बेस क्याम्पबाट फेसबुक स्टाटस लेख्दै निर्मलले आफ्नो यसपटकको योजना पूरा हुन नसकेको खबर शेयर गर्नुपर्दा आफू एकदमै दुखी भएको बताएका छन् ।

‘आज हामी दोस्रो क्याम्पसम्म पुग्यौं । त्यहाँ हामीले जम्मा पारेर छोडेका त्रिपालहरु र हिमाल चढ्दा आवश्यक पर्ने अन्य सामग्रीहरु हावाले नष्ट गरेर उडाइसकेको रहेछ’ निर्मलले लेखेका छन्,’ हामीले हाम्रो किटहरु, स्लिपिङ ब्यागहरु, म्याट्रेसहरु, जुत्ताको हटेड सोलहरु, पञ्जाहरु, प्याराग्लाइडिङको सामग्रीदेखि खाना पकाउने इक्विपमेन्टसम्म सबैथोक गुमायौं ।’

‘के-टु’ हिमालको आरोहणका लागि अब फेरि शुरुदेखि तयारी गर्नुपर्ने भएको निर्मलले बताएका छन् । यही सिजनको अन्त्यतिर पूरा गर्ने गरी फेरि अब नयाँ योजना बनाउने उनको भनाइ छ । ‘जीवनमा यस्ता ठक्करहरु अकाट्य छन्, अझ विशेषगरी तपाईं चुनौतीपूर्ण कामहरु गर्दै हुनुहुन्छ भने । तर यसबाट तपाईं थप बलियो मात्रै बन्नुपर्छ’, निर्मलले भनेका छन् ।

सगरमाथापछि विश्वकै अग्लो ‘के-टु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् । तर ‘विन्टर सिजन’ मा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका छैनन् ।त्यही किर्तीमान बनाउने प्रयासमा निर्मल छन् ।

यसअघि निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए । म्याग्दी जिल्लामा जन्मिएका निर्मल पूर्व बेलायती सैनिक पनि हुन् । बेलायती महारानीबाट उनले प्रतिष्ठित ‘एमबीई’ पदक पनि पाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here