Home News रुसबाट आयो खुशीको खबर, नेपालसँग गरेको बा’चा पुरा गर्दै पुटिन, नेपाललाई पठाउँदै...

रुसबाट आयो खुशीको खबर, नेपालसँग गरेको बा’चा पुरा गर्दै पुटिन, नेपाललाई पठाउँदै यतिधेरै को*रोना खो*प ! (जानकारीका लागि सेयर गराै)

638
0

रुसबाट आयो खुशीको खबर, नेपालसँग गरेको बा’चा पुरा गर्दै पुटिन, नेपाललाई पठाउँदै यतिधेरै को*रोना खो*प !



याे समचार पनि पढ्नुहोस्

कामचलाउ प्रधानमन्त्री ओली पनि ‘मै सर्वेसर्वा नेता’ र ‘मेरो निर्णय बदलिन नसक्ने’ भन्दै अदालतमा विचाराधीन संसद् विघटनको मुद्दालाई बेवास्ता गर्दै कुनै पनि हालतमा संसद् बिउँतिन नसक्ने जिकिर गर्छन् । तर उनको असंवैधानिक कदमका पक्षमा वकालत गर्ने, समर्थन जनाउने उनका अघिपछिका व्यक्ति र कार्यकर्ताबाहेक अरू देखिँदैनन् ।

उनको बोलीमा अब धेरै अहंकार र अतिशयोक्ति देखिन थालेको छ, तथ्यमा आधारितभन्दा बढी आफैं मपाईं भएको पाइन्छ । तर खुसीको कुरा के छ भने, अब चेतनशील जनता के ठीक र के बेठीक छुट्याउन सक्षम भएका छन् । अब कामका आधारमा राजनीतिकर्मीको मूल्यांकन हुन थालेको छ । उनीहरू संविधानसम्मत व्यवस्था र सक्षम सरकार खोज्छन् तर सरकार भ्रष्ट र कमजोर बन्दा यसको विकल्प खोज्छन्, जुन लोकतान्त्रिक व्यवस्थाको सकारात्मक पक्ष हो ।

अधिनायकवादमा नेता बन्न सजिलो हुन्छ किनभने शक्तिका बलमा नेता सञ्चार, संसद्, दल, बुद्धिजीवी र समाजको आलोचना या विरोधबाट क्षणिक कालका लागि मुक्त रहन सक्छ । सुरुका केही दिन या महिनासम्म अधिनायकवादी नेताले आफू सुरक्षित भएको ठान्छ तर समय र सन्दर्भ या जनचेतनाको आकलन गर्न सकेन भने उसको दिनगन्ती सुरु हुन्छ । अधिनायकवादको स्वरूप फरक हुने भएकाले सबैको आयु एकै किसिमले निर्धारण हुँदैन । तर औंलामा गन्न सकिने, साम्यवादी र एकाध सैनिक मुलुकबाहेक सबै अधिनायकवादी शासनतन्त्रको अवसान जनविद्रोहले तय गरेको उदाहरण विश्वभरि पाइन्छ । नेपालमा विकल्परहित भनिएको राजाको ‘सर्वोच्च र सबल नेतृत्व’ मा चलेको निर्दलीय पञ्चायत व्यवस्था र राजतन्त्रको यति चाँडै पतन होला भन्ने कसैले अनुमान गरेको थिएन । पाकिस्तान, बंगलादेश, इन्डोनेसिया लगायतमा भएका परिवर्तनले पनि यही कुरालाई पुष्टि गरेका छन् ।

लोकतन्त्रमा नेता बन्ने बाटा धेरै छन् । जनप्रिय हुन सके र जनतालाई भरोसा भए नेताले चुनावबाट शक्ति आर्जन गर्न सक्छ । अमेरिकामा ट्रम्पजस्ता धनाढ्य व्यापारीका लागि पनि गरिबी र बेरोजगारीको मारमा परेका अनि जातीय भेदभावमा विश्वास गर्ने जमात या ‘अरू देशका मानिसले अमेरिका बिगारेको’ भन्ने चुनावी कार्डले सन् २०१६ मा काम गर्‍यो र उनी राष्ट्रपतिजस्तो उच्च पदमा पुगे । यसपल्टको चुनावमा हार भए पनि उनका पक्षमा आएको मतले अमेरिकालाई नमीठो रूपमा विभाजित गरेको छ । यस विभाजनलाई कम गर्न नवनिर्वाचित राष्ट्रपति जो बाइडेन प्रतिबद्ध छन् । तर ट्रम्प प्रवृत्ति (फेनोमेनन) ले अमेरिकाजस्तो लोकतान्त्रिक देशलाई लामो समयसम्म असर गरिरहने आकलन धेरैको छ ।

ट्रम्प अति आत्मकेन्द्रित, शक्तिका प्रति असीमित आसक्ति भएका र यसका लागि सबै अस्त्र प्रयोग गर्ने व्यक्तिका रूपमा देखिन्छन् । विडम्बना त के छ भने, अमेरिकाजस्तो विकसित मानिएको लोकतन्त्रमा पनि यस्ता मान्छे नेताका रूपमा आउन सक्दा रहेछन् र लोकतन्त्रलाई धराशायी पार्दै या होच्याउँदै आफ्नो स्वार्थरक्षाका लागि सबै खाले हत्कण्डा प्रयोग गर्न पछि नपर्ने रहेछन् । लोकतन्त्रमा विश्वास नगर्ने र आफू मात्र ठीक भएको ठान्ने व्यक्ति लोकतन्त्रका लागि घातक सिद्ध हुन सक्छ भन्ने उदाहरण ट्रम्पले दिएका छन् । यस्तो प्रवृत्ति अन्य देशका केही शक्तिपिपासु नेतामा पनि पाइन्छ ।

नेपालका ओली यसरी नै प्रस्तुत भइरहेका छन् । उनको तीन वर्षसम्मको शासनशैली र क्षमताको आकलन गर्दा उनले चुनावमा दिएका सस्ता लोकप्रियवादी नारा र तिनको कार्यान्वयनमा देखिएको असफलताले उनीप्रति जनविश्वासमा ह्रास आएको छ । उनी पनि अति आत्मकेन्द्रित र घमन्डी नेताका रूपमा हुन् । उनमा उडन्ते कुरा गर्नबाहेक अरू क्षमता छैन । ओली क्षणिक जनप्रियताको बुई चढी शक्तिमा पुग्न सकेको तर गर्न केही नसकेको नेताका रूपमा स्थापित भएका छन् । यस्तो चटके चाल धेरै टिक्न सक्तैन । उनको पतनको कारण उनकै हठ र अलोकप्रिय हुने वातावरणले निर्धारण गर्ने देखिन्छ । ओली न दूरदृष्टि राख्ने न त लोकतान्त्रिक ढंगले चल्ने नेता हुन् । त्यसैले आफ्नो स्वार्थका लागि उनले संसद् विघटन गर्दा वर्तमान संविधानको चीरहरण हुन्छ भन्ने जानीजानी बुझ पचाएर विघटनको बाटो समाए ।

ओली मात्र होइन, सबै दलका शीर्षस्थ भनिने नेताहरूको क्षमतामा जनताको भरोसा हट्दै गएको छ । ती सबैको कार्यक्षमता जनताले चाल पाइसकेका छन् । कहिलेकहिले सत्ता परिवर्तन गर्नमा भूमिका रहेको भए पनि परिवर्तनकारी भूमिकामा उनीहरू पछि परेका छन् । अति स्वार्थकेन्द्रित राजनीतिले उनीहरूको परिवर्तनकारी भूमिका हराएको छ । अब चुनाव जित्ने नारा पनि कमजोर भएको छ, जसका बलमा ओली सत्तामा पुग्न सफल भएका थिए ।

लोकतन्त्रलाई बलियो पार्न, स्थायित्व र विकास यकिन गर्न दल र नेताहरूको भूमिका ठूलो हुन्छ । भारतमा स्वतन्त्रता आन्दोलनका नेताहरूले नै सुरुका दिनमा गणतन्त्र भारतको नेतृत्व लिएकाले लोकतन्त्रको जग बलियो भयो, जुन आजसम्म चलिरहेछ । त्यसैले, भारतीय संविधानका कतिपय प्रावधान आफ्नो सिद्धान्त अनुसार नभए पनि सत्तारूढ भारतीय जनता पार्टीले तिनमा विचलन ल्याउने धृष्टता गरेको छैन ।

भारतका तुलनामा नेपालको लोकतन्त्रको विकासक्रम अवरुद्ध (इन्टरमिटन्ट) हुँदै आएको छ । अनेक संविधान र राजनीतिक मोडलको प्रयोग गरिँदा संवैधानिक स्थिरता आउन सकेको छैन । संवैधानिक र राजनीतिक स्थिरता सुन्दा उस्तै लागे पनि यिनमा केही तात्त्विक भिन्नता भने पाइन्छ । भारतमा संवैधानिक स्थिरता सधैं रह्यो (इमर्जेन्सी कालबाहेक), तर सरकारको अस्थिरता समयसमयमा देखियो, भारतीय कांग्रेसको वर्चस्व कम हुँदै गएपछि । नेपालमा भने हालसम्म सात संविधानको प्रयोग भए पनि अहिलेसम्म संवैधानिक स्थायित्वको यकिन हुन सकेको छैन ।

ओलीको पछिल्लो कदमले फेरि संवैधानिक र राजनीतिक अस्थिरताको वातावरण र सम्भावना बढाएको छ । अब दुईतिहाइको जनमतले मात्र स्थायित्व दिने रहेनछ भन्ने तथ्य प्रमाणित भएको छ । लोकतन्त्रले त्याग, समर्पण, सुशासन र उत्तरदायित्व खोज्छ । यसका लागि न्यूनतम मूल्य–मान्यता र विवेक चाहिन्छ । तर आज सिद्धान्त, मान्यता र स्वच्छ शासनको नारा मात्र छ; काम भने छैन । जो भ्रष्ट छन्, तिनीहरूकै प्रतिरक्षा गर्ने व्यक्ति देशको पहिलो नेता भएपछि अरू के चाहियो ! लोकतन्त्रलाई चुनावी तन्त्रमा मात्र हेरिए यसको मर्म हराउनेछ । जति चुनाव गरे पनि सार नबदलिए यो आवरणको लोकतन्त्र मात्र हुनेछ । आज जनतालाई सार चाहिएको छ, देखावटी चुनावी तन्त्र होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here