Home News तु’रुन्तै हेर्नु’होस्, देशै भरि नेपाल ब’न्द, विप्लवद्धारा सं’घर्षका कार्यक्रम सार्वजनिक Netra bikram...

तु’रुन्तै हेर्नु’होस्, देशै भरि नेपाल ब’न्द, विप्लवद्धारा सं’घर्षका कार्यक्रम सार्वजनिक Netra bikram chand

205
0

तुरुन्तै हेर्नुहोस्, देशैभरि नेपाल बन्द, विप्लवद्धारा सं’घर्षका कार्यक्रम सार्वजनिक Netra bikram chand





याे समचार पनि पढ्नुहोस्
कुनै ठाउँमा अब भूकम्प कैले जान्छ भनेर जान्नुअघि उक्त क्षेत्रमा इतिहासमा कुन म्याग्नेच्युडको भूकम्प कैले गएको थियो भन्ने जान्नु अनिवार्य छ । पूर्वी नेपालमा वि. सं. १९९० (सन् १९३४) मा ८ म्याग्नेच्युडभन्दा ठूलो भूकम्प गएको थियो जसलाई प्रमाणित गर्ने धेरै वैज्ञानिक आधारहरू भेटिएका छन् । पूर्वी नेपालभन्दा पूर्व सिक्किम हुँदै भुटानसम्मको भौगर्भिक अवस्थाले पनि भविष्यमा पूर्वी नेपालमा जान सक्ने भूकम्पलाई असर गर्न सक्छ । पूर्वी नेपालभन्दा पूर्व सन् १८९७ मा भुटानमा ठूलो भूकम्प गएको थियो ।

सन् १९३४ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्मै ल्याएको केही अध्ययनहरूले देखाएका छन् । यसरी हेर्दा १९३४ को भूकम्पभन्दा पूर्वको क्षेत्रमा भुटानसम्म करिब सय वर्षको अन्तरालमा ठूला भूकम्प रेकर्ड गरिएको छैन । यसले उक्त क्षेत्रमा ठूला भूकम्पको जोखिम उच्च छ भन्ने देखाउँछ । पूर्वी नेपालमा सन् १९३४ को ८.२ म्याग्नेच्युडको भूकम्पपछि सोही वा सो बराबरको भूकम्प आउन ३०० देखि ५०० वर्षसम्म लाग्छ भन्ने केही अध्ययनको निष्कर्ष छ । यसो भन्दै गर्दा पूर्वी नेपालको सयौं वर्षसम्म शक्ति निष्कासन नभएको भागले अर्को ८ म्याग्नेच्युडको भूकम्प उत्पादन गर्न सक्छ भन्ने कुरालाई पनि नकार्न सकिँदैन ।

मध्य नेपाल

मध्य नेपाल देशभरिमै तुलनात्मक रूपमा धेरै भूकम्प रेकर्ड गरिएको भाग हो । सन् १२५५ मा तत्कालीन राजा अभय मल्लको मृत्यु भूकम्पका कारणले भएको केही रिपोर्टहरूले देखाएका छन् । सन् १२५५ पछि २०१५ सम्ममा यो क्षेत्रमा ७ वटा ७ भन्दा बढी म्याग्नेच्युडका भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । मध्य नेपालमा वि. सं. २०७२ भन्दा पहिला सन् १८६६, १८३३, १८१० मा पनि केही ठूला भूकम्प रेकर्ड गरिएका थिए ।

२०७२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको देखिएन जुन कुराले मध्य नेपाल र काठमाडौंमुनिको शक्ति पूर्ण रूपमा ननिस्किएको प्रमाणित गर्दछ । यस्तो अवस्थामा पूरै शक्ति जमिनमा निस्कन कि ठूलो भूकम्प जानुपर्छ कि साना भूकम्प धेरै जान पर्छ । तर केही अध्ययनले हजारौं साना भूकम्पले निष्कासन गर्ने शक्ति नगण्य मात्रामा मात्र हुने र ठूलो भूकम्पको जोखिम नघट्ने देखाएका छन् । त्यसैले काठमाडौंवरिपरि ठूलो भूकम्पको जोखिम अझै रहेको भन्न सकिन्छ । विगतमा गएका भूकम्पका ढाँचा र वि.सं. २०७२ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्म नल्याएका कारणले मध्य नेपाल उच्च जोखिममा रहेको देखाउँछ ।

पश्चिम नेपाल

भूकम्पविद्हरूलाई पनि अलिक अप्ठ्यारो ठाउँ हो पश्चिम नेपाल । किनकि त्यहाँको अध्ययन हुनै पाएको छैन । २०७२ को भूकम्पको दरार किन पश्चिमतिर गएन ? जबकि पश्चिम नेपाल पहिलेदेखि नै उच्च जोखिममा छ भनिँदै आएको थियो । यसको उत्तर भन्न पश्चिम नेपालमुनिको भौगर्भिक तथा भूकम्पीय अध्ययन गर्नुपर्छ । केही सीमित संख्यामा भएका अध्ययनले पश्चिम नेपालको जमिनभन्दा १०–२० किलोमिटर तलको बनोट मध्य नेपालको जस्तै भएको र मध्य नेपालमा जस्तै पश्चिम नेपालमा पनि ठूलो भूकम्प जान सक्ने देखाएका छन् ।

सन् १५०५ मा मुस्ताङमा गएको ठूलो भूकम्पका कारणले तिब्बतका राजाको मृत्यु भएको भन्ने प्रमाण भेटिएको हुँदा पश्चिम नेपालमा गएको पछिल्लो ठूलो भूकम्प त्यही नै रहेको आजसम्मको बुझाइ छ । यसको मतलब ५ सय वर्षभन्दा धेरै समयदेखि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन । इन्डियन प्लेट तिब्बतियन प्लेटको मुनि घुस्रिने दर समग्र हिमालयन क्षेत्रमा उस्तै–उस्तै छ । प्लेटको गतिको कारणले जमिनमुनि जम्मा हुने शक्तिको परिमाण पनि करिब बराबर नै हुनुपर्छ ।

यसको अर्थ पश्चिम नेपालमा जुनसुकै बेला पनि ८ भन्दा ठूलो भूकम्पको जोखिम छ जुन कुरा धेरै अध्ययनले भनिसकेका पनि छन् । भूकम्पको अध्ययन गर्ने अर्को कुरा सेस्मिक साइकल ( भूकम्पीय चक्र) हो । भूकम्पीय चक्रकै कुरा गर्ने हो भने पनि सन् १५०५ को भूकम्प दोहोरिने समय ३००–५०० वर्ष हामीले पार गरिसक्यौं । पश्चिम नेपाल गोर्खादेखि पश्चिम धनगढीसम्मको जमिनमुनिको अवस्था राम्रोसँग पत्ता लगाउन नसकिएका कारणले पश्चिम नेपालमा ठूलो भूकम्प जाँदा त्यसको दरार कहाँसम्म जान्छ वा दरारलाई केले रोक्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।

नेपालमा भूकम्पको जोखिम जहिल्यै धेरै छ । ठूलो भूकम्पले जमिनमुनि जम्मा भएको सबै शक्ति जमिनको सतहसम्म ल्याइदियो त्यसको केही समय अर्को ठूलो भूकम्पको जोखिम त्यति हुँदैन । तर नेपालको सन्दर्भमा त्यस्तो ठूलो भूकम्प पूर्वी नेपालमा सन् १९३४ मा गएको, मध्य नेपालमा निरन्तर गइरहेको तर पछिल्लो केही दशक नगएको र पश्चिम नेपालमा सन् १५०५ मा गएको हुँदा पूर्वीभन्दा मध्य र पश्चिम नेपालमा तुलनात्मक रूपमा भूकम्पको जोखिम उच्च भन्न सकिन्छ । तर पूर्वी नेपालमा सन् १९३४ को दरार नगएको ठाउँमा भने जोखिम बढी नै छ । नेपालमा भूकम्पीय अध्ययन गर्ने धेरै वैज्ञानिकको अध्ययनका आधारमा जति बेला पनि म्याग्नेच्युड ६.५ देखि ७ सम्मको भूकम्प जान सक्छ जुन ठूलो भूकम्पको परकम्प पनि हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here