Home News राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँसुले आँखा भरियो Girwani &...

राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँसुले आँखा भरियो Girwani & Surangana Rana

966
0

राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँसुले आँखा भरियो Girwani & Surangana Rana




याे समचार पनि पढ्नुहोस्

संसारमा सबै मानिसहरू खराब छन् तर खराब मानिसहरूभित्र धेरै वा थोरै असल चीज छन् । तिनै असल चीजहरूलाई जोड्नु, अगाडि ल्याउनु र त्यसमार्फत सारा खराबीका विरुद्ध लड्नु नै क्रान्तिकारीहरूको काम हो ।–स्वनाम साथी

बितेको महिनाको एक साँझ करिब सत्तरी वर्षको उमेरमा खसेको एउटा साथीको तत्कालमा परिचयको नाम थियो– स्वनाम साथी । श्रमिक वर्ग, उत्पीडितहरू र सारा मानवताको मुक्तिका पक्षमा आफ्नो अध्ययन, भोगाइ र सिकाइबाट सँगालिएका असाधारण महत्त्वका निष्कर्षहरू लगातार साथीहरूलाई बोलीचालीमा उसले बाँडिरहन्थ्यो । विद्रोही र दार्शनिक रूपचन्द्र विष्टले आफ्नो अन्त्येष्टिमा अन्तिम आफन्त तोकेको यो साथी रूपचन्द्र जति पनि आफ्ना कुराहरू लेख्दैनथ्यो ।

अल्छी ठान्न नमिल्ने, बाटो छेकिएपछि भौंतारिएको कमिलाझैँ सधैँ सक्रिय । भाषा र ज्ञानको समस्या मान्न नमिल्ने, कम्तीमा आधा दर्जन भाषा बोल्ने र विज्ञानका धेरै शाखाका सूचनाहरूको भण्डारण गर्ने । तैपनि नलेख्ने प्रवृत्ति किन थियो ? साथीको यो प्रवृत्तिबारे कुनै साथीसँग सम्भवतः यसको सही जवाफ छैन । नेपालको कम्युनिस्ट तथा धेरैखाले उत्पीडितहरूका विभिन्न ससाना जमातभित्र सीमित रहन उसले चाहेकाले सायद लोकतान्त्रिक ट्रेडमार्कअन्तर्गतका व्यापक मानिसहरूबीच उसको ठोस परिचय गुमनाम थियो ।

तर, साथीको चिन्तन र व्यवहारको आयाम भने कुनै पनि वैचारिकीअन्तर्गतको किन नहोस्, त्यसभित्र झिंगाको पित्त बराबरको मात्र पनि सत्य र उज्यालो लुकेको छ भने, त्यसलाई आम जीवनमा जोड्न लागिपर्ने खालको थियो । रूपचन्द्र विष्टजस्तै स्वनाम साथी आज धेरै वास्ता नगरिएको नाम हो । यो बेवास्ता गलत राजनीति र रैथाने चिन्तन प्रक्रियालाई डस्ने आयातित चिन्तनका कारण होइन, बरु आयातकर्ता बन्नुमा मात्र मख्ख पर्ने प्रवृत्तिका कारण संस्थागत भइरहेको हो । रैथाने वा आयातित सही वैचारकीलाई जीवनकरण गर्ने प्रक्रिया जब तीव्र हुनेछ, तब कम्युनिस्ट वा लोकतान्त्रिक धाराको प्रत्येक सच्चा मानवताको मुक्तिको पक्षधरले रूपचन्द्र विष्ट र स्वनाम साथीलाई खोज्ने र बुझ्ने सिलसिला पनि अवश्य अगाडि आउनेछ ।

मानिसलाई थाहा छ— मृत्यु स्वाभाविक वैज्ञानिक प्रक्रिया हो तर मानिसले कहिल्यै पनि मृत्युलाई सामयिक मान्न सकेन । जीवनको आनन्द र जीवितको सत्कर्मले नै मृत्युलाई सामयिक स्वीकार गर्न समाजलाई सधैँ गाह्रो हुँदै आयो । आजसम्म मारिएकाहरू वा मरेकाहरू सबै नै कसै न कसैका साथी थिए, स्वनाम साथी भने सबैभित्रको असल चीजको साथी थियो । उसको समीपमा एकाध पल बिताएका प्रत्येक मानिसले उसका निम्ति कम्तीमा एक कुरुवा आँसु बगाइदिन सक्छ तर ऊ भावुकताको व्यापारी थिएन । उसको सम्झनामा भावनात्मक उच्छवास भरिएका सयौँ पानाहरू पनि भरिँदै छन् आजभोलि तर ऊ भावनामाथि खेलबाड गरेर विजय रोज्ने खेलाडी थिएन । उसका निम्ति ‘महानता’ ठट्टाको विषय थियो, ‘त्याग’ निजी स्वार्थकै कालभैरवको भयानक अवतार अनि ‘योगदान’ चाहिँ ब्याजखोरको लालसा ।

साथीका निम्ति जीवन केवल एक सच्चा सरल साथी थियो । आफ्नो भागमा परेको दायित्व सधैँ पूरा गर्न तम्सिनु र प्राप्त चीजहरू सम्पूर्ण रूपमा भोग गर्नु नै जीवनको परिभाषा थियो । के त्यस्तो मानिसको सम्झना भावनामा बगेर आँसुमय बनाउनु सही होला ? मरेका मानिसका निम्ति उसको चर्चा शतप्रतिशत व्यर्थको कुरा हो । स्वनाम साथीकै तरिकामा मलाई पनि भन्न मन लाग्छ— मरेपछि मेरो लासलाई दुनियाँभरिको मानिसले थुके पनि वा लात्तीले गुल्ट्याए पनि केही फरक पर्दैन किनकि मेरो लास त म होइन । साथीको थोरै संगतले त यसरी सोच्न सिकाएको थियो भने उसकै बारेमा केवल भावनामा बगेर मात्र किन बोल्नु हामी साथीहरूले ?

चिसोका विरुद्ध ऊ सधैँ न्यानो त थियो तर आगोमय अनिष्टका विरुद्ध नाइनलझैं पग्लिने होइन, कपासजस्तै अटेरी दृढ थियो किनभने ऊ मूलतः सैद्धान्तिक मान्छे थियो । त्यसैले जरुरी छ— अपरिचित र नयाँ पुस्ताका निम्ति उसको सम्झना उसैले नै अँगालेको सिद्धन्तकै कसीमा घोटेर उसलाई बुझ्ने र बुझाउने कोसिस गर्नु । हो, उसको बारेमा यही सिलसिलाको सुरुआत नै सही हुनेछ । श्रमजीवी र मानवताको सच्चा साथी बन्न असाधारण रूपमा कठोर थियो स्वनाम साथी, तब त्यही उद्देश्यका निम्ति उसमाथि पनि कठोर हुनु नै साथी बन्ने सच्चा प्रयत्न ठहरिनेछ ।

विसं २०४६ को परिवर्तनपछि, पाटनढोकाको गोप्य कोठामा पहिलोपटक भेट हुँदा पञ्चायतकालमा पार्टीमा सुमन नामले चर्चित व्यक्ति त्यही मानिस थियो जसले, नागरिकता मैत्रेयी बुद्ध लामाको नाममा बनाएको थियो । इन्जिनियरिङको पढाइ छाडेर पूर्णकालीन राजनीतिक जीवनमा छिटो हाम्फाल्नु नै शंकाको विषय बनाएर अनावश्यक पार्टीबाट सताइएको मसँग हात मिलाउँदै उसले भनेको थियो, ‘तपाईंमाथि हामीले अन्याय गरेका छौं साथी, गल्ती भाछ ।’ जिल्लास्तरीय साधारण कार्यकर्ता म तर ऊ त्यति बेलाको तिलस्मी केन्द्रीय नेता तर उसलाई विनम्रतापूर्वक गल्तीमा माफी माग्न आउँथ्यो ।

जब हामीसँगै सुतेथ्यौँ, म रातभरि सुत्न सकिनँ किनभने ऊ निदाउँदा यसरी घुर्ने र श्वास फेर्ने गर्थ्यो कि डर लाग्थ्यो । अरू साथीबाट थाहा भयो कि साथी त मेरुदण्ड सुक्दै जाने अनि दमको रोगबाट ग्रस्त हो, डाक्टरहरूले अब बढीमा दस वर्षको आयु बाँकी छ भनेको पनि सात वर्ष भयो । त्यो बेला पाँच कम्युनिस्ट पार्टीबीच एकता भएर नेकपा (एकता केन्द्र) बनाउने माहोलमा ऊ गज्जबले प्रफुल्ल भएर सक्रिय थियो । उसबारेको उत्सुकतासँगै थाहा भयो— त्यो मान्छेको वास्तविक नागरिकताको नाम शशी शेरचन हो । उसको प्रेमिकासँग विछोड हुँदा कलंकीका राजथला साथीको घरमा रगतको टीका लगाइदिएर प्रेमिकालाई उसले बिदा गरेको थियो ।

धेरैलाई आज पनि राजनीतिक वृत्तमा मतलब छैन कि उसले पहिलोपटक इतिहासमा आफूभन्दा जात र औपचारिक डिग्रीमा धेरै पछि रहेका रूपलाल विश्वकर्मालाई कामको आधारमा २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन, नेपाल बनाउँदा नेता स्वीकार गरेको थियो । आज पनि पार्टीमा दलित कार्यकर्ताको नेतृत्व असम्भव लाग्ने अवस्था छ भने, चालीस वर्षअघि दलित नेतृत्वलाई स्वीकार गर्नु साथी सुमनको अकल्पनीय सामाजिक दिशाबोध थियो । आफ्नो ठोस सोचसहितको दिशाबोधबारे आफैँले कहिले जिकिर नगर्ने साथीको स्वभाव बुझ्न अझै कति समय लाग्ने हो भन्न गाह्रो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here