Home News कन्चनलाई भेट्न विराटनगरबाट सन्तोष सिधै आई*सियु कक्षमा, उपचारमा सहुलियत गरिदिन अस्प*ताल प्रमुखलाई...

कन्चनलाई भेट्न विराटनगरबाट सन्तोष सिधै आई*सियु कक्षमा, उपचारमा सहुलियत गरिदिन अस्प*ताल प्रमुखलाई अपिल

418
0

कन्चनलाई भेट्न विराटनगरबाट सन्तोष सिधै आई*सियु कक्षमा, उपचारमा सहुलियत गरिदिन अस्प*ताल प्रमुखलाई अपिल



याे समचार पनि पढ्नुहोस्

आज दुई तिहाइ मतले चुनाव जितेर पनि आफ्नै भुमरीमा परेका कमिनिस्ट नेताहरूमा सिद्धान्तको होइन, तिनका चरित्रको नै ठूलो भूमिका देख्ता ती शाहजीका कुरा फेरि सम्झिन्छु । मार्क्सवादी चिन्तन हुने यी दलहरूमा व्यक्ति कसरी महत्त्वपूर्ण मानिए, त्यो अध्ययन हुन बाँकी छ ।

तर अहिले नेपाली कमिनिस्टहरूको समस्या व्यक्ति, तिनका अहम्, तिनका चिन्ता वा अस्तित्ववादीहरूले भनेजस्तो तिनका आङ्ग्स्ट अनि तिनको तुष्टि मिलाउन गरिने उल्झनहरूमा देखिन्छ । जनताले चुनेको संसद्सँग खेलबाड गर्ने,आपसमा जुधिबस्ने तिनीहरूलाई एउटा सामन्ती धङ्धँगेले छोडेको छैन । अनि तिनमा धन र शक्तिउन्मादले बनिएको अनौठो बुर्जुवा चेतना विकास भएको छ । यसरी उदय भइरहेका कमिनिस्ट नेताहरूले आफ्नै वृत्तवरिपरि अरूलाई घुम्न बाध्य पारेको देख्ता लाग्छ, शाहजीले तिनलाई देखेका थिए । तर तीमध्ये कति जनामाथि शाहजीको विश्वास थियो ।

ब्रिटिस इतिहासकार जोन ह्वेल्पटनको जंगबहादुरको बेलायत यात्राको अंग्रेजी अनुवादको पाण्डुलिपि (जंगबहादुर इन युरोप, सहयोगी प्रेस १९८३) को भूमिका लेख्नका निम्ति शाहजीको घर कमलपोखरी जोनसँग जाँदादेखि मैले शाहजीलाई चिन्न थालेंँ । पछि म जोन र यिनको बीचको सेतुजस्तो भएँ । शाहजीसँग म नजिक भएँ जुन लगभग दुई दशकसम्म रह्यो । म एउटा पुस्ता नमिलेको, चाख पनि अलग भएको, एक साहित्य लेख्ने मानिसको यी शाहजीसँग कसरी सम्बन्ध भयो र कसरी यिनको मित्र भएँ, त्यो पनि एउटा नाटकजस्तै छ । आफैंले लेखेको कुनै नाटक जुन बीचबाट आरम्भ हुन्छ र राम्रो निष्कर्ष ननिकाली मञ्चमा सकिन्छ । आज त्यो परिचयको सञ्जोग र तिनका एकाध अन्तरङ्ग कुराहरू आफ्नो संस्मरणबाट सुनाउन यो छोटो लेख लेखिरहेको हुँ ।

शाहजीले मलाई किन सधैं नजिकै रहोस् भनेर चाहे ? यो प्रश्नको उत्तर लगभग यस्तो हुन सक्छ । शाहजी धाराप्रवाह बोलिरहने अनि धेरै पढ्ने र त्यो कुरा सुनाउन चाहने मानिस थिए । कमै मानिससँग उनका कुरा सुन्ने समय र धैर्य हुन्थ्यो क्यारे । तर शाहजीलाई सम्मान गर्थे ती । मलाई भने यी मानिस अत्यन्त वाचाल, र चाखलाग्दा पात्र लाग्थे । यी भाषामा समय, राजनीति, व्यक्ति र घटनाका चित्रहरू निकालिरहन्थे । म उनलाई जसरी पनि प्रश्नहरू सोध्न भ्याउँथेँ । ती कहिल्यै गंभीर भएर बस्तैनथे । बिन्दु र म हाम्रो घरमा मित्रहरूको जमघट गराउँथ्यौं, जसमा नेपाली र विदेशी, खासगरी ब्रिटिस मित्रहरू हुन्थे । पछि त्यस्तो जमघट नहुँदा पनि शाहजी फोन गरेर हामीसँग खाना खान आउँथे । उनका निम्ति ह्विस्कीको व्यवस्था गर्थ्यौं ।

शाहजीको कमिनिस्ट नेतामोह एउटा निकै ठूलै विषय थियो । ती कमिनिस्टका पनि खास खास नेताहरूलाई बढी प्रेम गर्थे । बाबुराम भट्टराईलाई सबैभन्दा धेरै स्नेह गर्थे ती । यस्तो लाग्थ्यो मानौं ती बाबुरामलाई पुत्रवत् माया गर्थे । केही राजनीतिक विश्लेषण गरेको बेला ती बाबुरामको प्रसङ्ग ल्याउँथे । शाहजीका निम्ति बाबुराम माओवादीका पर्याय थिए । शान्त कालका बाबुराम, माओबादी भूमिगत बाबुराम, शाहजीका बोलीमा अनेकौं अवतार लिएर आउँथे । शाहजीलाई बाबुरामसँगको यो सम्बन्धको कारणले सायद माओवादीसँगको कहीँ गोप्य वार्तामा मैले बुझेअनुसार केही मानिसहरूका साथ पठाइएको थियो । यसबारे शाहजीले मलाई धाराप्रवाह बोल्दा केही सुनाएका थिए ।

नेपाली इतिहासकार जोन ह्वेल्पटन नेताहरूसँग भेटेर अन्तर्वार्ता गर्ने काम गरिरहेका थिए । शाहजीले भने, ‘म तपाईंलाई नेपालका महत्त्वपूर्ण कमिनिस्ट नेताहरूसँग भेटाइदिन्छु, मेरो घरमा ।’ जोन, उनकी हङकङ निवासी श्रीमती रीता, म र बिन्दु पनि गयौं । त्यहाँ शाहजीले माधव नेपाल, बाबुराम भट्टराई, सीपी मैनाली र नारायणमान बिजुक्छेलाई बोलाएका रहेछन् । शाहजीको बैठक, नाटकीय थियो । उनका छोराले सिकार गरेको ठूलो कति हाते बाघको छाला पस्नेबित्तिकै देखिन्थ्यो । दराज, भुइँं र वरपर किताबहरू थिए । भित्तामा शाहजीको कूटनीतिक जीवन झल्काउने फोटा थिए । सन् १९६१ मा कङ्गोमा दुर्घटना भई मरेका राष्ट्रसंघका महामन्त्री ड्याग ह्यामर्सोल्डको खोज गर्ने राष्ट्रसंघको कमिसनमा गएको बेलाको र अरू चित्रहरू शाहजीको बैठकका भित्तामा थिए ।

चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसँग कुरा गरिरहेको शाहजीको एउटा ठूलो फोटो थियो जुन देखेर रीता धेरै उत्तेजित भएकी थिइन् । ती शाहजीकोमा आएका कमिनिस्ट नेताहरूका कायापलट भएका छन् । माधव नेपाल उनको र प्रचण्ड समूहको नेपाल कमिनिस्ट पार्टीका बरिष्ठ अध्यक्ष छन् । बिजुक्छे लगभग रिटायर्ड छन् । बाबुराम अनेकौं अवतार लिँदै अहिले जनता समाजवादी दलका शीर्षस्थ नेता छन् । सीपी मैनालीको नाम सुनिँदैन । इतिहासकार जोन ह्वेल्पटन अहिले त्यो बेला बाबुराम र अरू केही नेतासँग अन्तर्वार्ता नगरेकोमा पछुतो गर्छन् ।

अर्को एउटा प्रसंग छ । यो ४ असोज २०५३ मा महाकाली सन्धि संसद्को दुईतिहाइ मतले पारित गरेको एकाध दिन पहिलेको घटना थियो । शाहजीले फोन गरेर भने, ‘महाकालीको यिनीहरूले भारतसँग असमान सन्धि गर्दै छन् । म कम से कम यो कुरा भोलि संसद्मा उठाउन लगाउँछु । बज्र होटलमा तपाईं र बिन्दु डिनरका निम्ति आउनुहोला ।’ हामीले सोच्यौं शाहजीले पक्कै कमिनिस्ट नेताहरू नै बोलाएका होलान् । तर त्यहाँ नारायणमान बिजुक्छे मात्रै थिए । शाहजीले नक्साका कपीहरू ल्याएका रहेछन् । बिजुक्छेलाई उनले ती नक्सा सबै व्याख्या गरे । नक्सा चलाउँदा शाहजीका औंला धेरै कामेका थिए । लाग्थ्यो नक्सा छाम्दै ती कुनै पीडाका तरंगहरूमाथि औंला कुदाइरहेका थिए ।

बिजुक्छेले भोलिपल्ट दन्दनाएर संसद्मा बोले । शाहजी खुसी थिए । ‘बलियोसँग प्रस्तुत गरे बिजुक्छेले’, उनले भने । शाहजीले एक इतिहासकारको कर्तव्य निर्वाह गरेका थिए । यी आफ्नै शैलीका कमिनिस्ट बिजुक्छे तिनका संवाहक र मित्र थिए । मैले सोधेँ, ‘शाहजी चल्तापुर्जा अरू नेताहरू पनि छन् । तिनलाई किन बोलाउनुभएन ?’ शाहजीले भने, मलाई विश्वास लागेका पात्र यी बिजुक्छे मात्रै हुन् । यी इमानदार छन् । शाहजीबारे मलाई अर्को जटिलता थपियो । तर तिनको चिन्ता र काम देखेर श्रद्धा लाग्यो । राजनीति त सबैका आफ्ना आफ्नै छन् । अहिले पनि नेपालका कमिनिस्ट नेताहरू भारतसँगको सम्बन्ध र सम्झौतालाई आफ्नो शक्तिमा आउने–नआउने जोखाना मिलाएर प्रयोग गर्छन् । त्यो क्रम जारी छ ।

अर्को प्रसंगमा, मनमोहन अधिकारीको २०५६ मा मृत्यु भयो । उनको समाधि श्रद्धाञ्जलीका निम्ति खुलामञ्चमा राखिको थियो । शाहजीको फोनअनुसार मण्डला बुकमा भेटेर सँगै श्रद्धाञ्जली चढाउन गयौं । फर्किएर रत्नपार्कमा पुगेपछि एक्कासि हातको लौरो आकाशतिर उठाएर शाहजी बाघजस्तो क्वाँ गरेर रोए । मैले सोधेँ, ‘शाहजी जो मानिससँग चुनावमा त्यसरी हार्नुभयो, अहिले किन रुनुभयो ?’ उनको उत्तर थियो, ‘नेपाली राजनीतिमा अन्तिम इमानदार नेता गयो ।’ म शब्दहीन र भावुक भएँ । बुझेँ, मनमोहन उनका अर्का कमिनिस्ट नेता रहेछन् ।

मैले शाहजीलाई अन्तिमपटक २०५९ मा मण्डला बुक प्वाइन्टमा भेटेँ । ती धेरै कमजोर देखिए । उनले एउटा किताब लिए तर तिर्न उनका खल्तीमा पैसा रहेनछन् । उनले आफ्ना हात मानौं राजा तारकबहादुर शाहका छोराको खल्तीमा हाले । त्यहाँबाट एउटा सुनको असर्फी निस्क्यो । शाहजीले त्यो असर्फी माधवलाल महर्जनतिर बढाए । माधवले लिन मानेनन्, पछि लिउँला भने । पछि मैले २०५९ को अमुक दिनमा तेह्रथुममा शाहजीको मृत्यु भएको समाचर सुनेँ । तिनको सम्झनाको चक्रवात उठ्यो । मेरो हातमा शाहजीले मनमोहनको शोकमा रुँदा उठाएको जस्तो लौरो थिएन । तर शाहजीले सिकाएका थिए, लोकले के भन्छन् कि भनेर रोइँदैन । ती सबै कुराबाट मुक्त हुने रुन्छ । शाहजी आत्मनिर्णय गर्ने स्वतन्त्र मानिस थिए । म शिर ठाडो गरेर भक्कानिएँ । बुझें, शाहजीबाट सिकेको त्यो मेरो स्वतन्त्रताको सामर्थ्य थियो ।

अहिले तिनले मोह गरेका कमिनिस्ट नेताहरू ठूला शक्तिका उथलपुथलपछि अर्कै भएका छन् । कमिनिस्ट राजनीति केही व्यक्तिहरूवरिपरि घुम्दै छ । तर गन्तव्य प्रस्ट छैन । शाहजी एक अराजक शैलीका चिन्तक थिए । तीे इतिहासलाई काव्यजस्तो गरेर हेर्थे र लेख्थे । ती नेपाली इतिहासका पात्रहरूलाई जीवन्त ठान्थे । शाहजी सायद कमिनिस्टहरूलाई इतिहास चलायमान गराउन सक्ने मानिस भनेर मान्थे, जसको स्रोतबारे मेरा आफ्ना विश्लेषण छन् । आज शाहजी बाँचेका भए तिनका कमिनिस्ट पात्रहरू कस्तो इतिहास बनाउँदै छन् र कसरी लोकतन्त्रलाई कमजोर बनाउँदै छन् भनेर देख्ने थिए । त्यो देखेर शाहजीले उनले मानेका कमिनिस्टहरूबारे कस्ता धारणा बनाउने थिए होला भन्ने सानो कौतूहलको झोंका अनुभव गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here