Home News ३ करोड नेपालीको बेइज्जत गर्ने,भारतिय पत्रकार सुधिर चौधरी जे*लमा! Ramesh Prasai ft.Sudhir...

३ करोड नेपालीको बेइज्जत गर्ने,भारतिय पत्रकार सुधिर चौधरी जे*लमा! Ramesh Prasai ft.Sudhir Chaudhary

151
0

३ करोड नेपालीको बेइज्जत गर्ने,भारतिय पत्रकार सुधिर चौधरी जे*लमा! Ramesh Prasai ft.Sudhir Chaudhary



याे समचार पनि पढ्नुहोस्
प्रसंग एक : म एक साथीसँग भिडियो कल गर्दै भाँडा माझ्दै थिएँ । भाँडा मोल्ने सिंकअगाडि अड्याइएको मोबाइल फोनमा भुइँ सफा गर्दै गरेको मेरो छोरो पनि प्रस्टसँग देखिइरहेको थियो ।

उसैतर्फ संकेत गर्दै साथीले भनी, ‘छोरालाई कति काम लगाउँछे होउ यो ! त्यो पनि किचनको ! आफ्नी त छोरी भएर पनि किचनको काम लगाउँदिनँ म । माया पो लाग्छ ।’ मैले भनें, ‘मैले चाहिँ माया नगरेरै, उसको उमेरले थेग्न नसक्ने काम लगाएकी हुँ त ?’
‘त्यस्तो होइन होउ ! छोरामान्छे भएर भान्साको काम गरेको सुहाएन ।’ ऊ फेरि बोली, ‘छोरी भए त तै अथवा !’

‘छोराछोरी भनेर छुट्याएर नबोल् । बरु आफ्नी छोरीलाई पनि घरायसी काम लगाउने गर् । अहिले पो हाम्रो साथमा छन्, भोलि पढ्न वा जागिर खान बाहिर गए र किचनको कामै गर्न जानेनन् भने उनीहरूलाई कति अप्ठ्यारो पर्छ ?’ म यति बोलिसक्दा ऊ केही सोचमा परेझैं लाग्यो, तर कुरा मोडिहाली ।

प्रसंग दुई : लकडाउनका बेला म घरनजिकै एक आफन्तकहाँ गएकी थिएँ, जहाँ कलेज पढ्दै गरेका दाजुबहिनी छन् । म पुगेपछि बहिनीले चिया पकाएर ल्याइन् । चिया मीठो रहेछ भनेर मैले प्रशंसा गर्दा, छेउमै बस्नुभएकी आमाले भन्नुभयो, ‘अब छोरीमान्छे भएपछि चिया पनि मीठो पकाउन नआएर हुन्छ त ? कलेज पढ्ने भइसकी ।’ दाइ चाहिँ मोबाइल चलाएर बसिरहेको थियो । उसलाई सायद मीठो चिया पकाउनु पनि थिएन र त्यहाँ भइरहेको गफको पनि वास्ता थिएन । किनभने परिवारका सदस्य नै छोरीले मात्र मीठो पकाउनुपर्छ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो ।

प्रसंग तीन : केही दिनअगाडि म छतमा घाम ताप्दै बसिरहेकी थिएँ । पल्लो घरकी आन्टी पनि उहाँको छतमा हुनुहुन्थ्यो, मसँग गफ पनि गर्दै हुनुहुन्थ्यो । त्यही बेला मेरो छोराले वासिङ मेसिनबाट झिकेर लुगा सुकाउन ल्यायो । त्यो देखेर आन्टी बोलिहाल्नुभयो, ‘यो बाबु त कस्तो छोरीले जस्तै काम गर्छ होउ !’

प्रसंग चार : एक आफन्त आफ्ना छोराछारी लिएर हाम्रो घर आउनुभएको थियो । मेरा छोराहरू र उनीहरू कम्प्युटर खोलेर युट्युबमा केही हेर्दै हाँस्दै थिए । केही बेरपछि उनीहरू उच्च स्वरमा हाँसे । ‘के हेरेर यस्तो हाँसेका हँ यिनीहरू ?’ मैले यति बोल्दाबोल्दै उहाँ त जुरुक्क उठ्नुभयो र छोरीलाई समातेर कराउनुभयो, ‘छोरीमान्छे भएर कस्तो हाँसेकी ?’ हाँसेका त चारै जना थिए तर खप्की छोरीले मात्र खाइन् । छोराहरू पनि हाँसेका थिए, गाली नै गर्नुपरे सबैलाई गरेको भए हुन्थ्यो ।

माथिका जस्तै उदाहरणहरू हाम्रो समाजमा प्रायः देख्न/सुन्न पाइराखिन्छन् । छोरो भएर पनि भान्साको काम गर्ने, छोरी भएर यति पनि नजान्ने, छोरी भएर जहाँ मन लाग्यो त्यहाँ जाने … । यस्ता कुरा सुन्दा हाम्रा छोराछेरीले चाहिँ के सोच्दा हुन् ? मेरी साथी र छिमेकी आन्टीका कुरा सुनेको मेरो छोरालाई घरको काम गर्दा कस्तो अनुभूति होला ?

‘छोरा र छोरीमा भेदभाव हटाऔं’ भन्दै करिब दुई दशकअगाडि रेडियोमा विज्ञापन बज्ने गर्थ्यो । त्यो बेला घरबाहिरको काम वा ट्युसन सकेर वा जेसुकै गरेर होस्, मलाई स्कुल जान हतार हुँदा आमाले पकाएको खाना उहाँले पस्किन नभ्याउँदा दाजुले कहिल्यै पस्केरसम्म दिनुभएन । अरू सबै कुरामा हामी दाजु–बहिनीमा समान व्यवहार थियो तर भान्सामा खानै पस्किनचाहिँ दाजु कहिल्यै पस्नुभएन ।

‘छोराछोरी बराबरी’ भन्ने विज्ञापन अचेल रेडियो, टेलिभिजनमा सुन्न पाइन्न; नारा पनि सुन्न पाइन्न । पढाइलेखाइदेखि लिएर जागिर खान, देश–विदेश गर्नमा छोराछोरी बराबरी नै छन् । उच्च ओहदामा धेरै महिला पुग्न सफल भइसकेका छन् । यति हुँदाहुँदै पनि हाम्रो परम्परागत सोचका कारण छोरीहरूले बढी जिम्मेवारी थेग्नुपरेकै छ । छोराले घरायसी काम गर्दा समाज नै अचम्ममा पर्छ । श्रीमान्–श्रीमती कार्यालयबाट सँगै घर आउँछन् तर भान्सामा श्रीमान् छिर्‍यो र श्रीमती बसिन् भने घरकै मान्छेले ओठ लेप्र्याउँछन् । स्कुल–कलेज पढ्ने छोरीहरूको पनि उही हालत छ । बुबाआमा जागिर खाने घरका छोराछोरीमा स्कुल–कलेजबाट आएर खाजा बनाउने जिम्मा प्रायः छोरीकै हुन्छ ।

यसबाट पुष्टि हुन्छ– हाम्रो समाजमा छोरा र छोरी अझै बराबर मानिएका छैनन् । हामीले अब त आफ्ना नानीबाबुहरूलाई बाहिर र भित्रका समान कामहरू दिएर समान व्यवहार गर्नुपर्ने होइन ताकि छोराहरूले पनि भोलिका दिनमा बाहिर हिँड्दा छोरीहरूले झैं सबै सम्हाल्न सकून् ? तब न छोराछोरी बराबरी !
yamunaadhikari127@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here