Home News Exclusive:म कन्चनलाई अझै पनि माया गर्छु” सन्तोषसंग प्रेम स्विकारिन कन्चनको हालत देखेर...

Exclusive:म कन्चनलाई अझै पनि माया गर्छु” सन्तोषसंग प्रेम स्विकारिन कन्चनको हालत देखेर आँसु रोकिएन

300
0

Exclusive:”म कन्चनलाई अझै पनि माया गर्छु” सन्तोषसंग प्रेम स्विकारिन कन्चनको हालत देखेर आँसु रोकिएन



याे समचार पनि पढ्नुहोस्

त्यसको दुई वर्षपछि तारकले आफ्नो स्कूललाई पर्याप्त खेल मैदान सहितको विशाल भवनमा सार्‍यो र भव्य रूप दियो । जति धेरै तामझाम र जति बढी महँगो भयो, उति स्तरीय स्कूल मान्ने अभिभावकहरूको मनोविज्ञान उसले राम्ररी बुझेको थियो । अब उसले फीस पनि झन्डै दोब्बर बनायो र तामझाम पनि बेपत्ता बढायो ।

पहिलो कक्षादेखि नै कम्प्युटर, लाइब्रेरी, स्विमिङ, घोडचढी, निशानाबाजी, भर्चुअल ड्राइभिङ, हाइकिङ, जिम्नास्टिक, योगा, ध्यान, मेला, पिकनिक, डान्स, म्युजिक, आर्ट, प्रोजेक्ट आदिका नाममा अतिरिक्त पैसा असुल्न थाल्यो । हप्तामा तीन किसिमको ड्रेस तोकिएको थियो । सबैखाले ड्रेस, जुत्ता, टाई, बेल्ट, पाठ्यपुस्तक र सम्पूर्ण शैक्षिक सामग्री स्कूलमै किन्नुपर्थ्यो । स्कूलको नाम चलेकै थियो, तामझाम थपिएपछि विद्यार्थी ह्वात्तै बढे । पहिलो वर्षमै पाँच हजार भर्ना भए ।

शिवहरि भन्दा विश्वासिलो अरू कोही हुन सक्तैनथ्यो, त्यसैले तारकले उसलाई स्कूलको इन्चार्ज बनायो । महीनामा एउटा विद्यार्थी बराबर कम्तीमा दश हजार रुपैयाँ उठेकै हुनुपर्छ भन्ने उसको निर्देशन थियो । ‘जति हजार विद्यार्थी, उति करोड’ त उसको थेगो नै थियो । उठेको पैसाको तीन खण्डमा एक खण्डले स्कूल चलाउने र दुई खण्ड आम्दानी निकाल्ने उसको लक्ष्य थियो । स्कूल नयाँ भवनमा सरेको पहिलो वर्षमै उसले ३५ करोड आफ्नो गोजीमा हाल्यो । अर्को वर्ष शिवहरिका लागि पनि घर र गाडीको बन्दोबस्त गरिदियो ।

केही वर्षपछि तारकले अरू स्कूल ठेक्कामा चलाउन थाल्यो । राजधानी र बाहिर समेत उसका १६ वटा स्कूल सञ्चालन हुन थाले । वार्षिक आम्दानी अर्ब नाघ्न थालेपछि उसले अन्य व्यवसायमा हात हाल्यो । होटल, रिसोर्ट, हाउजिङ र जलविद्युत्मा लगानी गर्‍यो । व्यापारिक कम्प्लेक्सहरू खरीद गर्‍यो । राजधानीमा सयौं रोपनी र देशभर हजारौं बिघा जग्गा किन्यो । ठूला निजी विद्यालय चलाउने अरूहरू पनि यस्तै धन्दामा लागेका थिए । उनीहरूसँग मिलेर निजी विद्यालयहरूको संगठन खडा गर्‍यो र आफू त्यसको अध्यक्ष बन्यो ।

यसैबीच शिक्षाको व्यापार विरुद्ध आवाज उठ्न थाल्यो । ‘क्रान्तिकारी’ नेताहरू निजी स्कूल बन्द गराउने नारा दिन थाले । तारकले संगठनका साथीहरूलाई बोलाएर भन्यो, ‘हामीले पैसा कमाएको यिनीहरूलाई डाहा लागेको छ । अहिलेसम्म त चन्दा दिएर मुखबुजो लगायौं, तर सधैं चन्दा दिन सकिंदैन । यिनको पाइन झार्ने उपाय मैले जानेको छु ।’

उसको उपायले काम गर्‍यो र केही वर्षभित्रै क्रान्तिकारीहरूको आवाज बन्द भयो । चर्का कुरा गर्ने नेताहरूले आफन्तका नाममा निजी स्कूल चलाउन थालेका थिए । कसैले एउटा–दुइटा त कसैले आठ–दशवटासम्म । अधिकांश सांसदले निजी स्कूलमा लगानी गरेका थिए । तारक ती सबैको नेता भएको थियो, उनीहरू ‘सर, सर’ भन्दै उसको पछि लाग्न थालेका थिए ।

राज्यले भने सबैलाई विद्यालय शिक्षा निःशुल्क दिने भनेर उहिल्यै बाचा गरिसकेको थियो । त्यसैले क्रान्तिकारी र प्रगतिशीलहरूको मुखमा दही जमे पनि शिक्षाको व्यापार रोकिनुपर्छ भन्ने आवाज बन्द भएन । टाउकामाथि तरबार झुन्डिरहेको देखेर एक दिन तारकले संगठनका टाउकेहरूको विशेष बैठक बोलायो र भन्यो, ‘सधैं अरूलाई गुहारेर भएन । अब हामी आफैं संसदमा जानुपर्छ र हामीले चाहेजस्तो कानून बनाउनुपर्छ । नत्र एक दिन हाम्रो व्यापार बन्द हुने कानून बन्छ र हामी बर्बाद हुन्छौं ।’

‘यति गर्न सके त पूरै शिक्षा व्यवस्था नै हाम्रो कब्जामा आइहाल्छ नि,’ घुटुक्क थूक निल्दै उपाध्यक्षले जिज्ञासा राख्यो, ‘तर संसदमा जाने पो कसरी ?’

‘त्यसको उपाय मसित छ । सब पैसाको खेल हो । हाम्रो आधा महीनाको नाफा मात्र छुट्याउने हो भने पूरै महाभारत जितिन्छ,’ ऊ कोषाध्यक्षतिर फर्क्यो, ‘भन्नोस् त कति हुन्छ ?’‘संगठनमा आबद्ध स्कूलहरूमा २२ लाख विद्यार्थी पढ्छन्, जसबाट महीनाको २० अर्ब जति उठ्छ,’ कोषाध्यक्षले बतायो, ‘जति खर्च कटाए पनि शुद्ध नाफा मात्र दश अर्ब नाघ्छ ।’

‘मैले त्यसैको आधा भनेको,’ तारकले व्याख्या गर्‍यो, ‘यति पैसा भएपछि हामी चारै जना चुनावै नलडी चारवटै ठूला पार्टीका सांसद बन्न सक्छौं । कुन पार्टीको कुन नेता कत्रो सूटकेसमा अटाउँछ, त्यो मलाई थाहा छ । बाँकी पैसा संसदमा चलखेल गर्न र कर्मचारी सेटिङ गर्न काम लाग्छ । तालमाल मिले शिक्षामन्त्री नै बनौंला !’

‘त्यसो भए एक महीना टाइम दिनोस्, म पैसा उठाइदिन्छु,’ महासचिवले जोशमा आएर टेबुलमा मुड्की ठोक्यो ।

नभन्दै केही महीना पछि चारै जना चारवटा ठूला पार्टीका सांसद बने । तिनीहरूसँग राय बझाउन कुनै सांसद अघि सर्दैनथ्यो, किनभने गाह्रो साँघुरो पर्दा तिनैले खर्चबर्च सहयोग गर्थे । हप्ता–पन्ध्र दिनमा तिनैले पार्टी खुवाउँथे । शिक्षा सम्बन्धी संसदको कुनै पनि टोली, भ्रमण र समितिमा तिनीहरूलाई छुटाइँदैनथ्यो । आफ्ना लागि आफूले मात्र कानून बनाउने मौका त तिनलाई जुरेन, तर आफ्ना लागि प्र्रतिकूल हुने कानून पनि तिनले बन्न दिएनन् ।

सबै कुरा ठीकठाक चल्दै थियो । शिक्षा भनेको नाफा कमाउने व्यवसाय हो र स्तरीय शिक्षा महँगै हुनुपर्छ भन्ने कुरा उनीहरू सांसदहरूलाई सिकाइरहेकै थिए । विद्यालय शिक्षा निःशुल्क दिन्छु भन्ने बाचा राज्यले बिर्सिरहेकै थियो । स्कूलको फी झन् झन् महँगो बनाउँदै लैजान निजी स्कूलहरू लागिपरेकै थिए । आफ्नो तलबको आधा हिस्सा बच्चाको स्कूलमा आमाबाबुहरू खुरुखुरु बुझाइरहेकै थिए ।

यहीबीच सरकारले शिक्षालाई कसरी अघि बढाउने भनेर एउटा कार्यदल गठन गर्‍यो, जसमा यिनीहरू थिएनन्, न यिनका मान्छे नै थिए । कार्यदलले छ महीना जति अध्ययन गरेर, राज्यको बाचा सम्झाउँदै सरकारलाई सुझाव दियो, ‘शिक्षा भनेको व्यापार होइन । निजी स्कूलहरूलाई पनि नाफा लिन नपाउने बनाउनुपर्छ ।’

अब तारकको निद्रा हरायो । सरकारले कार्यदलका कुरा पत्यायो र साँच्चै नाफा लिन नपाउने कानून ल्याइदियो भने शिक्षाको व्यापार चौपट भएन ? संकटको त्यो घडीमा उसले त्यही अस्त्र प्रयोग गर्‍यो, जुन अस्त्र सांसद बन्न प्रयोग गरेको थियो । फरक कति मात्र थियो भने यसपालि त्यसको आकार सूटकेसको जस्तो नभएर पुटुक्क पेट उक्सेको लिफाफाको जस्तो थियो ।

तीन महीना केही चालचुल भएन । चौथो महीना एक्कासि मन्त्रालयमा कार्यदलको प्रतिवेदन हराएको हल्ला चल्यो । एक दर्जन कर्मचारीको बयान लिइयो र दुई दर्जन कर्मचारीले तीन हप्तासम्म मन्त्रालयका कुना–काप्चा नछोडी चार–पाँच पटकसम्म धुइँपत्ताल खोजी गरे, तर प्रतिवेदन कहीं फेला परेन । अन्ततः सरकारले प्रतिवेदन हराएकोमा गम्भीर दुःख व्यक्त गर्दै सार्वजनिक सूचना जारी गर्‍यो । अर्को दिन कार्यदलका सदस्यहरूले आफूसँग रहेको प्रतिवेदनको प्रति सार्वजनिक गरे । सरकारले त्यसलाई अनधिकृत लेखोटको संज्ञा दिंदै यस्तो अमर्यादित कार्य नगर्न कडा चेतावनी दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here