Home News विदेशबाटै अनलाइन मार्फत पुन: श्रम स्वीकृति कसरी गर्ने ? (भिडियो)

विदेशबाटै अनलाइन मार्फत पुन: श्रम स्वीकृति कसरी गर्ने ? (भिडियो)

134
0

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् ।




बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता थियो ।

अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले गत साता देखी यो प्रणाली सुरु गरिसकेको छ ।

यी छ कागजात आवश्यक:-
१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि
२. राहदानीको प्रतिलिपि
३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा
४. रोजगार करारपत्र
५. जीवन बिमा
६. कल्याणकारी कोषमा रकम भुक्तानी

पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन ।
अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ ।

विदेशबाटै अनलाइन मार्फत पुन: श्रम-स्वीकृति गर्ने सम्पूर्ण तरिका, प्रकृया र समाधान भिडियोमा हेर्नुहोस…

याे समचार पनि पढ्नुहोस्

मानिस आफूलाई होइन, अरूलाई चिन्न अभ्यस्त छ। त्यसैले हरसमय अरूसँग आफूलाई तुलना गर्छ; प्रतिस्पर्धी बनेर जुध्छ; दुस्मनी साँधेर पीडा र अशान्तमा छट्पटिन्छ र सुख र आनन्दबाट आफैं टाढा भाग्छ। उसले अपनाएका यी र यस्तै शैलीबाट आफ्नो स्वास्थ्य, सम्पत्ति, सम्बन्ध र संसार गुमाउँदै जान्छ। उसको भ्रम उसैले त तोड्न सक्दैन नै; अरूले भनेका सही कुरा पनि पत्याउँदैन र पछि परिरहन्छ।

जब ठेस लाग्छ तब मात्र चेत्छ तर चेत आउँदासम्म समयले नेटो काटिसक्छ। धेरै कुरा बिग्रिसकेको हुन्छ। ऊ सम्हाल्न थाल्छ; बिग्रिएकोलाई बनाउन थाल्छ र टुटेकोलाई जोड्न थाल्छ तर उसलाई सबै कुराले बिदा दिने बेला आइसकेको हुन्छ। यतिबेला एउटा उखान सान्दर्भिक हुन्छ– मर्ने बेलामा हरियो काँक्रो।

हामी जीवनको एकतिहाइ उमेर शिक्षा ग्रहण गर्नमा खर्चिन्छौं तर ती सारा शिक्षाले पनि मानिसलाई आफैंलाई चिन्ने र आफूभित्र डुब्ने कला सिकाउँदैन। केवल सिद्धान्त जानेको मान्छे व्यावहारिक हुन पुनः वर्षौंको अनुभव लिन बाध्य हुन्छ। विडम्बना यही छ, गल्ती यतै कहीं भएको छ। आफू (जीवन) लाई नचिन्नेले जगत् चिन्ने कुरै भएन। शिक्षालाई दीक्षामा रूपान्तरण गर्दैन र ऊ सधैं अधकल्चो जीवन बिताइरहन्छ। सुखको खोजीमा दुःखी भइरहन्छ। शान्तिको खोजीमा आन्तरिक एवं बाह्य द्वन्द्वमा फसिरहन्छ। सधैं अरूबाट खोजिरहन्छ; लिइरहन्छ र आफू रित्तो बनेर मागिरहन्छ किनकि दिन जान्दैन र दिनुपर्छ भन्ने भावसमेत पलाउँदैन उसमा। दिँदा पाइन्छ भन्ने चुरो कुरो नबुझेरै कहिल्यै दिने हैसियत राख्दैन। लिनेलाई के थाहा दिनेहरूको संसार कति पवित्र, कति उत्कृष्ट अनि कति भव्य छ भनेर ?

मानिसको जीवन रहस्मय छ, ऊ बाँचेको जगत् पनि। यो सृष्टि र यसको सञ्चालन पनि झनै रहस्यमय छ। जसले जीवन र जगत् छिचोल्न सक्छ, उसैले हो जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्ने पनि। त्यसैले जीवन र जगत्लाई हरेक आयामबाट सूक्ष्म विश्लेषण गर्न जरुरी छ। यसको एउटा र मुख्य आधार भनेको योग र ध्यान हो। धेरैलाई भ्रम छ– ठूलो कुरो पाउन ठूलै चिज खोज्नुपर्छ; लाखौं–करोडौं खर्च गर्नुपर्छ। तर सानोबाटै ठूलो कुरो पाइन्छ र थोरैबाट धेरै पाइन्छ भन्ने त मानिसले प्रयोगमा ल्याएपछि मात्र प्रमाणित हुन्छ र बुझ्छ। त्यो हो– योग र ध्यान।

योग र ध्यानभित्रै छ– सुख, शान्ति र समृद्धिको विशाल संसार। यो प्राप्ति गर्न न धनराशि खर्च गर्नुपर्छ न त धनराशि गरेर स्वास्थ्य बचाउन खरिद गरिने औषधिको जस्तो यसको कुनै साइड इफेक्ट। योग कुनै धर्म होइन, विज्ञान हो। आम मानिसको बुझाइ यसरी भएको पाइँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here