Home News पाकिस्तान पुगेर नेपाली टोलीले रचे इतिहास, नेपालको नाममा नयाँ विश्व रेकर्ड कायम...

पाकिस्तान पुगेर नेपाली टोलीले रचे इतिहास, नेपालको नाममा नयाँ विश्व रेकर्ड कायम (सम्मान स्वरुप सेयर गराै)

710
0

खुन’खार K2 Mountain मा नेपालीको बिजय,राखे कसैले नतोड्ने रेकर्ड, unbreakable world record by Nepali



याे समचार पनि पढ्नुहोस्

पृथ्वीनारायणको त्यही विम्बको भद्दा नक्कल गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई वर्षअघि चन्द्रागिरिमा पुगेर उपत्यकाका सहरहरूतिर हेर्दै जुँगा मुसारिरहेको दृश्य टेलिभिजनका पर्दामा देखिएको थियो । ओलीलाई पृथ्वीनारायणपछिको राष्ट्रवादी भनेर उचाल्ने, नभए महेन्द्रसँग त हल मिल्ने राष्ट्रवादी हौ नि भनेर उचाल्ने खानदानी राष्ट्रवादी पेसाकर्मीहरूको कमी छैन ।

उसो त ओलीमा महेन्द्रीय पञ्चायतको भूत यति विघ्न सवार छ, उनी आफैं धेरैजसो कम्युनिस्ट नामको पार्टी चलाइबस्ने मानिस हुन् कि महेन्द्रका उत्तराधिकारी भन्ने रनभुल्लमा परेको देखिन्छ ।

महेन्द्रका रक्तीय उत्तराधिकारीले मनोमानीपूर्ण व्यवस्थाको जाँतोमा मानिसको स्वतन्त्रतालाई पिँध्न सकिन्न भनी बाटो छाडेर किनारा लागेको बेला ओली भने महेन्द्रको वैचारिक उत्तराधिकारी बन्दै मनोमानीको बाटोमा अग्रसर देखिन्छन् । उनको वफादार मण्डली र मण्डलीका अर्दलीहरूमा महेन्द्रमालालाई आदर्श मान्ने र कम्युनिस्ट घोषणापत्रका सर्जक कार्ल मार्क्सलाई इतिहासको सबैभन्दा ठूलो अपराधी भन्दै हिँड्नेहरूको हालीमुहाली हुनु संयोग मात्रै हुन सक्दैन ।

तिनै महेन्द्रीय चेतनाका उत्तराधिकारी बन्न लालायित ओलीले कम्युनिस्ट पार्टीको नाममा दुईतिहाइजस्तो मत ल्याएर प्रधानमन्त्री बन्नासाथ लोकतन्त्रको आधारभूत अभ्यासअन्तर्गत शासकीय शक्तिको विकेन्द्रीकरणको मर्ममाथि हमला गर्दै खुफिया प्रहरीको कमान्ड, सम्पत्ति शुद्धीकरणजस्ता विभागहरू आफ्नो नियन्त्रणमा लिएर अरूलाई तर्साउने बाटो अख्तियार गरेका थिए । असहमत राजनीतिक दलमाथि प्रतिबन्धको गैरलोकतान्त्रिक तरबार उज्याएर उनले फरकमतमाथिको आफ्नो निर्दिष्ट चरित्रको उद्घाटन गरेका थिए ।

कुनै पनि व्यक्ति, संस्था या दलले राज्यको मौजुदा कानुनी व्यवस्थाको उल्लंघन या हिंसात्मक तवरले गतिविधि गरेमा भइरहेका कानुनले नै त्यस्ता क्रियाकलापलाई कानुनी दायरामा ल्याउन कुनै अवरोध गरेको छैन । तर असहमत दल, विचारप्रतिको चरम असहिष्णुताको कुन हदसम्म जान सक्छु भनेर ओलीले अमुक दललाई गणतान्त्रिक संविधान बनेको चार वर्ष पनि नपुग्दै प्रतिबन्धित गरेका थिए । लोकतान्त्रिक भनिने बाँकी दल, लोकतन्त्रको पहरेदार भनिने दलविशेषको स्वार्थको झन्डा फहराउन अभिशप्त नागरिक समाजले कसैको राजनीतिक विचार मन नपरेकै कारण उसमाथि भएको प्रतिबन्धलाई वैध देखाउन आफ्नो तागत खर्चेर ओलीको त्यो निरंकुश स्वेच्छाचारितालाई उक्सायो ।

त्यही उक्साहटको बलमा सिञ्चित, निरन्तरको परीक्षणपछि कानुन, संविधान, अदालतभन्दा माथि रहेको ओली–अहंकारले भ्रष्टाचारको अभियोग लागेकाहरूमाथि छानबिन, फैसलाको बाटो नै नलगी निर्दोष भन्दै आफैं फैसला सुनाउन थाल्यो । वाइडबडी प्रकरण, गोकुल बास्कोटाको सत्तरी करोड घूस मागेको टेप प्रकरण, बालुवाटार जग्गा प्रकरण, यति/ओम्नी प्रकरणजस्ता यावत् घटनालाई ओलीले अहंकारपूर्ण स्वेच्छाचारिता प्रकट गर्दै निर्दोषिताको प्रमाणपत्र वितरण गरे ।

माधव नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवाहरू कहिले आफ्ना जोगिएको र कहिले आफू जोगिएकामा रमाउँदै संविधान र संवैधानिक संस्थाको गरिमा धुजाधुजा बनाउने ओलीको डुम्रे मुसा प्रवृत्तिमाथि कहिले मौनता त कहिले समर्थनको पुट दिएर उनलाई उक्साउन क्रियाशील रहे ।

त्यसको उत्कर्षमा उक्त डुम्रे मुसा प्रवृत्तिले देशको मौजुदा संविधानका आधारहरू काटकुट पार्दै राजनीतिक लोकतन्त्रलाई धुज्याइदिएको छ । नेपाली समाजको दुःख कस्तो भएको छ भने, आफैंले रोपेको गुएलोको रूखमा गुराँस फुलिदिएन भनेर रोइकराइ गर्ने दुखियाजस्तो । जसले २०६२/६३ को जनआन्दोलनले निर्दिष्ट गरेको परिवर्तनलाई न पहिले न अहिले आत्मसात् गर्‍यो, उसैको हातमा गणतन्त्रको ताला–चाबी सुम्पनेहरूले कम से कम ओलीबाट भएको गणतन्त्रको आधार भत्काउने कामप्रति रोइकराइ गर्नुको वैधता छैन । पंक्तिकारले केही वर्षअघि कान्तिपुरमै ओलीका सारा यत्न गणतन्त्रको आधार भत्काउने र यसको बदनाम गरी गणतन्त्रप्रति मानिसहरूमा वितृष्णा बढाउनेबाहेक थप केही हुनेछैन भनेर लेखेको हरफ यति बेला स्मरण गर्नु उपयुक्त नै होला ।

नभन्दै ओली–कर्मको उत्कर्षमा मानिसहरू संग्रहालयमा परिणत राजतन्त्रप्रति लालसा लिएर सडकमा उत्रिनु र त्यसलाई वैधानिक जमिन दिन ओलीले मौजुदा संविधानको मर्मलाई चिथोरेर धुजाधुजा बनाउने दुस्साहस गर्नुबीच आन्तरिक योजनाको तालमेलबाहेक अरू केही हुनै सक्दैन । उसै पनि गणतन्त्रलाई ओली बयलगाडाको यात्रा भन्थे । उनलाई यसप्रति रत्तीभर भरोसा, लगाव केही थिएन । जसलाई गणतन्त्रप्रति नै लगाव छैन, उसले गर्ने भनेकै यसको बदनामी हो ।

राजनीतिको दलालीकरण

समयको विद्रूप ठट्टाचाहिँ के भने, ओलीले आफूलाई कम्युनिस्ट भएको झुटो भ्रम बेचिबसेका छन् । तर, ओलीमा एउटा संशोधनवादीमा हुनुपर्ने तहको समेत व्यवहार देखिँदैन । आचरण देखिँदैन । पार्टीको विधान, देशको कानुन, संविधानलाई समेत आफ्नो सनक र उटपट्याङमा लतार्ने लफंगागिरी ओलीले देखाएका छन् । आफूलाई आफैं अध्यक्ष रहेको पार्टी विधानको मातहत राख्न अस्वीकार गरेर निर्लज्ज तवरले व्यक्तिवादी नोकरशाही प्रवृत्ति देखाएका छन् । देशको मौजुदा संविधानअन्तर्गत रहन अस्वीकार गरेर निरंकुश स्वेच्छाचारी प्रवृत्ति देखाएका छन् ।

यसो हुनुमा राज्यको शक्ति र तागत प्रयोग गरेर आर्थिक स्रोतको दोहन गर्ने चेतनाले मुख्य काम गरेको छ । आजको नेपाली अर्थतन्त्रको स्वरूप दलाल र बिचौलिया प्रवृत्तिमा अधीनस्थ छ । जग्गा दलालको शैलीको । जमिनको अधिकारी कोही हुन्छ । त्यसको खरिदकर्ता पनि अरू नै हुन्छ । बीचमा दलाल (एजेन्ट) हुन्छ । किन्ने अरू नै । बेच्ने अरू नै । बीचमा दलाली गरेर आफ्नो मुनाफा सुरक्षित गर्छ ।

आन्तरिक उत्पादनको अवस्था धराशायी छ । विदेशमा निर्मित सामान र साधनहरूको आयात गरेर त्यसमा आफ्नो कमिसन जोड्ने र यो कमिसन आफ्नो कारोबारलाई सहज बनाउन मद्दत आवश्यक पर्नेहरूका बीचमा वितरण गर्ने परिपाटीमा टिकेको छ । कर्मचारी, राजनीतिकर्मीदेखि रैथाने चुल्ठेमुन्द्रेसम्मको हिस्सा यसमा सुरक्षित हुन्छ । जति ठूलो दलाल पुँजीपति, उसले उति नै ठूलो मात्रामा सत्तानिकट राजनीतिक दल, राजनीतिकर्मी र उच्चपदस्थ सरकारी अधिकारीहरूलाई कमिसन टक्र्याइरहेको हुन्छ । या, भविष्यमा लाभ लिन सकिने आकलनका आधारमा या लिने योजना सफल बनाउन आवश्यक रकम दिइराखेको हुन्छ । र, त्यसलाई सहज र वैध बनाउन ‘चन्दा’ शब्दलाई वैधानिक स्वरूप प्रदान गरिराखेको हुन्छ ।

दलाल पुँजीवादी अर्थव्यवस्थामा आधारित समाजको तमाम स्वरूप के हुन्छ भने, यो तलदेखि माथिसम्म दलाली र कमिसनमा आधारित भएर टिकेको हुन्छ । सत्तासीन नेताहरू, उच्चपदस्थ कर्मचारीहरू ठूला ठेक्का र खरिदको काममा सेटिङ मिलाएर कमिसन सुरक्षित गरिरहेका हुन्छन् । तिनमा अधीनस्थ कार्यकर्ता या कर्मचारीहरू त्यस्तो कमिसन खेलोका खेलाडीहरूबीच सम्पर्कसूत्र बनेर कमिसन दिने ठेकेदार, कमिसन एजेन्टहरूको फाइल बोक्दै कुदिरहेका हुन्छन् ।

ठूला निर्माण, खरिद आयोजनादेखि यौन व्यवसायसम्ममा कमिसन एजेन्ट भेटिनु अन्यथा होइन । बरु यो त दलाल अर्थतन्त्रमा आधारित समाजले देखाउन सक्ने आफ्नो असली औकात हो । मालपोत, यातायात, श्रम या हरेक सरकारी अखडामा दलालहरूको हालीमुहाली र चुरीफुरी छ । श्रमशक्ति बेच्न विदेश जान खुट्टा उचाल्ने तन्नेरी, तरकारी उत्पादकदेखि दूध उत्पादकसम्म सबैले बिचौलियाको सामना नगरी सहज तवरले सीधै बजारको पहुँचमा पुग्न पाउँदैनन् ।

आज मन्त्री हुनु, सांसद हुनु या उच्च पदहरूमा नियुक्ति लिनु भनेको कमिसन एजेन्टहरूको ठूलो काम सल्टाइदिएर ठूलो कमिसन हात पार्ने ठूलो दलाल बन्नुभएको छ । र, यो काम अब खुल्लमखुला चल्न थालेको छ । प्रधानमन्त्री भैसकेको व्यक्ति ठेकेदारहरूको छतमुनि ओत थाप्न लाम लाग्नु र आफ्नो पार्टीको सरकार सेटिङ गरेर ठेक्का दिलाउनु खुल्लमखुला खेलो भएको देखिन्छ । दलाल पुँजीवादी व्यवस्थाले सामन्तवादी समाजबाट सिकेको सबैभन्दा ठूलो ज्ञान भनेकै संरचनागत लाभको जोहो गर्नु हो ।

यहाँ जसले आफूलाई कम्युनिस्ट दाबी गरिरहेका छन्, तिनले आफ्नो र परिवारका नाममा अपारदर्शी तवरले निजी सम्पत्ति थुपारिरहेका र रातारात नवधनाढ्यका रूपमा कायाकल्प गर्ने गरिरहेका छन् । सिंगो समाज अभाव र दरिद्रताको फिरफिरे कमिज उनिरहेको बेला समाजलाई सम्पन्नताको बाटामा लैजाने दायित्व लिएकाहरू बाँकी मानिसलाई दरिद्रतम हालतमै छाडेर आफू भने पुँजीवादी बजारको सबैभन्दा नाफाखोर व्यापारीको भन्दा पनि भव्य जीवन बाँचिरहेका छन् ।

दलाल बजारको सबैभन्दा ठूलो दलालको कार्य चरित्र र कम्युनिस्ट पार्टीको नाममा खोलिएका ‘पसल’ का सबैभन्दा प्रमुख व्यक्तिबीच भिन्नता छुट्टिन छाडेको छ । नेता दलालजस्तो र दलाल नेताजस्तो भएको छ । कम्युनिस्ट भनिएको पार्टीका नेताहरूको जीवन पद्धति, आचरण, आर्थिक हैसियत, निजी सम्पत्ति र रवाफ हेर्‍यो भने त्यो कुनै कोणबाट धनाढ्य व्यापारीको या अकुत भ्रष्टाचार गरेर डामिएको उच्चपदस्थ कर्मचारीको भन्दा भिन्न देखिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here