Home News छिट्टै ठिक हुँदै कन्चन.यसरी हुदै छ उप’चार हेर्नुस् पहिलोपटक डाक्टर मिडियामा

छिट्टै ठिक हुँदै कन्चन.यसरी हुदै छ उप’चार हेर्नुस् पहिलोपटक डाक्टर मिडियामा

389
0

छिट्टै ठिक हुँदै कन्चन.यसरी हुदै छ उप’चार हेर्नुस् पहिलोपटक डाक्टर मिडियामा



याे समचार पनि पढ्नुहोस्
फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बो सामुदायिक वन र श्रीजंघा गाउँपालिका–३ को सुनपाती सामुदायिक वनको करिब १०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय ताप्लेजुङले अनुमान गरेको छ ।

अधिकृत वीरेन्द्र साहसमेत हिउँ पर्ने मौसममा नियन्त्रण गर्नै नसकिने गरी डढेलो लागेकामा अचम्मित छन् । ‘वर्षौंदेखि सुकेर रहेका पातमा डढेलो लागेपछि उग्र रूप लिएको हो,’ उनले भने, ‘नियन्त्रण गर्नै नसकिने गरी यसपटक डढेलो देखिन थालेको छ तर पनि हामीसँग नियन्त्रणका लागि पर्याप्त उपकरण र बजेट छैन ।’

दुई साताभन्दा बढी लागेको डढेलोका कारण खस्रु र गोब्रे सल्लाका वर्षौं पुराना रूख धेरै जलेका छन् । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले हाब्रेको आहार मालिंगोसमेत जल्दा कति हाब्रे तितरबितर भए भनेर अनुमान गर्न नसकिएको बताए । डढेलो लागेको क्षेत्र हाब्रेको बासस्थलसमेत हो । डढेलो नियन्त्रण गर्न पाथीभरा क्षेत्रमा हेलिकप्टरसमेत प्रयोग गरिएको थियो । ‘यो वर्ष लामो समय खडेरी परेकाले पनि जिल्लाका धेरै भागमा चिसो मौसममै डढेलो देखिएको छ,’ डिभिजनल वन अधिकृत साहले भने, ‘बेलैमा सतर्क हुनुपर्ने भएको छ ।’

यसअघि जिल्लाकै सिदिङवा गाउँपालिका–७ सुरुमखिमको टोकटोके जंगलमा पनि मध्य मंसिरमा डढेलो लागेको थियो । एक सातासम्म धूवाँको मुस्लोले भरिएको जंगल सातापछि आफैं मत्थर भएको स्थानीयको भनाइ छ ।

पाथीभराजस्तै मुलुकका अन्य जिल्लाका उच्च हिमाली भागमा समेत यो वर्ष चिसो हुने समयमै डढेलोको प्रकोप बढेको छ । मनाङको नासों गाउँपालिकाको ताचैमा माइनस तापक्रम भएको वन क्षेत्रमा मंसिरदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । ३५ सय मिटर उचाइ क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेना खटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले व्यवस्थापन गर्ने वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोका कारण उक्त क्षेत्रमा आश्रित कस्तूरी, हिउँचितुवा, झारल, मृग र घोरललगायत वन्यजन्तुमा समेत क्षति पुगेको छ ।

डोल्पाको सदरमुकाम दुनै नजिक लागेको डढेलोसमेत नियन्त्रणमा आएको छैन । यसपटक कास्की, लमजुङ, रसुवा, सिन्धुपाल्चोकलगायत उच्च भागमा समेत मंसिरदेखि नै पटक–पटक डढेलो लागेको छ । केही स्थानमा नियन्त्रणमा आए पनि केही डढेलो फैलिरहेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मासमेत चिसो मौसममै उच्च भागमा डढेलो फैलिरहेकामा अचम्मित छन् । ‘यो वर्ष विन्टर सिजनमै

मुलुकका उच्च भागमा डढेलोको प्रकोप देखियो,’ शर्माले भने, ‘यो राम्रो संकेत होइन ।’ उनका अनुसार केही सातायता पूर्वी तथा पश्चिम भागका विभिन्न हिमाली जिल्लामा डढेलो लागिरहेको छ । बिहीबार पनि नेपालका १८ स्थानमा डढेलो लागेको शर्माले बताए। बैतडीमा २, बझाङ, बाजुरा, गोरखा र हुम्लामा १–१, डोल्पामा ४, जाजरकोट र पश्चिम रुकुममा ३–३ स्थानमा डढेलो लागिरहेको छ ।

ढोरपाटन सिकार आरक्ष र मनास्लु संरक्षण क्षेत्र आयोजना क्षेत्रमा केही दिनदेखि डढेलो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यो वर्ष मुलुकका धेरैजसो भागमा अधिकतम तापक्रममा व्यापक वृद्धि भएको छ । ‘१ देखि ४ डिग्रीसम्म अधिकतम तापक्रम बढेको देखिन्छ,’ कँडेलले भनिन्, ‘यसकारण सर्वसाधारणले पुस महिनामै तातो (गर्मी) महसुस गरेका छन् ।’ गर्मीको सिजनमा सानो झिल्कोले समेत डढेलोको प्रकोप लिने सम्भावना हुन्छ। अहिले सुक्खा बढी भएको र हावासमेत चलिरहेकाले डढेलो फैलिएको विज्ञहरूको विश्लेषण छ ।

‘नेपालको डढेलो व्यवस्थापन’ पुस्तकका लेखक वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव किशोरचन्द्र गौतमका अनुसार नेपालमा सामान्यत: माघदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । ‘तराईका १३ र चुरेका ११ वटा डढेलोका हिसाबले अत्यन्तै संवेदनशील सूचीमा छन्,’ उनले पुस्तकमा लेखेका छन्, ‘६४ प्रतिशत डढेलो मानिसले जानीजानी र ३२ प्रतिशत दुर्घटनावश अचानक लाग्ने गरेको छ भने ४ प्रतिशत डढेलोको अझै जानकारी हुन सकेको छैन ।’ विज्ञ गौतम जलवायु परिवर्तनका कारण पृथ्वीको तापमानमा आएको वृद्धिबाट आएको परिवर्तन र डढेलोबीचको दुश्चक्रीय अन्तरसम्बन्धबाट समस्या झन् जटिल बन्दै गएको विश्लेषण गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here