Home News भारतीय प्रधानमन्त्रीले नेपाली युवकसँग डेढ घन्टा वार्तागर्दा, भारत पुगेका मन्त्री भेट्नै पाएनन्

भारतीय प्रधानमन्त्रीले नेपाली युवकसँग डेढ घन्टा वार्तागर्दा, भारत पुगेका मन्त्री भेट्नै पाएनन्

223
0

भारतीय प्रधानमन्त्रीले नेपाली युवकसँग डेढ घन्टा वार्तागर्दा, भारत पुगेका मन्त्री भेट्नै पाएनन्




याे समचार पनि पढ्नुहोस्

नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शेरधन राईतर्फ आएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए । प्रदेशसभा सचिवालयमा इमेलमार्फत पठाएको पत्रमा नेकपाका सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख छ ।
यसअघि प्रदेससभा सदस्य कला घले र वसन्तिदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् ।उनीहरुले औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा पत्र भने दर्ता गराएका छैनन् ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिवालयले बैठकको तयारी गरिसकेको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रदेशसभा सचिवालयले माघ ७ गते दिउँtसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारीमा जुटेको छ । सचिवालयले बैठकमा अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीहरुलाई फलामको पातामा वाइल्डिङ गरिरहेको छ । बैठक कक्षमा नेकपा औपचारिक रुपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखेको छ ।

दर्शकदीर्घा र पत्रकारहरुका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिव पराजुलीले बताए । उनले उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने बताए ।

प्रदेशसभा बैठक व्यवस्थित रुपमा सञ्चालनका लागि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक हालसम्म बोलाएका छैनन् । दाहाल–नेपाल समूहका भीमप्रसाद आचार्यले कार्य व्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्दै आएका नेकपाको प्रतिनिधि फिर्ता पठाएर अधिकारी र घिमिरेलाई पठाएकाले समितिको बैठक पेचिलो बनेको छ । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो माघ ७ गते बिहानसम्ममा बोलाउन सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here