Home News टिका सानुले गुरुको सपना पुरा गरेपछि रातको १२ बजे आए एकसाथ मिडियामा,भयो...

टिका सानुले गुरुको सपना पुरा गरेपछि रातको १२ बजे आए एकसाथ मिडियामा,भयो भब्य सुटिङ्गमा यतिधेरै कलाकार

199
0

टिका सानुले गुरुको सपना पुरा गरेपछि रातको १२ बजे आए एकसाथ मिडियामा,भयो भब्य सुटिङ्गमा यतिधेरै कलाकार



याे समचार पनि पढ्नुहोस्

अहिले नेपालको राजनीतिकमा आलोचनात्मक चेत भएका युवा जमात निकै कम छ। देशमा नायक होइन कार्यकर्ता मात्र जन्मिए। राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन। युवा नेता पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन्। राजनीतिमा रचनात्मक बहस शून्यप्रायः छ। राजनीतिमा एक किसिमको सिन्डिकेट हाबी छ।

क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ। पछिल्लो चरणमा त राजनीति व्यापारीका हातमा पुगेको छ टिकट किनबेचका लागि। नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवी भएको व्यक्ति भेट्न गाह्रो छ। पढेलेखेका युवा जमात राजनीतिबाट विस्तारै टाढा हुँदै गएका छन्।

हामीकहाँ तीन किसिमका युवा जमात छ। एक किसिमका युवा जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागि काममा व्यस्त छ। दोस्रो मध्यमार्गी युवा कोही अवसरको खोजीमा बिदेसिएका छन् त कोही देशमै सम्भावनाको खोजी गर्दैछन्। तेस्रो उच्च वर्गाीय केही युवा कि ठूला बिजनेसमा सहभागी छन् कि विदेश पलायन भएका छन्। आफ्नो वर्तमान र भविष्य दुवै संकटमा देखेर पलायन हुने युवाबाट के आशा गर्न सकिएला ? नेपाल बनाउने नेपालीले नै हो। कोही अमेरिका र युरोपबाट आएर बनाइदिने होइन। हाम्रो सोचाइ र व्यवहार परिर्वतन नभएसम्म राजनीति परिर्वतन हुने कोरा कल्पना मात्र हुनेछ।

राजनीतिक दलमा सहभागी युवा पनि वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन्। युवाले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुवा उमेरका नेताबाट शासित हुनुपरेको छ। त्यसैले अब एकपटक सबै राजनीतिक पार्टीमा रहेका एवं स्वतन्त्र युवा मिलेर वैकल्पिक नयाँ राजनीतिक धारको नेतृत्व गर्ने बेला आएको छ। नेतृत्वको खडेरी परेका बेला युवा विकल्पसहित प्रस्तुत हुन अब ढिलाइ गर्नु हुँदैन। नेपालको राजनीतिक प्रणालीमा एक व्यक्ति एक पद एकपटक भन्ने अवधारणा लागू गर्न सके मात्र युवा नेतृत्वले अवसर पाउँछ।

राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकलन्त्र बलियो हुन्छ। विकासका विभिन्न मुद्दामा युवाको विशेष प्रभाव र भूमिका रहन्छ। साथै युवाको उपस्थितिले राजनीतिक स्थितिमा पुरातनवादी मनोवृत्ति परिर्वतन गर्न सक्छन्। युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ। विश्वभर युवा परिचालन एक पक्ष महत्वपूर्ण छ सरकारलाई सही दिशानिर्देश दिन तथा लोकतन्त्रको संस्थागत विकास गर्न। हामीकहाँ राजनीतिमा युवा सहभागिता बहस परम्परागत छ। राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा थप भूमिका केन्द्रित गर्न चाहन्छन्।

लोकतन्त्र संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्न जरुरी छ। सहभागितात्मक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता र नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधार स्तम्भ हुन्। विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता नागरिकका आधारभूत आवश्यकतामा राज्यलाई जिम्मेवार युवाले दबाब दिनुपर्छ। मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान र सार्थक सहभागिता आजको आवश्यकता हो।

युवा सहभागिताले राजनीतिलाई सही दिशानिर्देश गर्न टेवा पुर्‍याउँछ। युवा भविष्यका कर्णधार मात्र होइनन्; वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ। राजनीतिक दलले युवालाई परिचालन मात्र होइन; उनीहरूलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्छ। जनसंख्याका आधारमा राज्यका हरेक तहमा युवाको प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्न खबरदारी आवश्यक छ। हाम्रा मान्छेभन्दा पनि राम्रा मान्छेले अवसर पाउने व्यवस्था मिलाउनुपर्छ। नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ र कार्यान्वयन पनि सहज हुन्छ। राजनीतिलाई सही दिशानिर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व र कुशल व्यवस्थापकको आवश्यकता पर्छ।

नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ। नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन। मधेसी, पहाडी, दलित जनजाति आदिका नाममा युवालाई विभाजन मात्र गरियो। विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देश भावनात्मक एकताले जोड्न सकेन। युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे। हामी युवा पनि परिचालित भइरह्यौं।

आन्दोलन गर्‍यौं र त्यसको प्रतिफल कहिल्यै पाइनौं। देशमा गणतन्त्र आयो र शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिर्वतन आएन। नेताहरूको जीवनशैलीमा परिवर्तन आयो; आलिशान बंगाला भए तर युवा आफ्नो जीविकाकै लागि बिदेसिनुपर्‍यो। दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले सधैं रजाइँ गर्ने स्थिति भयो। आम सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्न सकेनन्। त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here