Home News कमला घिमिरे भन्दा ख’तरा नबिना संसार रुहा’उने पिडा, ३ ब’र्षमै बुबाको मु’...

कमला घिमिरे भन्दा ख’तरा नबिना संसार रुहा’उने पिडा, ३ ब’र्षमै बुबाको मु’ त्यु, अद’भूत कला Nabina Kc

338
0

कमला घिमिरे भन्दा ख’तरा नबिना संसार रुहा’उने पिडा, ३ ब’र्षमै बुबाको मु’ त्यु, अद’भूत कला Nabina Kc





याे समचार पनि पढ्नुहोस्
लुम्बिनी विकास कोषका अनुसार, हाल लुम्बिनीमा वार्षिक करिब १२ लाख स्वदेशी–विदेशी पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांश धार्मिक पर्यटक हुन् । विमानस्थल सञ्चालनपछि वार्षिक २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य छ । त्यसका लागि लुम्बिनी आसपासका सडक फराकिला पारिएका छन् ।

तारे होटल खुल्ने क्रम बढेको छ । पर्यटकमैत्री रेस्टुराँ र बारहरू सञ्चालनमा आएका छन् । लुम्बिनी क्षेत्रभित्र साजसज्जा र आकर्षण बढाइएको छ । तर, भौतिक पूर्वाधार विकासले मात्रै लुम्बिनीमा पर्यटक बढ्ने वा अडिने गर्दैनन् । धार्मिक पर्यटकहरू बुद्ध जन्मस्थलमा बुद्धमय वातावरण चाहन्छन् । बुद्धकालीन संस्कार र परम्परा, बुद्ध ज्ञान र कला हेर्न खोज्छन्, जुन होटल र रेस्टुराँमा होस्, बस्तीमा बस्ने र सडकमा भेटिने नागरिकमा पाइयोस् । विदेशी पर्यटकहरूलाई जे चाहिने हो, लुम्बिनीमा त्यसैको अभाव छ ।

गौतम बुद्ध र विश्वसम्पदामा सूचीकृत लुम्बिनी नेपालका मात्रै होइनन्, विश्वकै गौरव हुन् । तर, स्थानीय बासिन्दाले नै त्यसमा गौरव गर्न सकेका छैनन् । बुद्धबारे उनीहरूलाई राम्ररी बुझाउन सकिएको छैन । लुम्बिनीबाट उनीहरूले फाइदा लिने अवस्था बन्न सकेको छैन । उनीहरूलाई पर्यटकीय गतिविधि र पाहुनाको स्वागत–सत्कारमा लगाउने काम गरिएको छैन । स्थानीय बासिन्दाको अपनत्व नहुँदा बुद्ध जन्मस्थलमै बुद्धमय वातावरण बन्न सकेको छैन । यही कारण पनि पर्यटकहरू एक छिन/दिन मायादेवी मन्दिर र आसपास घुमेर फर्किहाल्ने गरेका हुन् ।

लुम्बिनी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अनुसार, बुद्ध जन्मस्थल आउने पर्यटकमध्ये ७० प्रतिशत त्यसै दिन फर्किने गरेका छन् । बाँकी ३० प्रतिशतको बसाइ एक दिन मात्रै हुने गरेको छ । एक दिनभन्दा धेरै बिताउने भनेका आआफ्ना देशका गुम्बाहरूमा बस्नेहरू मात्रै हुन् ।

लुम्बिनीको रमणीयता हेर्न आउने पर्यटकलाई लोभ्याउन र अड्याउन भौतिक सुविधा जरुरी हुन्छ । रम्ने–रमाउने र भुल्ने–भुलाउने ठाउँ चाहिन्छ । लुम्बिनीमा त्यसको पनि अभाव छ । लुम्बिनी विकास कोषबाहिरका क्षेत्रमा पर्यटक लैजाने र भुलाउने कुनै क्षेत्र तय गरिएको छैन । यही कारण धार्मिक आस्थाबाहेकका पर्यटकलाई पनि लुम्बिनी अड्याउन मुस्किल छ ।

बौद्ध परम्परामा बोधिसत्त्वले जन्म लिन काल, तिथि, स्थान, कोख र समाजको ठूलो महत्त्व हुन्छ । भनिन्छ, जम्बुद्वीपमा त्यस समय सबैभन्दा उत्तम क्षेत्र छनोट गरेर बुद्धले लुम्बिनीमा जन्म लिएका थिए । तथागतलाई धारण गर्न सक्ने मायादेवीको कोखलाई नारी शक्तिको आधार मानिन्छ । कपिलवस्तु, मावली देवदह, गौतम बुद्धको आठ भागको एक भाग अस्तुधातु रहेको रामग्राम क्षेत्र बुद्ध चरणका पवित्र क्षेत्रहरू हुन् ।

लुम्बिनीमा पर्यटन प्रवर्द्धनसँगै तिलौराकोट, देवदह, रामग्राम र आसपासका क्षेत्रका बासिन्दामा पनि बुद्धप्रति अपनत्व जगाउनुपर्छ । बुद्धले सिकाएका ज्ञान, बुद्धको जीवनी र बुद्धसँग जोडिएका कुरा सिक्ने र अपनत्व लिएर तिनलाई अरूलाई सिकाउने बनाउन आवश्यक छ । पथप्रदर्शकले धेरै कुरा भन्नुभन्दा स्थानीय बासिन्दाले थोरै कुरा देखाउँदा पनि पर्यटक लालायित हुन्छन् ।

लुम्बिनीमा दिगो पर्यटन तब मात्र सम्भव हुन्छ, जब यस क्षेत्रका नागरिकको मनमस्तिष्कमा बुद्धप्रति गहिरो आत्मसम्मान हुन्छ । बुद्धलाई नबुझी दिगो पर्यटन सम्भव छैन । यसर्थ बुद्धभूमिमा बस्ने समुदायको हरेक गतिविधिमा बुद्धप्रति सम्मान, शिक्षा, मैत्री, संस्कार र उत्साह प्रवर्द्धन गर्न आवश्यक छ । बुद्धको व्यावहारिक ज्ञानलाई जीवनशैलीमा रूपान्तरण गराउनुपर्छ । बुद्ध संस्कार र संस्कृतिको विकास गर्नुपर्छ । केही क्षेत्र र टोललाई पञ्चशीलमैत्री बनाउनुपर्छ । विद्यालय, युवाक्लब, महिला समूह लगायतमा बुद्ध संस्कारमय क्रियाकलाप गराउनुपर्छ ।

बुद्धप्रति सम्मान जनाउन हरेक पूर्णिमालाई उत्सवका रूपमा मनाउन थाल्नुपर्छ । लुम्बिनी आसपासका बस्ती सफा राख्नुपर्छ । आसपासका क्षेत्रमा समुदायकेन्द्रित होमस्टे सञ्चालन गरिनुपर्छ । होटल रेस्टुरेन्ट र सडक खाना महोत्सवहरूमा बोधिसत्त्व शैलीका परिकार उपलब्ध गराउनुपर्छ । बुद्धसम्बन्धी पोसाक, सामग्री, गहनाहरूको किनबेच र प्रयोग गर्नुपर्छ । होटलहरूमा बुद्धमय अभिवादन (भवतुः सब्ब मंगलम्) प्रयोग गर्नुपर्छ । पर्यटकलाई ठाउँठाउँमा बुद्ध जीवनी बताउने थिएटर, ध्यान अभ्यास र विपश्यनाको सुविधा दिनुपर्छ । अनि मात्र लुम्बिनीमा पर्यटकलाई धेरै दिन भुलाउन सकिनेछ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीमा गरिएको लगानीले सार्थकता पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here