Home Entertainment सचिनले भेटे पुतली, गरे सिधै बिबाहको प्रस्ताप | पुतलीले यस्तो जवाफ दिईन...

सचिनले भेटे पुतली, गरे सिधै बिबाहको प्रस्ताप | पुतलीले यस्तो जवाफ दिईन हेर्नुहोस् | Sachin Pariyar

190
0

सचिनले भेटे पुतली, गरे सिधै बिबाहको प्रस्ताप | पुतलीले यस्तो जवाफ दिईन हेर्नुहोस् | Sachin Pariyar



याे समचार पनि पढ्नुहोस्

प्रकाशनमा आएको यो कृति २०१४–२०१५ तिर लेखिएको अनुमान गर्न सकिन्छ। लेखनाथकै काव्यको शीर्षक, विषयवस्तु र पात्रलाई आधार बनाएर लेखनाथले नै प्रयोग गरेको संवादात्मक शैली र वसन्तीतलका छन्दको प्रयोगका साथ कृति सिर्जना गर्नुले देवकोटा लेखनाथको प्रस्तुत कृतिबाट प्रेरित र प्रभावित भएको तथ्य स्पष्ट हुन्छ। यति हुँदाहुँदै पनि लेखनाथको काव्यमा अभिव्यक्त दृष्टिकोणको खण्डन गर्दै नवीन दृष्टिकोणको प्रस्तुतिका साथ देवकोटाले ‘नयाँ सत्यकलि संवाद’ शीर्षक कृतिको सिर्जना गरेका छन्।

संरचनागत दृष्टिले हेर्दा लेखनाथको काव्य ३७५ श्लोकमा संरचित छ भने देवकोटाको काव्य ५८ श्लोकको संरचनामा आबद्ध रहेको छ। लेखनाथले सत्ययुगलाई दाजु र कलियुगलाई भाइका रूपमा मानवीय संवेदना आरोपण गरी ती दाजुभाइका संवादका माध्यमबाट सत्यको गौरवशाली एवं आदर्श परम्पराको वर्णन गर्दै कलिमा व्याप्त लोभ, छलछाम, डकैती, घुसखोरी, व्यभिचार, विश्वासघात, दम्भ, धोकाजस्ता पापाचारलगायत हिन्दूहरूमा देखिएको असावधानीको आलोचना गरेका छन्। देवकोटाले लेखनाथका यिनै दुई भाइ पात्रलाई प्रयोग गरी सत्ययुगको निरीहता, जर्जरता एवं कर्महीन अवस्थाको जपतपजस्ता पुरातनको विरोध गर्दै कलिमा देखा परेका नवीनता एवं वैज्ञानिकताको वर्णन गरेका छन्।

कथ्यगत दृष्टिले हेर्दा लेखनाथ पौडेलको सत्यकलि संवादमा कलियुगमा हिन्दू जातिमा देखा पर्दै गएको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं धार्मिक पतनलाई विषयवस्तु बनाइएको छ। हिन्दूहरूमा मौलाउँदै गएको संकीर्णता एवं आन्तरिक द्वेषलाई देखाउँदै अघि बढेको यस काव्यमा मुसलमानी आक्रमणपछि हिन्दू सभ्यता अझ क्षीण हुँदै गएर सुषुप्त अवस्थामै पुगेको वर्णन पाइन्छ। यस काव्यमा कलियुगमा देखा पर्ने अंशमुद्दा, पारिवारिक कलह, पत्नीमाथि अत्याचार गर्ने अधमहरूको कुकृत्यको चित्रण पाइन्छ। कलिको दरबारमा देखा परेका घुसखोरी, धूमपान, मद्यपान वेश्यागमन आदि अनेक विकृति चित्रित यस काव्यमा गरिब एवं निरीहमाथि गरिने शोषणको पनि चित्रण गरिएको छ।

यसका विपरीत देवकोटाको ‘नयाँ सत्यकलि संवाद’ शीर्षक काव्यमा कलियुगका नवीनता, शक्ति एवं उज्यालोको प्रशंसा गर्दै सत्यका पछौटेपन, बुढ्याइँ एवं जर्जरताको विरोधका साथ सत्ययुगको आलोचना गरिएको छ। लेखनाथको काव्यमा जस्तो सत्यको आदर्श र कलिको पतनोन्मुखी चित्रण नभएर कलिलाई सुकुमार, प्रगतिशील एवं वैज्ञानिक चेत भएको व्यक्तिका रूपमा देवकोटाले चित्रण गरेका छन्। लेखनाथको काव्यमा दाजु पात्रका माध्यमबाट सत्ययुगमा रहेको आदर्शको प्रशंसा गर्दै भाइपात्रका माध्यमबाट कलियुगमा देखा परेको अनेक विकृति एवं विसंगतिको आलोचना गरिएको छ। देवकोटाको काव्यमा चाहिँ भाइ पात्रका माध्यमबाट सत्यको आलोचना गरिए पनि सत्य र कलि हातेमालो गरेर अघि बढ्नुपर्ने समन्वयवादी अवधारणा ल्याइयो।

बाह्य रूपमा हेर्दा लेखनाथको भाइ पात्र कलियुगले दाजु पात्र सत्ययुगका विचारको पुष्टि गर्न आफ्नो अभिव्यक्ति दिएको छ भने देवकोटाले यी दुई पात्रका माध्यमबाट अग्रज पुस्ता र अनुज पुस्ताका बीचमा वाक्द्वन्द्व गराएर परम्परागत अवधारणा र नवीन एवं वैज्ञानिक अवधारणाबीच वैचारिक द्वन्द्वको सिर्जना गरेका छन्। देवकोटाले सिर्जना गरेको यो द्वन्द्व अध्यात्मवाद र भौतिकवादका बीचको द्वन्द्वका रूपमा अभिव्यक्त भएको छ र अन्त्यमा भौतिकवादको विजय भएको छ।

पात्र विधानका दृष्टिले हेर्दा सत्ययुगलाई दाजु र कलियुगलाई भाइका रूपमा चित्रण गर्दै दुवै काव्यमा एउटै पात्रको प्रयोग गरिएको छ। लेखनाथले यी दुई पात्रको बाह्य चित्रण गरेका छैनन् तर देवकोटाले चाहिँ दुवै पात्रको शारीरिक संरचनामा देखिएको बाह्य पक्षको पनि चित्रण गरेका छन्।

देवकोटाद्वारा चित्रित दाजुरूपी सत्ययुग कपाल फुलेको, दाँत फुक्लेको, मैलो धमिलो, कुरूप हुनाका साथै पुरातनपन्थी एवं निष्क्रिय देखिन्छ भने भाइरूपी कलियुग ठूलो निधार भएको, फुर्तिलो, दारी सफाचट गरी उज्यालो चेहरा बनाएको विज्ञानप्रेमी कर्मठ युवकका रूपमा देखिन्छ। लेखनाथले भाइ कलिको आलोचना व्यक्तिका रूपमा गरेका छैनन् भने देवकोटाले दाजु सत्यको व्यक्तिगत निन्दा पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here