Home International हेर्नु’होस्, भार’तीय भूमि क’ब्जा गरि रातारात चीनले बनायो १०१ घरको सिंगै गाउँ...

हेर्नु’होस्, भार’तीय भूमि क’ब्जा गरि रातारात चीनले बनायो १०१ घरको सिंगै गाउँ ! दिल्लीमा भूई’चालो

874
0

हेर्नु’होस्, भार’तीय भूमि क’ब्जा गरि रातारात चीनले बनायो १०१ घरको सिंगै गाउँ ! दिल्लीमा भूई’चालो




याे समचार पनि पढ्नुहोस्

पर्यटन व्यवसायलाई गति दिन गण्डकी प्रदेशका पर्यटनकर्मीले पहल सुरु गरेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीको संयुक्त पहलमा मुस्ताङमा अवस्थित ( ६०१२) मिटर अग्लो धम्पुस पिकको माघ ३ गते सफल आरोहरण गरे ।

आरोहरण टोलीले पर्यटन विभागको अनुमती प्राप्त गरी पुस २७ गते पोखराबाट पिक चढ्न मुस्ताङ प्रस्थान गरेका थिए ।उनीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहरण सफलताको कामनासहित बिदाइ गरेका थिए ।नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा माघ ३ गते ४ पुरुष र २ महिलाले धम्पुस पिकको सफल आरोहरण गरेको आरोहरण दलका संयोजक जिवनराज सापकोटाले जानकारी दिए।उनका अनुसार पुसको २८ गते मुस्ताङको मार्फा देखि याकखार्क र धम्पुस आधारशिविर हुदै आरोहरण दलका जना टोलीले धम्पुस पिकको सफल आरोहरण गरेका हुन् । पिक आरोहरण गर्नेमा मुस्ताङका टासी पासाङ गुरुङसहित मनु गुरुङ – मनाङ),दिपेशबाबु सुबेदी –कास्की ),सनकुमार जुग्जाली – म्याग्दी ),सुदिप गौतम – कास्की ) र हिराकुमारी मल्ल (स्याङ्जा) रहेका छन् ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघका प्रतिनिधि,पर्यटन व्यवसायी र सञ्चारकर्मीसहितको २६ जनाको टोली टोली धम्पुस पिक आरोहरणका लागि मुस्ताङ आएको नेपाल पर्वतारोहरण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले बताए ।

उनका अनुसार आरोहरण दलका लागि कुल १० सदस्य मध्ये ६ जनाले आरोहरण गरेका हुन् भने अन्य ४ जना सदस्य भने मौसम प्रतिकुलता र तिब्र गतिको हावाको कारण शिखर नजिकै पुगेर फर्किन बाध्य परेको जानकारी दिए । आरोहरण दल मध्येका कान्तिपुर दैनिकका पत्रकार दिपक परियार आधार शिविर पुग्दा लेक लागेर फर्किएका थिए ।

संघका अध्यक्ष शर्माले कोभिड -१९ को माहामारीले थला परेको पर्यटनक्षेत्र पञ्चात नेपालको पर्वतीय पर्यटनक्षेत्र चलायमान गर्न र आरोहीहरु त्था व्यवसायीहरु पनि व्यवसाय संञ्चालन गर्न उत्सुक रहेको सन्देश दिन कार्यक्रम आयोजना भएको बताए । उनले मुस्ताङ सम्मको यातायातको सहजता र पिक आरोहरण गन्तब्य पनि छोटो भएकाले मुस्ताङको धम्पुस पिकलाई आरोहणका लागि चयन गरिएको र यसले आन्तरिक पर्यटनमा सघाउ पुर्‍याउने उल्लेख गरे ।उनले गण्डकी प्रदेशको पर्यटन पुनरुत्थान गर्दै यसको प्रर्वद्धन गर्न गण्डकी प्रदेशका पर्यटनकर्मीले कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष शर्माले जानकारी दिए ।

पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहेता पनि आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य राखेर नेपालीहरुलाई पनि तुलनात्मक रुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिक जस्ता धेरै हिम शिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने संदेश दिन यो अभियानको शुरुवात भएको छ । हाल आन्तरिक पर्यटकहरु दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, राफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिहरुमा अत्याधिक रमाउने गरेका छन भने धम्पुस पिकको सफल आरोहणले अब उप्रान्त आन्तरिक पर्यटकहरुका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय उपजको रुपमा स्थापीत हुने विश्वास लिइएको छ । साथै आरोहण टोलीमा पदयात्रा पर्यटन व्यवसायीहरु समेत रहको र उनीहरुले प्रशिक्षकहरुबाट तालिम समेत लिएकाले आन्तरिक पर्यटकहरुका लागि उपयुक्त पर्वतारोहणको प्याकेज तयार गर्न समेत मद्दत पुग्ने छ ।

फ्रेन्च नागरिक मौरिस हसजोगले सन् १९५० को जुनमा गण्डकी प्रदेशमा अवस्थित अन्नपूर्ण प्रथम (८०९१मी) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भएतापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिम श्रृंखलामा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्र्तराष्ट्रिय पर्वतारोहीहरुको रोजाईमा ८००० मिटर भन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्याण्ड पिक, पिसाङ पिकहरु पर्दछन । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपुर्ण श्रृंखलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here