Home News फेरी नेपालबारे बोले भार’तीय रक्षा’मन्त्री, भा’रत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

फेरी नेपालबारे बोले भार’तीय रक्षा’मन्त्री, भा’रत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

367
0

फेरी नेपालबारे बोले भारतीय रक्षामन्त्री, भारत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई





याे समचार पनि पढ्नुहोस्

काँधमा बोक्नैपर्ने जिम्मेवारीको महत्त्वपूर्ण भारी कतै डाँडापारि नै बिर्सिइएको रहेछ भने हामी कहीँ त पुगौंला तर कस्तो गन्तव्यमा ? त्यो कहीँ छुटेको भारी र यो प्रश्न सम्बन्धित छ सामाजिक रूपान्तरणको ज्वलन्त मुद्दाहरूसँग ।




यो आलेखको सुरुआत त्यसैले तीन वटा प्रश्नबाट गरौं । एक, देश बन्ने सपनाको केन्द्रमा बाटो बन्नु र बिजुली बल्नुजस्ता भौतिक प्रगति मात्रै कि यसको परिभाषा अलि व्यापक हुनुपर्छ ? दुई, राजनीतिक व्यवस्थाहरू हामीले पटक–पटक बदल्यौं तर सामाजिक अवस्था बदल्न किन सकिरहेका छैनौं ? हामी कहाँ चुकिरहेका छौं ? तीन, अनेकन् सामाजिक विसंगतिका धब्बा हाम्रा अनुहारभरि जो छन् तिनलाई यही स्थिति र आकारमा राखिरहने कि सामाजिक विसंगतिहरू अन्त्यका लागि मानवीय संवेदनाको एक नवीन भावलहर सृजना गर्ने ?

समयले खोजेको क्रान्तिचेतना !

कृष्ण धरावासी ‘झोला’ कथाको अन्त्यमा चन्द्रशमशेरको तस्बिर आफ्नो कोठाको भित्तामा टाँग्नुहुन्छ । अचेल हरेक बिहान समाचारपत्रहरू पल्टाउँदा उनै चन्द्रशमशेर हामीलाई गिज्याउँदै प्रश्न गरिरहेका हुन्छन्— सती प्रथा उस युगमै सकियो तर किन आज पनि फरक ढंगले जिउँदै जलिरहेका छन् आमाहरू ? मनन गरौं, राणाशाहीको त्यो निरंकुश शासनले सती प्रथा अन्त्यको विवेकपूर्ण कर्म सम्पादन गर्न सक्यो तर एक्काइसौं शताब्दीमा जनताको रोजाइको विवेकपूर्ण शासन प्रणालीमार्फत विभेदयुक्त सामाजिक विसंगतिहरूलाई समूल नष्ट गर्ने गरी जबर्जस्त क्रान्तिकारी भाव जगाउन र परिणाम दिने बन्दोबस्त मिलाउन हामी किन सकिरहेका छैनौं ?

हुन त राजनीतिक परिवर्तनजस्तो एउटा घोषणा या एउटा निर्णयबाट सामाजिक परिवर्तन हुन सक्दैन तर मानवीय संवेदनाको जागरणमार्फत जब सामाजिक रूपान्तरणले सार्थक गति लिन्छ तब त्यसले राजनीतिक परिवर्तनको औचित्यलाई सार्थक लक्ष्य प्रदान गर्छ । सामाजिक विसंगतिहरूको अन्त्य न कानुनको प्रावधानले मात्र हुन सक्छ न त बन्दुकको त्रासले । बन्द समाजमा भित्रभित्रै पिल्सिएर रहेका पीडाहरूको उजागर र उपचार उदार लोकतान्त्रिक खुला आँगनमा तुलनात्मक रूपले सहज हुन्छ । त्यस्तो राजनीतिक व्यवस्थालाई हामीले स्वागत र अंगीकार गरिसकेका छौं । अतः सामाजिक अवस्था बदल्न अर्कै कुनै शासन–सत्ताको परिकल्पना र प्रतीक्षा गर्ने छुट अब हामीलाई छैन ।

समाजको रूपान्तरण र देशको समग्र समुन्नति सुनिश्चित गर्ने दिशामा सार्थक ढंगले अघि बढ्न हाम्रासामु अब कुनै अर्को प्रयोगमा जाऔं भनेर देशलाई निरन्तरको प्रयोगशाला बनाउने सुविधा र बहाना पनि उपलब्ध छैन । अतः राजनीतिक व्यवस्था बदलेर पनि सामाजिक अवस्था बदल्ने दिशामा सन्तोषजनक प्रगति हामीले किन गर्न सकिरहेका छैनौं ? यो कारुणिक प्रश्नलाई अबका दिन प्रधान प्रश्नका रूपमा केन्द्रीय बहसमा ल्याउन जरुरी छ ।

राजनीति गर्ने मान्छेहरू सांसद, मन्त्री, प्रधानमन्त्री बनौंला रे, तर विभेद, क्रन्दन, अनेक पीडा र आँसुमा समाज डुबिरहने हो भने हाम्रा व्यक्तिगत राज्याभिषेकहरूको सान र गरिमा कहिलेसम्म रहन्छ ? राजनीति नगर्नेहरू जीवनका अनेक क्षेत्रमा प्रगति गरेर माथि उठ्लान् रे, तर जातीय विभेद, बोक्सी, बलात्कार, दाइजो, बालश्रम, छाउपडी आदि विसंगति आफ्नो समाजको पहिचान बनिरहँदा आफ्नो प्रगति भएकै छ, बाँकीको के मतलब भनेर तिनले आँखा चिम्म गर्न सक्छन् र ?

विसंगतिलाई ज्यूँका त्यूँ राखेर हासिल हुने व्यक्तिगत प्रगति र उच्च ओहदाभन्दा रूपान्तरित समाजको एक सामान्य मान्छे कहलिन पाउने गौरव निकै वजनदार हुन्छ । त्यसैले सामाजिक र सांस्कृतिक रूपान्तरण सबै थरीका लागि साझा विषय हो; भिन्न–भिन्न राजनीतिमा रहेका होऊन् या राजनीतिमा नरहेकाहरू, स्वदेशमा होऊन् या विदेशमा रहेका, ठूलो घरमा बस्ने होऊन् या झुपडीमा । यसलाई वर्गीय, जातीय या राजनीतिक आँखाले विभाजित भएर हेर्न हुन्न । विशुद्ध सामाजिक रूपान्तरणको क्रान्तिचेतनाको प्रश्न हो यो ।

गम्भीर व्यथा : गौरवगाथासँगै

देश बन्नु भनेको एउटा भूगोल मात्रै बन्नु हो त नेपाल उहिल्यै बनिसक्यो । पृथ्वीनारायणले एकीकरणको इतिहास निर्माण गरेको त्यो भूगोलभित्र आज एउटा होइन, दुईवटा नेपाल अस्तित्वमा छन् । ती दुईको दूरी कम गर्नु र क्रमशः गाँसेर अघि बढ्नु साँचो अर्थमा नेपाल देश बन्नु र बनाउनु हो भन्ने संवेदनशीलताको फाइल अब खुल्नुपर्छ ।

एउटा नेपाल अघि बढिरहेको छ तर नेपालभित्रै अर्को नेपाल कहीँ छुटिरहेको छ । एउटा नेपाल एक्काइसौं शताब्दीको प्रगतिमा लम्किरहेको छ, अर्को नेपाल अनेकन् विभेदको सोह्रौं शताब्दी भोगिरहेको छ । एउटा देश एकै कालखण्डमा दुई भिन्न शताब्दीको स्थितिमा हुनु गम्भीर विडम्बना हो । राजनीतिक, आर्थिक, सामाजिक अनेक कोणबाट दुईवटा नेपालको चित्र विश्लेषण गर्न सकिन्छ । यो छोटो आलेखमा त्यसको लामो व्याख्यामा नजाऔं । तर इमानदार आत्म स्वीकारोक्तिमार्फत संकल्प गरेर रूपान्तरण सम्भव तुल्याउनुको अर्को विकल्प देशसँग छैन । गाउँ–गाउँमा वडा–वडासम्म जनताद्वारा निर्वाचित जनताका सरकारहरू छन् । दलहरू, अनेक सचेत संस्था र हजारौं अभियन्ता छन् । कानुन छ, प्रहरी छ अनि न्याय कुरिरहेका अनुहारहरू छन् । सजग सामाजिक सञ्जाल र सबल सञ्चारमाध्यमहरू छन् । यस्तो जीवन्त र ऊर्जावान् समाज हरेक रात सामाजिक विसंगतिका मार्मिक कथाहरू सुन्दै कहिलेसम्म सन्चले निदाउन सक्छ ?

अब बेला भयो नयाँ ढंगले ब्युँझने, ‘ऐना’ मा आफैंलाई नियाल्ने, अनि आफैंलाई प्रश्न गर्ने– संसारकै सुन्दरमध्येको देशको अनुहारमा सामाजिक विसंगतिका धब्बाहरू हामी कहिलेसम्म बोकिरहन्छौं ? के हुन सक्छ यी विसंगतिहरूबाट मुक्तिको विधि र प्रक्रिया ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here