Home News फेरी के भयो ? पुस्पा अधिकारि बोल्नै सकिनन्, ममाथि दुर्ब्य’बहार गर्यो भन्दै...

फेरी के भयो ? पुस्पा अधिकारि बोल्नै सकिनन्, ममाथि दुर्ब्य’बहार गर्यो भन्दै पर्‍यो च’ र्का’ चर्कि

125
0

देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरु कोही चाहँदैनन् कि कम्युनिस्ट पार्टी एकतावद्ध रहिरहोस् । उनीहरुले यो छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन् । उनीहरुले गठबन्धन गर्दाका दिनदेखि यो गठबन्धन असफल पार्नका निम्ति कोसिस गरे । हामीले त्यसको प्रतिवाद गरी नै राख्यौं ।

चुनावपछि दुईवटा पार्टीको एकताचैं नहोस् भनेर प्रयत्न गरे । हामीले त्यसको प्रतिवाद गर्‍यौं र एकता गर्न सफल पनि भयौं । एकता गरेको दिनदेखि यो पार्टी विभाजित होस्, यसका नेताहरुका बीचमा विवाद चर्किएर जाओस्, फाटो परोस् भन्ने कसरतमा छन् । यो बुझ्न सकिने कुरा हो ।

साम्राज्यवादी शक्तिहरु, प्रतिक्रियावादी शक्तिहरु, सबैखाले प्रतिगमनकारी शक्तिहरु यो कम्युनिस्ट पार्टी कमजोर पार्न चाहन्छन् । कमजोर पार्नका लागि उनीहरुले जहिले पनि गलत विचार, गलत सिद्धान्त, गलत कार्यशैली र गलत संस्कार अपनाउने तत्वहरुलाई उनीहरुले उपयोग गर्न चाहन्छन् । उनीहरुमार्फत उल्ट्याउन चाहन्छन् । कम्युनिस्टहरुको एकतालाई भत्काउन चाहन्छन् ।

हामीले अहिले पनि पार्टी एकता अक्षुण रहनुपर्छ र सुदृढ हुँदै जानुपर्छ, हामीभित्रका कमीकमजोरीहरु सच्याउनुपर्छ, सच्याउन तयार हुनुपर्छ, आलोचना गर्नुपर्‍यो, आत्मालोचना गर्नुपर्‍यो र रुपान्तरणका निम्ति प्रतिवद्धता हुनुपर्‍यो भन्नेमा जोड दिएका छौं । हामीले यति भनेको अर्कोलाई निशेष गर्नका लागि भनिराखेको होइन ।

हामी मार्क्सवादी, लेनिनवादी हुनपर्‍यो । हामी पार्टी एकताको पक्षमा हुनुपर्‍यो, फुटको पक्षमा होइन । हामी अग्रगमनको पक्षमा हुनुपर्‍यो, पश्चगमनको पक्षमा होइन । हामी सामूहिक निर्णयको पक्षमा हुनुपर्‍यो, व्यक्तिगत निर्णयको पक्षमा होइन । हामी समूहको अधीनस्त हुनुपर्‍यो, व्यक्तिको अधीनस्त समूह होइन । यसलाई केपीजीको विरोध वा निषेध गर्न खोजेको अर्थमा बुझिनु हुँदैन । यो समग्र पार्टीलाई रुपान्तरण गर्ने, सच्याउने र राम्रो दिशातिर लैजाने उद्देश्यद्वारा प्रेरित हो भनेर बुझिदिन जरुरी छ । कसैलाई निषेध गर्न होइन, सबैलाई रुपान्तरण गरेर पार्टी एकताको आधार बलियो होस् भनेर बहस भएको हो भन्ने बुझिदिन जरुरी छ ।

अहिले हामीले जे लडेका छौं, राजनीति भनेको रक्तपातहीन युद्ध हो र युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो भन्ने परिभाषा वैज्ञानिकै परिभाषा हो । हामी अहिले पनि संघर्षमै छौं ।

यो संघर्षको केका लागि ?

अहिले देशमा चलिरहेको राजनीतिक असहजता र हाम्रो पार्टीभित्र चलेको बहस र संकटको स्थितिको सैद्धान्तिक, वैचारिक र राजनीतिक कारण के हो ?

म यसमा अलि जोड दिएर के भन्न चाहन्छु भने यो अहिले चलेको छलफल हामीले यो कम्युनिस्ट पार्टीलाई मार्क्सवाद, लेनिनवादका आधारमा निर्देशित पार्टी बनाउने कि वा बुर्जुवा मान्यताहरुलाई पक्डेर अगाडि जाने भन्ने बहस हो । त्यसकारण यसभित्र गम्भीर दार्शनिक र सैद्धान्तिक बहस अन्तरनिहित छ ।

मार्क्सवादलाई नै सैद्धान्तिक आर्दश मानेर त्यसको निर्देशनमा चल्ने र समाजलाई त्यहीअनुसार रुपान्तरण गर्न प्रयास गर्ने कि यथास्थितिमा बुर्जुवाहरुको जुन बर्चस्व देखिएको छ, त्योसँग तालमेल गरेर जाने भन्ने बहस हो यो ।

अर्को, कम्युनिस्ट पार्टीलाई निश्चित राजनीतिक मान्यता अन्तर्गत संगठित गरेर जाने कि यसलाई एउटा अराजक भिडका रुपमा लिने मुद्दा पनि यसभित्र अन्तरनिहीत छ ।

र, लामो वर्गसंघर्ष र बिचार संघर्षका रुपमा विकसित संगनात्मक सिद्धान्त (लेनिनवादी संगठानात्मक सिद्धान्त र जनवादी केन्द्रीयता ) लाई अवलम्वन गरेर जाने कि व्यक्तिलाई केन्द्रविन्दुमा राखेर अरु सबै सिद्धान्तहरुलाई अवमूल्यन/अपमान गरेर जाने भन्ने बहस यसभित्र अन्तरनिहीत छ । अनि, पार्टीको अधिनमा व्यक्ति हुने हो कि, व्यक्तिको अधिनमा पार्टी हुने हो भन्ने ठूलो सिद्धान्तको बहस पनि यसभित्र अन्तरनिहीत छ ।

समाजमा विवेकले सत्ताको नेतृत्व गर्ने हो कि, सत्ताले विवेकको नेतृत्व गर्ने ? हिजो हामी युद्ध/क्रान्तिका बेलामा भन्ने गर्दथ्यौं बन्दुकले पार्टी चलाउने हो कि पार्टीले बन्दुक चलाउने ? विश्वव्यापीरुपमा स्थापित सिद्धान्त के हो भने पार्टीले बन्दुक चलाउनुपर्छ, त्यो भनेको विवेकले सत्ता चलाउनुपर्छ भनेको पनि हो । सत्ताले विवेक चलाउने होइन । त्यसकारण यसभित्र अहिले हामीकहाँ पार्टीले सरकारलाई नीतिगत र मुलभूत निर्णयहरु गर्दा पार्टीको निर्देशनमा गर्ने कि सरकारले गर्ने ?

बुर्जुवा प्रजातन्त्रमा प्राइमिनिस्टर ‘अल इन अल’ भन्ने एउटा मान्यता छ । यद्यपि अहिलेको हाम्रो संविधानले त्यो कुरालाई मान्दैन । तर, पनि बुर्जुवाहरुले त्यो कुरालाई आमरुपमा स्थापित गर्ने प्रयास गर्दै आएका छन् । तर, त्यो कुरालाई कम्युनिस्ट पार्टीले मान्दैन । पार्टीले नीतिगत र मुलभूत निर्णयहरु पार्टीमा सामूहिक निर्णयका आधारमा अगाडि बढाउँछ र सरकारले त्यसको पालना गर्नुपर्छ भन्ने कुरा हो । त्यसकारण यो बहस पनि गम्भीर सैद्धान्तिक महत्वको बहस हो ।

हामीले सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तको पालना गर्ने कि व्यक्तिगत निर्णयको सामूहिक जिम्मेवारी लिइदिनुपर्ने ? यो उल्टो, विज्ञानविरोधी, इतिहासका आधारभूत नियमविरोधी, मार्क्सवाद लेनिनवादका आधारभुत सिद्धान्त विरोधी तरिकाले चल्ने ?

तपाईं–हामीले हेर्‍यौं भने अहिले निर्णयहरु व्यक्तिले गर्ने र समूहले त्यसको जिम्मेवारी लिइदिनुपर्ने । समूह त्यो निर्णय प्रक्रियामा सामेल हुन नपर्ने, नपाउने, नदिने, जे भनेपनि हुन्छ । तर, व्यक्तिले गर्ने निर्णयलाई समूहले जिम्मेवारी लिइदिनुपर्ने जस्तो जो भएको छ, त्यो पनि गम्भीर महत्वको सैद्धान्तिक विषय नै हो ।

हामी अर्थतन्त्र निर्माणको सन्दर्भमा नवउदारवादी पुँजीवादको बाटो पक्डेर जाने कि ? जस्तो–कि एमसीसीमा सम्झौता गर्दा त्यतिबेला प्रष्टसँग नवउदारवादी अर्थतन्त्रको पालना गरेको हुनुपर्ने एमसीसी सम्झौता स्वीकृतिका लागि भन्ने कुरामा नेपालले सहमति जनाएको देखिन्छ ।

अहिले हाम्रो सरकार पनि त्यही नवउदारवादी अर्थतन्त्रको बाटोमा, नवउदारवादी पुँजीवादको बाटोमा जान खोजेको र त्यसमा सैद्धान्तिक प्रतिवद्धता पटक–पटक व्यक्त गरेको देखिएको छ । यसले समाजवादतिर होइन, पुँजीवादी अराजकतातिर, वर्गहरुको विभेदलाई घटाउने होइन, वर्ग विभेदलाई बढाउँदै लाने बाटोतिर जान्छ, त्यसकारण यो ठीक छैन भन्ने बहस हो यो ।

समाजवादतिर जानका लागि सामाजिक न्यायसहित हामीले तीनखम्बे नीति भनेका छौं । सार्वजनिक, निजी र सहकारीको सन्तुलित र समन्वयका साथ अगाडि बढेर मात्रै समाजवादतिर जान सकिन्छ भन्ने हाम्रो संविधानको पनि परिकल्पना छ । र, हाम्रो पार्टीको घोषणापत्र, एकताका बेलाका हाम्रा सबै घोषणापत्र र सहमति पनि त्यही दिशातिर छन् । तर, हाम्रा कदमहरु, व्यवहारिकरुपमा त्यता गएका छन् त भन्दा त्यता गएका छैनन् ।

यसरी हेर्दा पुँजीवादतिर गएर समाजवाद हुन्छ ? पुँजीवादको बिउ रोपेर समाजवादको फल फल्छ त ? भन्दा, यो कहीँ कतै असम्भव कुरा हो । हामीले यो बहस गर्नुपर्ने भएको छ ।

हामी कुन बाटो जाँदैछौं ? हामी संविधानमा निर्देशित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्देशित समाजवादउन्मुख दिशातिर अगाडि बढ्दैछौं कि हामी पुँजीवाद उन्मुख हुँदैछौं भन्ने पनि अहिलेको बहसको एउटा महत्वपूर्ण मुद्दा हो ।

संगठनभित्र आउँदा पनि हामीले निश्चि विधि पद्दतिमा चल्ने कुरामा प्रतिवद्धता व्यक्त गर्ने कि नीति, विधि, पद्दति केही पनि होइन । एकचोटि निर्वाचित भएपछि नेता नै सबै कुरा हो भन्ने सिद्धान्त अपनाउने हो कि ? होइन । प्रत्येकपटक हामीले कमिटीको सर्वोच्चता, पार्टीको सर्वोच्चतालाई स्वीकार्नुपर्ने हुन्छ र व्यक्ति त्यसको अधीनमा हुन्छ भन्ने कुरालाई निरन्तर अंगीकार गर्ने भन्ने विषय पनि यसभित्र अन्तरनिहीत छ ।

हामीले सामूहिक निर्णय र उत्तरदायित्वको कुरा गर्दा यो सबैलाई लागू हुने कुरा हो । कम्युनिस्ट पार्टीमा जतिसुकै माथिल्लो स्तरमा पुगेको नेतालाई पनि त्यसले निरन्तर परीक्षा पास गरेको जस्तै जाँच दिइरहनुपर्ने हुन्छ । माथि पुगेपछि अब मैले टेष्टेड हुनुपर्दैन भन्ने हुँदैन । कम्युनिस्ट पार्टीभित्र आफ्नो आवश्यकता र औचित्यपूर्ण विधि र पद्दतिमा बसेर सिद्ध गर्न सक्नुपर्ने हुन्छ । बाँचुञ्जेलसम्म पद्दतिभित्र बस्नैपर्ने हुन्छ । र, मात्रै त्यो कम्युनिस्ट पार्टीको सदस्य वा कम्युनिस्ट पार्टीको जिम्मेवारी लिन लायक हुन्छ । त्यसकारण, यहाँ बहस त्यो विषयमा पनि छ ।

निश्चित तहमा पुगेपछि के उनीहरु अनुशासनभन्दा माथि हुने हो ? उनीहरु शासक जस्तो हुने हो ? या हिजो हामी जो विभिन्नखालका तानाशाहहरुसँग लड्यौं, अब फेरि त्यही ठाउँमा जाने हो ? या हामी साँच्चै नयाँ संस्कार र नयाँ संस्कृतिको स्थापना गरेर जाने हो भन्ने जस्ता असाध्यै महत्वपूर्ण सैद्धान्तिक, रणनीतिक मुद्दाहरु अहिले हाम्रो बहसमा छन् ।

यो बहसमार्फत मार्क्सवादी लेनिनवादी सिद्धान्त, पद्दति र संगठनात्मक विधि प्रक्रियालाई लामो संघर्ष र बलिदानीबाट स्थापित वैज्ञानिक मान्यताहरुमा टेकेर विकसित र परिमार्जित गर्दै निरन्तर अगाडि बढ्दै जाने प्रक्रियाका हामी पक्षपाती हौं । यही अनुसार नै पार्टी एकता भएको हो । र, यी विषय हामीभित्रका गम्भीर सैद्धान्तिक बहसका विषय हुन् ।

यो पदको छिनाझप्टी होइन

यहाँ अहिले जसरी भनिएको छ, सायद पदको छिनाझप्टी हो कि भन्ने कुरा । म के कुरा प्रष्ट गर्न चाहन्छु भने हामीले पार्टी एकता गर्दा पनि पदको छिनाझप्टीका रुपमा लिएनौं । यो देशको आवश्यकता हो, कम्युनिस्ट आन्दोलनको आवश्यकता हो र पार्टी र देशका हजारौं हजार नेता कार्यकर्ताहरुको जीवन र भविष्यसँग सम्बन्धित कुरा हो भनेर पार्टी एकता गर्‍यौं । हामीले नेतृत्व लिने वा पद प्राप्तिका निम्ति होइन, पदत्यागका रुपमा एकतालाई लिएका हौं ।

मैले पटक–पटक भनेको छु चाहे त्यो संविधान बनाउने बेलामा होस्, चाहे गठबन्धन गरेर चुनावमा जानेबेलामा होस्, म त्यतिबेलाको एउटा समूहको अध्यक्षको हैसियतले त्यो समूहको प्रतिनिधित्व गर्दै त्यहाँ पनि सल्लाह गरेर नै प्रधानमन्त्री कतैबाट अफर आयो भने पनि हामीले लिनुहुँदैन, संख्यालाई पनि महत्व दिनुपर्ने हुन्छ, त्यसकारण केपी ओलीलाई नै प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुपर्छ भनेर गठबन्धन र पार्टी एकता गरेको हो ।

त्यसकारण यो पदका लागि थिएन । कसैका लागि यो पदका लागि होला । सबैलाई त म भन्दिनँ पनि, होइन पनि । तर, हामीहरुका लागि त्यो पद प्राप्तिको भर्‍याङ थिएन पार्टी एकता ।

पार्टी एकतापछि थुप्रै जिकज्याकहरु भए पनि यो देशमा राजनीतिक स्थायित्व, कम्युनिस्ट आन्दोलनको राम्रो भविश्य र विकास र समृद्धिको एउटा नयाँ यात्रा, समाजवादतिरको यात्रा सुरु गर्ने उद्देश्यद्वारा प्रेरित थियो पार्टी एकता । र, हामीले त्यसै गर्‍यौं । ।

मंसिर ४ को कुरा गर्दा त्यतिबेला पनि मैले पदको कुरालाई उदारतापूर्वक, पछि झमेला र कचिङ्गल हुने जस्तो देखेर पनि मैले यदि पार्टीको कार्यकारी अध्यक्षका रुपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाउने हो भने अर्को अढाई वर्ष प्रधानमन्त्री हुने कुनै हतारो पनि छैन, त्यस्तो रुची पनि छैन, पार्टी राम्रोसँग चलोस्, सरकार राम्रोसँग चलोस् । त्यो नै ठूलो कुरा हो भनेर मंसिर ४ गते भएको सहमति राम्रोसँग बुझिदिनुभयो भने यथार्थ के रहेछ भन्ने बुझन सजिलो हुन्छ ।

त्यसकारण यो पदको लडाइँ थिएन हाम्रा लागि । हाम्रा लागि पदत्यागको प्रक्रियाद्वारा पार्टीलाई एकतावद्ध राख्ने, आन्दोलनलाई बलियो बनाउने प्रयास हो भनेर प्रष्ट गर्न चाहन्छु । अहिले पनि चलेको बहस अहिले पदप्राप्तिको भन्ने विलकुल गलत हो ।

पोलिसी सिफ्ट गरेर अराजकतातिर लगियो

गएको केन्द्रीय समितिको बैठकसम्म आउँदा मैले अध्यक्षको हैसियतले, एउटा स्थायी समितिको बैठकको अध्यक्षता गरेँ र एउटा केन्द्रीय समितिको अध्यक्षता गरेँ । दुईटा सचिवालयका बैठक, एउटा स्थायी समितिको बैठक र एउटा केन्द्रीय समितिको बैठक सम्भवत पार्टी एकता गरेपछिका सबैभन्दा जनवादी छलफल र वातावरणमा सम्पन्न भएका बैठकहरु हुन् ।

सबै निर्णयहरु सर्वसम्मतरुपमा लिएका हुन् । निर्णयहरु पनि मुलभूत रुपमा सही भए र केन्द्रीय समितिको बैठकमा आउँदा त पूर्वसमूहका आग्रह–पूर्वाग्रह मेट्नेसम्मका उल्लेख्य सहकार्य, अन्तरक्रिया भए र सामूहिक निर्णय लिने थलोका रुपमा केन्द्रीय समितिको बैठकको निर्णयलाई राम्रैसित स्थापित गरियो पनि ।

केन्द्रीय समितिका सबै सदस्यहरु र वरिष्ठ नेताहरुको सहयोगमा सफलतापूर्वक सम्पन्न भए । हलबाट निक्लँदा केन्द्रीय समितिका सबै सदस्यहरुको अनुहार उज्यालो, नयाँ भरोसा, नयाँ आत्मविश्वास, अब पार्टी बन्ने भयो, अब आन्दोलन जाने भयो, अब राम्रो हुने भयो भन्ने एउटा नयाँ विश्वास लिएर नै केन्द्रीय समितिका कमरेडहरु बाहिर निस्केको स्थिति थियो ।

तर, दुर्भाग्य, केही साथीहरुलाई, अझ अर्को अध्यक्ष र प्रधानमन्त्री समेतलाई पनि त्यो सफल केन्द्रीय समितिको बैठक साँच्चै बिडम्बना जस्तो भयो । र, उहाँहरुले अलग भेला गरेर अबचाहिँ हाम्रो स्थिति रक्षात्मक भयो भन्दै पोलिसी सिफ्ट गर्नुपर्‍यो भनेर उहाँहरुले पोलिसी सिफ्ट गर्नुभयो ।

एउटा गोप्य गुटको भेला गरेर पोलिसी सिफ्ट के गर्नुभयो भने अब पूर्वएमाले जतिलाई एकारित पार्नपर्‍यो, पूर्वमाओवादीमाथि आक्रमण गर्नपर्‍यो र पूर्वमाओवादीभित्रका पनि असन्तुष्ट कोही छन् भने तिनलाई तान्ने कोसिस गर्नपर्‍यो र प्रचण्डमाथि मुख्यरुपमा र प्रचण्ड नजिक भएकाहरुमाथि मुख्यरुपमा आक्रमण गर्नुपर्‍यो भनेर केन्द्रीय समितिको बैठक भएको केही दिनपछि उहाँहरुले पोलिसी सिफ्ट गर्नुभयो ।

सफल केन्द्रीय कमिटीको बैठकबाट त उत्साहित भएर ल राम्रो भयो भनेर झन अगाडि जान सहयोग गर्नुपर्नेमा पोलिसी नै सिफ्ट गरेर अराजकतातिर लैजाने प्रक्रियाको सुरुवात भयो ।

मैले प्रधानमन्त्रीसित अर्का अध्यक्षसित कुरा गर्दा पनि मैले भन्ने कुरा के हो भने तपाईंहरुले पोलिसी सिफ्ट गरेपछि सबै कुरा बिग्रियो । १५ दिनभित्र सक्ने भनेको एकता प्रक्रिया सक्नै नदिनेतिर तपाईहरु जानुभयो । बैठक बस्नै नदिनेतिर जानुभयो र अहिले सबै चिज ठप्प भयो ।

बल्ल–बल्ल सचिवालय बसेर एकाध गरेका निर्णय पनि अर्को अध्यक्षले म मान्दिनँ भन्दिएपछि चाहिँ अब ठूलो क्राइसिसतिर पार्टी गयो । सचिवालयमा उहाँसमेत भएर निर्णय गरिएको २ घण्टापछि म यो निर्णय मान्दिनँ भन्दा पनि हेरेर बस्नुपर्ने जस्तो बिचित्रको स्थिति पैदा भयो । त्यसपछि पनि लगातार, पार्टीसँग सल्लाह नगरी, पार्टी कमिटीमा कहीँ बहस, छलफल नगरिकन थुप्रै कामहरु हुन थाले ।

तपाईंहरुले देख्नुभएको छ, राजदुत नियुक्ति, राजदुत फिर्ता, भीसी नियुक्ति, भूमि आयोगको गठन, सबै सल्लाह गरेर सहमतिका साथ भएको थिएन ।

पछिल्लोचोटिको केन्द्रीय समितिपछि मैले देखें, त्यो प्रचण्डसँग बदला लिने उद्देश्यद्वारा प्रेरित भए सबै निर्णयहरु । मैले गरेको कुनै नियुक्ति छ भने त्यसलाई हटाइदिने । कोही मान्छे मसँग भेट्न जाने गरेको थाहा पाइयो भने कुनै अफिसर, ब्युरोक्रेट्स, त्यसलाई ह्युमिलेट गर्ने र मसँग बदला लिने । यो बदला लिने कुरा कहाँसम्म पुग्यो भने दुईटा अध्यक्षको कुर्सी अगाडि हुन्छ, एउटा कुर्सी नै हटाइदिने ।

यो कुर्सी हटाउने प्रावधिक कुरा मात्रै होइन, त्यो व्यक्तिवादको र आफ्नो विचारभन्दा अलिकति फरक भयो भने त्यसलाई निषेध गर्ने निशेधात्मक सोचको परिणाम हो । र, अर्कोलाई अपमानित गर्ने, आफ्नै कामरेडलाई अपमानित गर्दा आनान्दानुभूति गर्नेखालको सोचको अभिव्यक्तिका रुपमा थियो त्यो । पछि यसबारेमा सचिवालयमा ठूलो छलफल चल्यो । योभित्र टेक्निकल कुरामात्रै छैन, विचार र प्रवृत्तिको कुरा हो ।

एकताका पक्षधर र फुटवादी सोचवीचको लडाइँ

अहिले पार्टी एकतालाई महत्व दिने र सुदृढ गर्ने ढंगले सोच्ने कि पार्टी एकता घाँडो भयो अब, माथि आइहालिएकै छ, माथि चढिएकै छ, भर्‍याङचाहिँ फालिदिने भन्ने ढंगले सोच्ने भन्नेबीच लडाइँ चलिराखेकै छ । हामी पार्टी एकता बचाउनुपर्छ भन्नेतिरबाट बल गरिराखेका छौं । अर्को, अध्यक्ष कमरेडले पार्टीको निर्णय मान्दिनँ भनेपछि पार्टी एकता बच्ने कुरा भएन ।

पार्टी एकताका बेलामा भएका राजनीतिक सहमतिको कुरा गर्दा जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद र माओवादसम्बन्धी मान्यतालाई आत्मसाथ गर्दै बदलिएको नयाँ परिस्थितिमा त्यसलाई परिमार्जन गरेर जाने भन्ने र हालका लागि समाजवाद उन्मुख जनताको जनताको जनवादका रुपमा कार्यदिशालाई व्याख्या गरिएको छ र महाधिवेशनसम्म त्यसलाई पनि परिमार्जन गर्ने पनि भनिएको छ ।

तर, अहिले तपाईहरुले हेर्नुभयो भने देशभरि विभिन्न कार्यक्रमहरु भएका छन्, त्यसमा ब्यानरमा लेखिएको हुन्छ– जनताको बहुदलीय जनवाद जिन्दावाद ! र, त्यसअन्तर्गत कार्यक्रम हुन्छन् । स्थायी समितिका नेता पनि त्यहाँ गएर बोल्छन् ।

फेरी के भयो ? पुस्पा अधिकारि बोल्नै सकिनन्, ममाथि दुर्ब्य’बहार गर्यो भन्दै पर्‍यो च’ र्का’ चर्कि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here