Home News अनिताको हात गो’डानै च’ल्न थालेपछि उनको उप’चार गर्ने डा’क्टर पहिलो पटक मिडियामा,...

अनिताको हात गो’डानै च’ल्न थालेपछि उनको उप’चार गर्ने डा’क्टर पहिलो पटक मिडियामा, बल्ल फर्कियो परिवारमा खुसि

523
0

अनिताको हात गो’डानै च’ल्न थालेपछि उनको उप’चार गर्ने डा’क्टर पहिलो पटक मिडियामा, बल्ल फर्कियो परिवारमा खुसि





याे समचार पनि पढ्नुहोस्
७९ वर्षीय बाइडन निकै प्रौढ उमेरमा अमेरिकी राष्ट्रपति विजयी भएका हुन्। अमेरिकी इतिहासमा बाइडन नै सबैभन्दा वृद्ध उमेरमा राष्ट्रपति बन्न पुगेका छन्। उनी १६० वर्षअगाडि पनि पाको उमेरका अब्राहम लिंकन अमेरिकी राष्ट्रपति बनेका थिए। डेमोक्र्याटिक पार्टीका सदस्य बाइडनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको ४७ औं उपराष्ट्रपति र सन् १९७३ देखि २००९ सम्म डेलावेयरबाट सिनेटर थिए।

उनी बाइडेन स्क्र्यान्टन, पेन्सिल्भानिया र न्यू क्यासल काउन्टी, डेलावेयरमा हुर्किएका थिए। उनले सन् १९६५ मा डेलावेयर विश्वविद्यालयबाट इतिहास र राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गरेका थिए। पछि उनले सन् १९६८ मा सिराक्युज विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेका थिए। कानुनको कक्षामा जम्मा ८५ विद्यार्थी रहेकोमा आफू ७६ औं तहको विद्यार्थी भएको बाइडेनले जानकारी दिएका थिए। त्यसको एक वर्षमा उनी डेलावेयर बारको परीक्षा पास गरेका थिए। त्यसलगत्तै सन् १९७० मा न्यू क्यासल काउन्टीका पार्षद निर्वाचित भएका थिए।




त्यसको दुई वर्षमा सन् १९७२ मा उनी डेलावेयरबाट अमेरिकी सिनेटमा निर्वाचित भए। २९ वर्षकै उमेरमा उनी सिनेटर बन्न पुगेका थिए। अमेरिकी इतिहासमा उनी सबैभन्दा कम उमेरमा सिनेटर बन्ने छैटौँ व्यक्ति हुन्। उनका हजुरबा डेमोक्र्याटिक विचारधाराका कट्टर समर्थक थिए। त्यसैबाट उनी डेमोक्र्याटिक पार्टीमा आकर्षित भएका थिए।

बाइडन लामो समयसम्म सिनेट विदेश सम्बन्ध समितिका सदस्य रहे र पछि अध्यक्ष पनि बन्न पुगे। उनले सन् १९९१ मा अमेरिकाले इराकमाथि गरेका आक्रमणको विरोध गरेर चर्चामा आए तर पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार र युगोस्लोभाकियामा अमेरिकी हस्तक्षेपको समर्थन गरे। उनले सन् १९८७ देखि १९९५ मा सिनेटमा न्यायपालिका समितिको अध्यक्ष रहे। सन् १९८८ र २००८ मा डेमोक्र्याटिकका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्न खोजे पनि असफल रहे। बाइडन ६ कार्यकाल सिनेटर बने। सन् २००८ मा बराक ओबामा राष्ट्रपतिमा विजयी भएपछि उपराष्ट्रपतिका रूपमा काम गर्नुपर्ने भएपछि उनले सिनेटरबाट राजीनामा दिएका थिए। त्यतिखेर उनी सबैभन्दा वरिष्ठ चौथा सिनेटर थिए। सन् २०१२ मा ओबामा पुनः विजयी भएपछि पुनः उपराष्ट्रपति बनाइए।

सन् २००९ मा आर्थिक मन्दीका वेला उपराष्ट्रपतिका रूपमा उनले सक्रिय भूमिका खेलेका थिए। उनले अमेरिका–रूसबीच नयाँ सन्धि, लिबियामा सैन्य हस्तक्षेपको समर्थन गरे। सन् २०११ मा इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने नीतिमा उनको भूमिका थियो। स्कुलमा गोली आक्रमणमा कैयौँ विद्यार्थी हताहत भएपछि बाइडनले बन्दुक हिंसा कार्य दलको नेतृत्व गरे।

बाबु जोसेफ रबिनेट बाइडन र आमा क्याथरिन युजेनियाका जेठा छोराका रूपमा उनी जन्मिएका थिए। क्याथोलिक इसाई बाइडनका पिता आइरिस मूलका नागरिक थिए। बाइडनको विवाह सन् १९६६ मा नेलियासँग भएको थियो। उनका तर्फबाट छोरी नाओमी र हन्टर जन्मिएका थिए। सन् १९७२ मा कार दुर्घटनामा पत्नी नेलिया र नाओमीको मृत्यु भएको थियो। सन् १९७७ मा उनले जिल ज्याकब्ससँग दोस्रो बिहे गरेका थिए। उनका तर्फबाट जन्मिएका छोरा बीयु बाइडनको ब्रेन क्यान्सरबाट सन् २०१५ मा निधन भइसकेको छ भने छोरी आश्ले बाइडन जीवित छन्। उनका सन्तान हन्टर बाइडन पनि जीवितै छन्।

बाइडनमाथि विभिन्न आरोप लागेका छन्। बेलायतको लेबर पार्टीका नेता नील किनोकको भाषणको चोरी गरेको आरोप लागेको थियो। यसैगरी बाइडनले कानुनको विद्यार्थी हुँदा प्रथम वर्षमा कानुनको समीक्षाको लेख चोरी गरेको स्वीकार गरेका थिए। सिनेट कार्यालयमा काम गर्ने एक महिलाले सन् १९९३ मा बाइडनबाट यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन्। सन् २००७ मा बाइडनले इराकस्थित शान्ति क्षेत्रमा गोली चलेको र आफूले त्यो देखेको दाबी गरेका थिए।

उनका पिता पेट्रोलियम पदार्थको व्यापार गर्थे। तेलको कारोबार डुबेपछि उनका पिताले पुराना कार बेच्न थालेका थिए। त्यतिखेर बाइडनले भट्टीको सरसफाइ गर्न थालेका थिए। आर्थिक स्थिति निकै खराब भएपछि बाइडनले पढाइ खर्च उठाउन स्कुलका झ्याल सफा गर्ने र स्कुलका बगैँचामा काम गरेका थिए। उनी पढाइमा सामान्य विद्यार्थी रहेको र अंग्रेजी विषयमा कमजोर थिए। उनी लजालु स्वभावका थिए। २० वर्षको उमेरमा ऐना सामु उभिएर उनले कविता पाठ गरेर आफूलाई सबल बनाउन सिकेका थिए।

राष्ट्रपति बाइडनको वार्षिक पारिश्रमिक करिब ४ लाख अमेरिकी डलर अर्थात् ४ करोड ७० लाख नेपाली रुपैयाँ हुन्छ। यसका साथै ५० हजार डलर भत्ता र १ लाख डलर (१ करोड १७ लाख ३९ हजार रुपैयाँ) यात्रा खर्च प्रदान गरिन्छ। यसका साथै राष्ट्रपतिलाई मनोरञ्जनबापत वार्षिक १९ हजार डलर (२२ लाख ३० हजार रुपैयाँ) व्यवस्था गरिन्छ। राष्ट्रपतिकी पत्नीको कुनै तलब भत्ता हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here