Home News Rabi Lamichhane बोल्दा बोल्दै आँ’खाभरि आँ’सु ! ‘मलाई ढुंगाले हान्नु’ भन्दै News...

Rabi Lamichhane बोल्दा बोल्दै आँ’खाभरि आँ’सु ! ‘मलाई ढुंगाले हान्नु’ भन्दै News 24 बाट यसरी बिदाई ( रबि दाई लाई मायाँ गर्नेहरुले सेयर गराै)

726
0

Rabi Lamichhane बोल्दा बोल्दै आँ’खाभरि आँ’सु ! ‘मलाई ढुंगाले हान्नु’ भन्दै News 24 बाट यसरी बिदाई



याे समचार पनि पढ्नुहोस्

पार्टी विभाजनसँगै कतै नलागी अभियानमा जोडिएका गौतमको नजर ओली समूहको अध्यक्षमा पनि उत्तिकै छ । जहाँ गौतमले यसको सम्भावना पनि देखेका छन् । पार्टी विभाजनपछि दाहाल–नेपाल समूहमा दाहाल र नेपाल अध्यक्ष भइसकेका छन् भने ओली समूहमा ओली एकल अध्यक्ष छन् । गौतम ओली प्रधानमन्त्री र आफू पार्टी अध्यक्ष बन्ने पक्षमा रहेको एक नेता बताउँछन् ।



गौतम आफैंले पनि ओलीसँग अध्यक्ष पद दिन प्रस्ताव गरेको तर ओली अझै तयार नदेखिएको बताएका छन् । हालै एक टीभीलाई दिएको अन्तर्वार्तामा गौतमले भनेका थिए, ‘म कतै लागेको छैन, पार्टी एक बनाउनै मेरो कोसिस छ, नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर हिँडेको छु । मैले प्रधानमन्त्री केपी ओलीलाई तपाईं प्रधानमन्त्री चलाउनुस्, मलाई पार्टी अध्यक्ष दिनुस् भनेको हुँ, उहाँले मान्नुभएन ।’

अन्तर्वार्तामा गौतमले बताएअनुसार ओलीले भनेका थिए, ‘निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दैछु । चुनावमा जान लागेको सिपाही डिमोरलाइज भएर जान चाँहदैन । यो बेला तपाईंले भनेजस्तो अध्यक्ष पद छोड्न सकिदैन ।’

गौतमले प्रधानमन्त्री ओलीसँगको संवादबारे निकट नेताहरुलाई पनि जानकारी दिने गरेका छन् । पार्टी विभाजनपछि गौतमले आफूलाई नेकपाको उपाध्यक्ष भन्न छाडेका छन् । ‘नेकपा एकता राष्ट्रिय अभियान’को संयोजकको हैसियतमा आफूलाई उभ्याएका छन् । नेकपा विभाजनपछि दुवै समूहले आफ्नो कित्तामा ल्याउन कोसिस गरे पनि गौतमले मध्यमार्गी बाटो लिएका छन् । गौतम ओली समूहको नेकपाको अध्यक्ष बन्नेमा आशावादी छन् । तर, सार्वजनिक रुपमा गौतमले पार्टी एकता नहुँदासम्म आफू तटस्थ रहने बताउँदै आएका छन् ।

गौतमले ओलीसँग पार्टी एकता गराउने उद्देश्यका साथ आफूले अध्यक्ष पद मागेको पनि बताउने गरेका छन् । त्यसो भए दाहाल–नेपाल समूहलाई एकतामा ल्याउन सकिने दावी उनको छ । ओलीले अध्यक्ष पद छोडे फेरि पार्टी एकता हुनसक्ने गौतमको विश्वास छ । तर, बीचमा बसेर पार्टी एकतामा मद्दत हुनेमा दाहाल–नेपाल समूहमा भने शंका छ ।

‘उहाँको मनसाय के छ त्यसमा जान चाहन्नँ । भोलि देखिँदै जाला । हामी कतैतिर नलाग्ने भन्दै गएर एकातिर लाग्ने भयो भने भोलि त्यही उद्देश्यका लागि गरेका रहेछन् भन्ने अर्थ लाग्छ । जहाँसम्म पार्टी एकताका निम्ति साझारुपमा बीचमा बसेर जबसम्म यो स्थिति बन्दैन तबसम्म म कहीँ पनि जादिनँ भन्नुभयो भने त्यो कदमलाई नराम्रो ठान्दिनँ । तर, यसरी बीचमा बसेर कतै नलाग्दा पार्टी एकता हुन्छ भन्ने पनि लाग्दैन । किनभने अहिलेसम्म यसरी बीचमा बस्ने मान्छेले पार्टी एकतामा भूमिका खेल्न सकेको एउटा पनि उदाहरण छैन,’ दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने ।

अध्यक्ष दाहालले पनि तत्काल एकताको सम्भावना नरहेको सार्वजनिकरुपमै स्पष्ट पारेका छन् । ‘ओलीबाट गम्भीर राजनीतिक अपराध भएकाले तत्काल एकताको सम्भावना कम छ,’ दाहालको भनाई छ । गौतमले विभाजन र संसद् विघटनमा दुवै पक्षलाई बराबर जिम्मेवार ठानेका छन् । यसलाई लिएर दाहाल–नेपाल समूह गौतमको भूमिकाप्रति शंसकित छ ।

‘विभाजनमा दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल हुँदैन कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा छु । पार्टी एकता अपरिहार्य छ, बुझ्न सकियो भने,’ पुस २३ मा राष्ट्रियसभामा गौतमले भनेका थिए । त्यसयता गौतमले यस्तै भनाई दोहोर्‍याउँदै आएका छन् ।

त्यसै दिन गौतमले संसद् विघटनमा पनि दुवैपक्ष जिम्मेवार रहेको बताएका थिए । ‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको छ,’ गौतमको भनाई थियो ।

सुरुमा संसद् विघटनलाई असंवैधानिक भनेका गौतमले पछिल्लोपटक यसलाई असंवैधानिक भन्न छाडेका थिए । उनी आफैंले यसबारे पुस २३ मा राष्ट्रिय सभामा भनेका थिए, ‘सुरुमा मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिट संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक भन्न मिल्दैन । त्यही भएर म चुप छु । अदालतले पुनःस्थापना गरेछ भने पनि असंवैधानिक हो त्यही भएर पुनःस्थापना भन्ने छैन । निर्वाचनलाई जारी गरेछ भने त त्यो संवैधानिक नै हो भन्ने होला ।’ गौतमको यो अभिव्यक्ति ओली समूहमा जाने र अध्यक्ष बन्ने महत्वकांक्षाको एउटा अंश भएको दाहाल–नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् ।

त्यसो त गौतमनिकट एक नेता पनि ढिलो चाँडो गौतम एउटा पोलमा उभिने बताउँछन् । ‘विगतमा आफूले पार्टी फुटाएर दुख पाएको अनुभव छ उहाँसँग । फेरि आफ्नै अगाडि त्यहीखालको परिस्थिति आउँदा अरु नेतालेभन्दा बढी आकलन गर्नु भयो,’ गौतमनिकट ती नेता भन्छन्, ‘त्यही भएर संभव भएसम्म पार्टीलाई बचाउन सकिन्छ कि भनेर अभियानको कोसिस हो । भएन भने राजनीति गर्ने मान्छे सधैं बीचमा बसेर हुँदैन । एउटा पोलमा त जानैपर्छ, जानुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरेपछि त्यसप्रति आक्रमक रहेका गौतम क्रमशः ओलीको कदमप्रति ‘नरम’ देखिँदै आएका छन् । दाहाल–नेपाल समूहले ओलीप्रति गौतमको ‘नरमपना’लाई सहज राजनीतिक घटनाक्रम मानेका छैनन् । दाहाल–नेपाल समूहका एक नेता भन्छन्, ‘संसद् विघटनजस्तो कदममा उहाँ (गौतम) को नरम नीति असामान्य छ । यसभित्र केही न केही स्वार्थले काम गरेको छ ।’

गौतमले पुस २५ मा सामाजिक सञ्जालमार्फत् एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । ‘पार्टीको एकता जोगाउन वा पुर्नएकीकरण गर्ने उद्देश्य लिएर म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु’ गौतमको अपिलमा छ ।

गौतमले आफूले पार्टी विभाजनको औचित्य नै नदेखेको भन्दै दुवै पक्ष लाज लाग्ने गरी गाली गलौजमा उत्रेकोमा चिन्ता पनि जनाएका छन् । उनको अपिलमा आग्रह थियो, ‘पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं । नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस् ! तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् । कुनै पनि समूहका नेता कमरेडहरुको गाली गलौजको शैलीमा विरोध नगर्नुहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here