Home News जर्मनीमा आधा सेकेन्डमा २ बिस्फोट, आवाज २७५ किमीसम्म सुनिएको थियोः चीनमा ३...

जर्मनीमा आधा सेकेन्डमा २ बिस्फोट, आवाज २७५ किमीसम्म सुनिएको थियोः चीनमा ३ सय भवन, १२ हजार कार ध्वस्त भएको थियो

81
0

लेबनानको राजधानी बेरुतमा १ सय ३५ जनाको ज्यान लिएको बिस्फोटको कारण अमोनियम नाइट्रेट हो जुन एक भण्डारमा पछिल्लो ६ वर्षदेखि जम्मा गरेर राखिएको थियो । यसै गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा आगो लाग्यो र जोडदार गरिकाले बिस्फोट भयो । यो बिस्फोट यति भयानक थियो कि यसको आवाज २ सय ५० किलोमिटर टाढासम्म सुनियो ।

अमोनियम नाइट्रेट सबैभन्दा खतरनाक बिस्फोटक रसायन हो जुन विभिन्न कामका लागि प्रयोग गरिन्छ । तर साधारणतया यसको प्रयोग कि त खेतीमा कि त बम बनाउन लागि गरिन्छ । यदि यसमा थोरै मात्र पनि आगलागी भए यसमा जोडदार तरिकाले बिस्फोट हुन्छ । साथै नाइट्रोज अक्साइड र अमोनियाजस्ता खतरनाक ग्यास पनि निस्कन्छन् ।

लेबनानमा भएको यो बिस्फोटपछि उक्त भण्डारमा यतिधेरै अमोनियम नाइट्रेट कसरी जम्मा भयो र त्यसमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।

यद्यपि, अमोनियम नाइट्रेटका कारण यति ठूलो बिस्फोट भएको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै घटना भइसकेको छन् । तिनै दुर्घटनामध्ये यस्ता ७ दुर्घटना छन् जो यति खतरनाक थिए कि जमिनमा भएको बिस्फोटले आकाशमा उडिरहेको विमानसमेत खसेको थियो ।

१. २१ सेप्टेम्बर १९२१: ओपो, जर्मनी

कति खतरनाकः २७५ किमि टाढासम्म सुनेको थियो बिस्फोटको आवाज

सन् १९११ मा सुरु भएको यो प्लान्टमा अमोनियम नाइट्रेट र अमोनियम सल्फेटको साढे चार हजार टन मिक्सचर स्टोर गरेर राखिएको थियो । २१ सेप्टेम्बर बिहान करिब ७ बजेर ३२ मिनेटमा आधा सेकेन्डभित्र दुई शक्तिशाली बिस्फोट भए । यो बिस्फोटमा ४५० टनको फर्टिलाइजरमा बिस्फोट भएको थियो । यो बिस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको भित्र नै ९० मिटर खाल्डो बनायो । यो खाल्डोको चौडाई १२५ मिटर र गहिरो १९ मिटर थियो ।

यो बिस्फोट यति शक्तिशाली थियो कि यसको आवाज म्यूनिखसम्म सुनिएको थियो । म्यूनिखको दुरी यो पलान्टभन्दा २ सय ७५ किमी थियो । यतिमात्रै होइन, यो बिस्फोटमा ओपोको ८० प्रतिशत भवन ध्वस्त भएको थियो जबकी साढे ६ हजार बढी मानिस घरबार बिहिन भएका थिए । २५ किमीको दायरमा रहेका घरको झ्याल फटे । बिस्फोटपछि ओपोका २० किमीको दायरको ट्राफिक रोकिएको थियो । बिस्फोटका कारण थुप्रै घरको छत उडेका थिए ।

त्यतिबेला उक्त घटनाले १७ लाख डलरको क्षती भएको थियो जुन अहिलेको हिसाबले २.५२ करोड डलर हुने थियो । बिस्फोट भएको ४८ घण्टाभित्र ५ सय शव भेटिएको थियो । पछि मृतकको संख्या ५ सय ६१ सम्म पुग्यो ।

बिस्फोटमा मारिएकाहरुको अन्तिम संस्कारमा जर्मनीका तत्कालीन राष्ट्रपति फ्रेडरिक एबर्ट र प्रधानमन्त्री ह्यूगो लेरचेनफेल्डसमेत ७० हजार जर्मन नागरिक समावेश भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here