Home Entertainment प्रिज्मा र प्रिन्सीले विवाह फागुन मै हुन्छ भन्दा बलेको यस्तो छ जवाफ...

प्रिज्मा र प्रिन्सीले विवाह फागुन मै हुन्छ भन्दा बलेको यस्तो छ जवाफ हेर्नुहोस् | Bale, Prizma Princy

174
0

प्रिज्मा र प्रिन्सीले विवाह फागुन मै हुन्छ भन्दा बलेको यस्तो छ जवाफ हेर्नुहोस् | Bale, Prizma Princy




याे समचार पनि पढ्नुहोस्
जसरी संविधानले नागरिकको राजनीतिक हक–अधिकारबारे बोल्छ, त्यसैगरी उसको सांस्कृतिक महत्ता सम्पदामा झल्किएको हुन्छ। संविधानले नागरिकलाई राजनीतिक प्राणी बनाउँछ भने उसलाई सांस्कृतिक र सामाजिक प्राणी बनाउने सम्पदाले हो। यी दुवैबिना मान्छेको जिन्दगी चल्दैन।



जन्मेदेखि नै मान्छेका सीमा तय गरिएका हुन्छन्। केही सीमा राज्यले तय गर्छ, जसको व्याख्या संविधानको पुलिन्दामा भेटिन्छ। अर्कातिर केही सीमा परिवार र समाजले कोरेको हुन्छ। ऊ चाडपर्व मनाउँछ। गुठी लगायत सामाजिक समूहमा मिलेर बस्छ। जात्रापर्वको उल्लासमा रमाउँछ। मन्दिर र चैत्य धाउँछ। बहाल र डबलीमा एकअर्कासँग दुःखसुख बाँड्छ। त्यहीँ बसेर राज्य र समाजको कुरा पनि गर्छ। यी सबै मान्छेलाई निजीबाट सामाजिक बनाउने अंगहरू हुन्।

जात्रापर्व मनाउनु भनेको भोजभत्तेर खानु र रक्सी पिएर मात्तिनु होइन। यो धार्मिक आस्था मात्र पनि होइन। पुर्खाले सिकाएर गएकाले त्यसलाई निरन्तरता दिन मात्र हामी जात्रापर्व मनाउँदैनौं। जात्रापर्व भनेको यस्तो डोरी हो, जसले समाजलाई बाँधेर राख्छ। जसरी रगतको नाताले परिवारलाई जोड्छ, मायाको डोरीले श्रीमान र श्रीमतीलाई जोड्छ, त्यसैगरी जात्रापर्व र गुठीको डोरीले व्यक्तिलाई समाजसँग जोड्छ। निजी आकांक्षाहरू घरभित्र राखेर व्यक्तिलाई समाजमा समाहित गराउँछ।

हाम्रो सांस्कृतिक र सामाजिक सम्बन्धको सीमा तय गर्ने र हामीलाई निजीबाट सामाजिक बनाउने सम्पदाले हो। जुन दिन सम्पदा मासिन्छ, त्यो दिन हामी निजी मात्र हुन्छौं, सामाजिक रहँदैनौं।

नागरिकको यही सामाजिक अस्तित्वलाई सत्ता आँखाको कसिंगर ठान्छ। संविधानले दिने नागरिक हक–अधिकारले सत्ताको दायरा खुम्च्याएजस्तै मान्छेले सामाजिक स्वरूपबाट प्राप्त गर्ने एकताको बलले पनि सत्तालाई नागरिकको अगाडि कमजोर तुल्याउँछ।

स्कुलमा पढेको एउटा नैतिक कथा तपाईंहरूलाई याद होला। त्यो नैतिक कथाले भन्छ– हामी एकजुट भयौं भने कसैले परास्त गर्न सक्दैन। जुन दिन छरिन्छौं, हामी कमजोर हुन्छौं। हाम्रो अस्तित्व सजिलै नामेट हुन्छ।

सत्ता पनि सधैं हामीलाई छरिएको र कमजोर देख्न चाहन्छ। ऊ हामीलाई निजी रहरहरूमा सीमित पार्न खोज्छ। हामी जति घरको चौघेरामा बाँधिएर बस्यौं, सत्तालाई उति सन्चो। किनकि उसलाई डर छ, सामाजिक भयौं भने हाम्रो शक्ति बढ्छ। हामी एकीकृत रूपमा आफ्नो हितबारे बोल्न सक्छौं। सत्तालाई प्रश्नको वाण चलाउन सक्छौं।

यसका कयौं उदाहरण छन्। गुठी विधेयक ल्याउनु गलत थियो भनेर धेरैथरी समूहले आवाज उठाए, सरकारले सुने–नसुन्यै गर्‍यो। जुन दिन हजारौं मान्छे सडकमा ओर्ले, सरकार विधेयक फिर्ता लिन बाध्य भयो। रानीपोखरीमा गलत काम हुँदैछ भनेर धेरैले कुरा उठाए, सामाजिक सञ्जालमा लेखे, काठमाडौं महानगरपालिकाले टेर्दै टेरेन। जुन दिन नागरिक सडकमा ओर्ले, उनीहरूको आवाज बल्ल सुनुवाइ भयो।

त्यसैले, नागरिकलाई राजनीतिक अधिकार दिने संविधान र सांस्कृतिक–सामाजिक रूपले बाँधेर राख्ने सम्पदालाई सही दिशामा ल्याउन यी दुवैमाथि हुँदै आएका अतिक्रमण रोक्न जरूरी छ। यस निम्ति फरक–फरक समूहमा उभिएका दुवैथरी नागरिक आन्दोलनकर्मीहरू संविधान–सम्पदा रक्षार्थ अब एकठाउँ उभिनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here