Home News दुनियाँ च’कित् हुने चीनको चम’त्कार ! सार्वजनिक गर्यो अत्यन्तै तिब्र गतिमा कुद्ने...

दुनियाँ च’कित् हुने चीनको चम’त्कार ! सार्वजनिक गर्यो अत्यन्तै तिब्र गतिमा कुद्ने यस्तो नयाँ रेल !China

346
0

दुनियाँ च’कित् हुने चीनको चम’त्कार ! सार्वजनिक गर्यो अत्यन्तै तिब्र गतिमा कुद्ने यस्तो नयाँ रेल !China




याे समचार पनि पढ्नुहोस्

गाउँबाट बसाइँ सरेर जानुको एउटा प्रमुख कारण कुवा सुक्नु पनि थियो। गाउँका भित्तामा डोजर चलाएपछि ठूला रूख ढल्न थाले। त्यसपछि कुवा र पानीका मुहान सुक्न थाले।

कुवा सुकेपछि गाउँलेहरूले गाउँ नै छाड्न थाले। ‘त्यसपछि त गाउँको बारेमा सोच्ने र यसलाई हराभरा राख्नुपर्छ भनेर चिन्ता गरिदिने कसले ? जब पानी नै सुक्न थालेपछि गाउँको स्वत्व केमा पो रह्यो र !’ उनी गुनासोले भरिएका छन्।



अन्ततः गाउँमा कोदो फल्ने बारीका कान्ला भत्काउँदै सडक बनाउने डोजरले गाउँलाई विकास गर्नुभन्दा धेरै गाउँ उजाडचाहिँ बनाएछन्। बाहिरबाट गएर जग्गा किन्नेहरूले पनि प्लट बनाएर धन्धा चलाउने भए नै। सुकेको पानीको मुहान फेरि उमार्नेमा स्थानीय सरकार वा ती डोजरवालाहरूको विवेक पुगेनछ।

रूखबाट खसेर पतिको मृत्यु भएपछि ४५ वर्षीया कुमारी राईको परिवारमा घाम अस्ताएझैं भयो। सबैभन्दा मुस्किल त उनलाई पाँच सन्तानलाई पालनपोषण गर्न नै भयो। के खुवाउने, कसरी पढाउने र लत्ताकपडा केले किनिदिने आदि। जब मोरङको याङसिलामा कृषि तालिम लिने मौका उनलाई पनि मिल्यो, त्यसपछि भने कुमारीको जीवन नै बदलिएछ। ‘त्यसपछि कृषिको सीप भयो।

हामीले गर्ने पुरानो तरिकाको खेती प्रणालीले खानै धौ–धौ हुन्थ्यो, जब मैले बिरुवा रोप्ने, गोड्ने, जैविक मल कसरी राख्नेजस्ता तरिका सिकें, तरकारी, फलफूल फलाएर बिक्री पनि गर्छु, त्यसपछि त गाह्रो भएन’, उनी सुनाउँछिन्, ‘अहिले प्रकृतिमा आधारित कृषि खेती गरेरै परिवार चलाएको छु, छोराछोरीलाई पढाएको छु, सबैभन्दा ठूलो कुरा पुरानो ऋण तिर्न सकें।’

याङसिला–५ का युवा अनिस रानामगर भने कृषिको नयाँ सिकाइ र प्राकृतिक संरक्षणको कामबारे जानकारी पाएपछि त जीवनको उद्देश्य नै बदलिएको छ। किशोरावस्थामा अल्लारे बनेर डुलिहिँड्ने उनी अचेल गाउँमा जैविक विविधता संरक्षण अभियन्ताको छवि बनाइसकेका छन्। उनी अचेल पर्मकल्चर कृषि विधि तथा रैथाने ज्ञानबारे चेतना फैलाउँदै हिँड्छन्। जसको नयाँ व्यक्तित्व बनिसकेको छ।

देशभर प्रभाव पारेको जनयुद्ध त सकिएकै थियो। त्यसैले पनि सायद गाउँलेहरू खुसी थिए। त्यसपछि मुलुकमा संघीयता आयो। नयाँ व्यवस्थाअनुसार मुलुकभर स्थानीय सरकारहरू बने। गाउँगाउँमा बाटो बनाउने भन्दै स्थानीय सरकार अर्थात् गाउँ र नगरपालिकाहरू सक्रिय भए। गाउँमै सिंहदरबार पुगेपछि विकासको मुहान फुट्ने जनअपेक्षा बढ्यो। परिवर्तनको चाहना कसलाई हुँदैन र ? भित्तोपाखो हिँड्नेलाई सडकमा हिँड्न पाउनु अनि उत्पादन बजार पुर्‍याएर आम्दानी बढाउन पाउनु कसका लागि खुसीको खबर नहोला र ? राता डाँडाहरूमा साँघुरा र नागबेली सडक नै सही तर खनिए।

बाँदर लड्ने भित्ता खोपेर खनिएका ती सडकले विकासको मुहान फुटाउनुको सट्टा गाउँ नै उजाड बनाइदिए। गाई–भैंसी, बाख्रा र बाँझो बारी बेचेर गाउँलेहरू धमाधम सहरतिर ओरालो लाग्न थाले। कुनै बेला किसानले सुन फलाएको डाँडो अब पहिरोले रातै भएर नांगियो। साँझ–बिहान आँगनको डिलमा डुल्न आउने चराहरू बिस्तारै लोप हुँदै गए। वर्षौंअघि बार्दली निकालेर बनाएका घरका पिँढीमा झार पलाउन थाले। धुरी र पालीमा खर उम्रिन थाले। गाउँको बीचमा उकासेका चौताराहरू ढलेर लोप हुन भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here