Home News फेरि बाघको आ”क्रमण ; १ पुरुषलाई पि”साब फेर्न जाँदा तानेर लग्याे, खोजी...

फेरि बाघको आ”क्रमण ; १ पुरुषलाई पि”साब फेर्न जाँदा तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

170
0

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बा’घले एक पुरुषलाई आ’क्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।




अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बा’घले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ;शंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पि;साब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चि;च्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बा;घले लगेको आ;शंका गरिएको हो ।

‘जंग;लभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने । निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन

अर्को समचार पनि पढ्नुहोस्

आदिम रूखको बोक्राले ब्लु जिन्सको ठाँटमा आफूलाई कसरी बदल्यो होला ? भारी गहना र पोसाकमा ठाँटिने राजा, महाराजाको सन्तान र एकसरो कपडामा काँप्ने रैतीहरू उस्तै कपडामा देखिने जमाना आउन सभ्यताले कति पाइला हिँड्यो होला ? संसारका अन्य मुलुकको तुलनामा ‘कुलीन’ र ‘कुल्लीहरू’ उस्तै लुगामा देखिन नेपाललाई कति समय लाग्यो ? सस्ता र न्याना चाइनिज कपडाको कारण आज धनीमानीकै दाँजोमा गरिबहरू पनि न्यानो लुगामा देखिन्छन् ।

सञ्चारको दुनियाँ शक्तिशाली छ । आज लन्डनको कुनै सहरमा देखिएको पोसाकको नमुना नेपालकै कुनै गाउँमा देखियो भने अचम्म मान्ने दिन गयो । ब्लु जिन्समा हल्लिएका तन्नेरी जुनसुकै गाउँमा भेटिन्छन् । तीन दशकअघि नै अक्सर ब्रिटिस र हङकङका लाहुरे परिवारका महिलाले लगाउने थाइल्यान्डको लामो मिडी र युकेको स्वेटरको रवाफ नेपालका साना सहरमा भित्रिसकेको थियो । हरहिउँदमा एउटा युकेको स्वेटर किन्ने त्यो बेलाका महिलाहरूको पहिरनी प्रतिज्ञा हुन्थ्यो ।

कपडासँग जोडिएका यस्तै परिदृश्यबीच माइनिके स्किपरको पुस्तक ‘न्याकेट अर कभर्ड– अ हिस्ट्री अफ ड्रेसिङ एन्ड अनड्रेसिङ अराउन्ड द वर्ल्ड’ हात पर्‍यो । यही पुस्तकमा आधारित रही पोसाकको इतिहास, राजनीति र समाजशास्त्रको उत्खनन गर्ने कोसिस गरेको छु ।

शरीरमा बेरिएको एकसरो लंगौटीको चलन फैलिएर संसारभरि पुग्यो । ह्वांग परेको खुला छातीमा निर्धक्क डुल्ने महिलाहरू, छोपिने र खुल्नेको असाधारण यात्रा पार गर्दै बिकिनी लगाएर समुद्री तटमा कावा खान थाले । मानिसको संसार नांगैबुंगै थियो, समयक्रममा मानिसको दुनियाँमा सरमले सानदार एन्ट्री मार्‍यो । मानिस छोपियो ।

समय फेरिँदै गयो, सरमको पर्दा फेरि पातलो हुँदै जान थाल्यो, मानिस फेरि खुल्न थाले । खुल्दै, छोपिँदै, खुल्दै, मानव सभ्यताको यात्रा कहाँसम्म जान्छ होला ? कोही हलाल बाथ (इस्लाम धर्म मान्नेहरूले पूरै शरीर छोपेर नुहाउने चलन) सम्म पुगेका छन्, कोही टपलेस–बाथमा मस्त छन् । एउटै धर्तीबासीले एकले अर्कोलाई हेर्दा बिजुलीको झड्का लाग्ने अवस्था छ ! पुरातन सत्ताले भन्छ, ‘पूरै शरीर छोपेर हिँड ।’ बजारको सत्ताले भन्छ, ‘देखाइदेऊ मेरो सामान बेचिदेऊ ।’ मानिसको विवेकले यो दुई ध्रुवबाट आफ्नो बाटो पहिल्याउँदै जाँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here