Home News प्रचण्ड नेपालको काठमाडौँ प्रदर्शन पछि ओली फा’यर, प्रचण्ड नेपाललाई भित्तामा पुर्याउने चे’तावनी

प्रचण्ड नेपालको काठमाडौँ प्रदर्शन पछि ओली फा’यर, प्रचण्ड नेपाललाई भित्तामा पुर्याउने चे’तावनी

198
0

प्रचण्ड नेपालको काठमाडौँ प्रदर्शन पछि ओली फा’यर, प्रचण्ड नेपाललाई भित्तामा पुर्याउने चे’तावनी




याे समचार पनि पढ्नुहोस्
राजनीतिक परिदृश्यमा देखिएको पछिल्लो अवस्था र प्रतिनिधिसभाको विघटनपश्चात् फेरि नेपालमा राजनीतिक अस्थिरता देखिएको छ। लामो संघर्षबाट प्राप्त संविधान र त्यसले व्यवस्था गरेका उपलब्धि जोगाउन र आगामी दिनमा विधिको शासन सञ्चालनमा धेरै समस्या आउन सक्ने संकेत देखिन्छ।




संविधानले व्यवस्था गरेको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरे पनि शासन पद्धति र शासकको नागरिकप्रति दायित्वबोध र जवाफदेहिता कम देखिएको परिस्थितिमा आजका युवाहरूको चाहनाबमोजिमको नेतृत्व राजनीतिक वृत्तमा कहिले आउँछ भन्ने सान्दर्भिक जनचासो हो।

युवाहरू युग परिवर्तनका संवाहक हुन्। सक्षम युवाको नेतृत्व र सहभागिताले सकारात्मक रूपान्तरण र दिगो विकासतर्फका गुणात्मक संकेत देखिन्छ। युवाले उद्यमशीलता, आर्थिक–सामाजिक रूपान्तरण, दिगो विकास र सुशासनसहितको भ्रष्टाचाररहित सभ्य सुसंस्कृत समाज निर्माण गर्न हरेक पक्षमा सक्षम युवाको भूमिका महत्त्वपूर्ण छ। बेलाबेलामा भएका आन्दोलनमा युवा नेतृत्व र सहभागिताले प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्रसम्मको व्यापक परिवर्तन आएका बारेमा व्यापक छलफल र बहस पनि हुन्छन्।

नेपालमा पनि विकास र योजना निर्माणमा युवालक्षित धेरै कार्यक्रम र योजना पनि क्रमिक रूपमा बढिरहेका छन्। तर नेपालको राजनीतिक नेतृत्वमा युवाहरूको पहुँच भने नगण्य रूपमै छ। नेपालको पछिल्लो जनसंख्याको तथ्यांकअनुसार देशको ७० प्रतिशतभन्दा धेरै जनसंख्या ४० वर्षभन्दा कम उमेर समूहमा पर्छ। देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपले समुन्नत र समृद्ध बनाउन योभन्दा राम्रो अवसर के पो होला र ? यो अवसर पूरा गर्न राजनीतिमा युवा नेतृत्व भए अन्य क्षेत्रमा जस्तै राजनीतिक अवस्थामा पनि सकारात्मक परिवर्तन हुनेछ भन्ने आमविश्वास छ।

पछिल्लो राजनीतिक परिवेशले सिर्जना गरेको सत्तारूढ नेकपामा देखिएको आरोप–प्रत्यारोप र प्रमुख प्रतिपक्षी दलहरूको महाधिवेशन र आगामी नेतृत्वको चर्चा चलिरहेका बेला नेतृत्वमा पुस्तान्तरणका लागि हरेक कोणबाट बहस पनि सुरु भएका छन्। आज हुँदै गरेका यस्ता बहस पूरा हुन सके भने युवाले प्राप्त गरेका जिम्मेवारीलाई मुलुकको आमूल रूपान्तरणमा प्रयोग गरी अवश्य सार्थकता दिनेछन्। समग्र क्षेत्रको आमूल परिवर्तनमा राजनीति र युवाको महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि नेपालको राजनीतिमा युवा नेतृत्व खै ? यो आजको सर्वाधिक चासो र खोजनीय विषय बनेको छ।

राजनीति र युवा नेतृत्व
लोकतान्त्रिक व्यवस्थासहितको राजनीतिमा सत्तापक्षको नेतृत्व होस् अथवा प्रतिपक्षको सदैव समग्र राजनीतिक व्यवस्था र प्रक्रियालाई प्रभाव पारेकै हुन्छ। राजनीतिलगायत अन्य हरेक क्षेत्रमा कुशल नेतृत्व र उसले निर्माण गरेको समूहले नै समग्र पक्षहरूको रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ। राजनीतिले देशलाई कुन दिशातर्फ लैजाने, कसरी मुलुक र नागरिकको समग्र विकास र आर्थिक, सामाजिक रूपान्तरण हुन सक्छ भन्ने बहुआयामिक पक्षसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ।

नागरिकमा खुसी, सुशासन कायम, कानुनी राज्य निर्माण र विधिको शासन सञ्चालन गर्न असल राजनीति र कुशल नेतृत्वका हातमा रहन्छ। समसामयिक यस्ता एजेन्डा आजका युवाका प्राथमिकतामा छन्। तिनलाई पूरा गर्ने जिम्मेवारी पनि युवाकै हातमा हुनुपर्छ। राजनीतिमा दूरदर्शी युवा नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन प्रमुख भूमिका निर्वाह गर्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here