Home News माईत गएकी श्री’मतीले बिहे गरेर भागिन् , श्री’मान रुदै मिडियामा, ससुरालीले दिए...

माईत गएकी श्री’मतीले बिहे गरेर भागिन् , श्री’मान रुदै मिडियामा, ससुरालीले दिए यति ठुलो धो’का (भिडियो हेर्नुहोस्)

132
0

माईत गएकी श्री’मतीले बिहे गरेर भागिन् , श्री’मान रुदै मिडियामा, ससुरालीले दिए यति ठुलो धो’का





याे समचार पनि पढ्नुहोस्

२०४६ सालपछि वामपन्थीहरू सत्तामा पुग्ने क्रम सुरु भयो । कांग्रेस र वामपन्थीहरूकै बीचमा सत्ताको पलटबाजी चलिरह्यो । राजनीतिक अस्थिरताको चेपुवामा जनताले अवर्णनीय सकस खेपे । आफ्ना चालीसबुँदे माग सरकारले लत्त्याएको आक्रोशस्वरूप कम्युनिस्ट चरित्रअनुसारको क्रान्तिबाटै राज्यसत्ता कब्जा गर्ने नाममा माओवादीको दसवर्षे रणसंग्राम खेप्न मुलुक बाध्य भयो ।




क्रान्तिका नाममा लगभग १७ हजार नेपालीले ज्यान गुमाए । अन्ततः एक दशकपछि संसदीय प्रणालीमै फर्कनुको विकल्प माओवादीसँग पनि रहेन । त्यसपछिको एक दशकमा देशमा आमूल राजनीतिक परिवर्तन भयो— राजसंस्थाको अन्त्य र गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान निर्माण, संघीयताको स्वरूपमा तीनै तहको निर्वाचन, निर्वाचनमा वामपन्थीहरूलाई सुविधाजनक बहुमत, दुई ठूला वाम पार्टीको एकताले झन्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट पार्टीको स्थायी सरकार गठन आदि ।

२०४६ पछि बनेका एक्काइस सरकारमध्ये बाह्रवटा कांग्रेस र आठवटा कम्युनिस्ट पार्टीले गठन गर्ने मौका पाए । सबैभन्दा धेरै समय सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको कांग्रेसझैं प्रगतिशील नारा उचाल्ने कम्युनिस्टहरूले पनि सत्तामा पुगेर जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन सकेनन् । विकास र जनपक्षीय काम हुन नसक्नुमा संक्रमणकाल र एकलौटी बहुमतको सरकारको अभावजस्ता रेडिमेड जवाफ दिने छुट दुवै सत्ताधारी दलहरूले पाइरहे ।

लैंगिक, जातीय र भौगोलिक सवालहरू पूर्णतः न्यायसंगत हुन बाँकी रहे पनि वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधानको पंक्तिमा पर्छ, जसले समाजवादलाई आफ्नो लक्ष्य मानेको छ । संविधानमा ‘समाजवादउन्मुख’ र ‘समाजवादप्रति प्रतिबद्ध रहने’ शब्दावलीको प्रयोगले संविधान निर्माणमा संलग्न सबै दल र नेताहरूलाई समाजवादबाट प्राप्त हुने लाभ जनतासमक्ष पुर्‍याउन नैतिक दायित्व सृजना गरेको देखिन्छ । तसर्थ नेपालको हकमा समाजवाद कम्युनिस्ट वा कांग्रेसको मात्र मुद्दा हो भन्ने ठाउँ देखिँदैन ।

समाजवादप्रतिको भरोसाकै कारण नागरिकले कम्युनिस्ट पार्टीलाई बहुमत दिलाएर पाँच वर्ष निर्विघ्न काम गर्ने अभूतपूर्व मौका दिए । तर तीन वर्ष नपुग्दै सत्ताधारी दलभित्रकै नेताहरूका व्यक्तित्वको टकरावबाट राजनीतिमा झन् विकराल स्थिति निम्तिएको छ । यो बेला अरू पक्षबाट हैन, समाजवादकै ‘हिमायती’ को घीनलाग्दो सत्तालिप्साका कारण जनआकांक्षामाथि कुठाराघात भएको हो । यसबाट थाहा हुन्छ, जनता झुक्याउन जुनसुकै वाद अघि सारे पनि नेपालका राजनीतिकर्मीहरू सत्ताको फोहोरी खेलबाट कहिल्यै मुक्त हुन नसक्ने रहेछन् ।

कम्युनिस्टहरूले आमूल परिवर्तनपछि ल्याउने स्वप्निल समाजलाई केही क्षण परै राखौं, बीपीले छ दशकअघि कोरेको समाजवादको न्यूनतम विन्दुसम्म पनि नेपालीहरू पुग्न सकेनन् । ‘सबै नेपालीको एउटा सानो घर, खान पुग्ने खेतबारी, एउटा दुहुनो गाई, एक हल गोरु, आधारभूत स्वास्थ्य उपचार र शिक्षादीक्षा ।’ बीपीको समाजवाद भनेर चिनिने यही प्रतीकात्मक समाजवादको लाभ जनताले लिन पाइरहेका हुन्थे भने कुपोषणले ग्रस्त १० प्रतिशत बालबालिकाको तथ्यांक हामीसँग हुने थिएन, अझै २० प्रतिशत हाराहारी जनता निरक्षर रहने थिएनन् ।

कोरोना सन्त्रासबीच महाकालीमा फाल हाल्नेसम्मको चुनौती मोलेर स्वदेश फिर्ने जनता तिहारको बासी सेलरोटी पोको पारेर उस्तै अनिश्चितताबीच पुनः भारतीय भूमिमा श्रमका लागि लर्को लाग्दैनथे, न त स्वदेशका गाउँ उजाड बनाएर खाडी मुलुकहरू नेपाली युवाका रगत र पसिनाले हराभरा हुन्थे । जनताको यो दुरूह अवस्थाका लागि २०४६ सालयता सबैभन्दा लामो समय सत्ता चलाएको कांग्रेस पनि उत्तिकै दोषी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here