Home International भारत चीनबीच सिक्किममा फेरी त’नाब, कयौ घा’इते। स्थिति तना’बग्र’स्त, अब के हाेला

भारत चीनबीच सिक्किममा फेरी त’नाब, कयौ घा’इते। स्थिति तना’बग्र’स्त, अब के हाेला

1469
0

भारत चीनबीच सिक्किममा फेरी त’नाब, कयौ घा’इते। स्थिति तना’बग्र’स्त, अब के हाेला





याे समचार पनि पढ्नुहोस्

ओली पुस ५ गते संसद विघटन गरेपछि पुस ७ गतेदेखि कांग्रेसको बैठक बस्दै आए पनि अहिलेसम्म ठोस् निर्णय केही गरेको छैन। आन्दोलनलाई निरन्तरता दिँदै अदालतको निर्णय कांग्रेसले पर्खेको छ। यसबीचमा पटकपटक बैठक बोलाए पनि स्थगित हुँदै आएको छ।




कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्‍त्रिक कदम भन्दै आए पनि पुनर्स्थापनाका पक्षमा संस्थागत निर्णय अहिलेसम्म भएको छैन। कांग्रेस ‘पर्ख र हेर’ को रणनीतिबाट अघि बढेको देखिन्छ।

नयाँ राजनीतिक घटनाक्रमपछि पार्टीभित्रैबाट दुईथरी विचार आएका छन्। एउटा पक्ष पुनर्स्थापनालाई बटमलाइन बनाएर अहिले नै सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा छ भने अर्को पक्ष अदालतको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छ। रामचन्द्र पौडेल पक्ष आन्दोलन चर्काउने पक्षमा भए पनि सभापति शेरबहादुर देउवा आन्दोलन चर्काउने मुडमा छैनन्। अदालतको निर्णय स्वीकार्य हुने र चुनावका लागि पनि कांग्रेस तयार रहेको सभापति देउवालगायतका पार्टीका नेताहरूले बताउँदै आएका छन्।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते शनिबार देशभर नै प्रदर्शन गरेको थियो।७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन भएको छ । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

पछिल्ला दिनमा अदालतभित्र र बाहिर पनि पुनर्स्थापनाको पक्षमा माहोल बलियो बन्दै गएको कांग्रेसको आन्तरिक विश्लेषण छ। यसका पछाडि केही खास कारण छन्। अदालतमा भइरहेको बहस सुनुवाइ र त्यसमा इजलासबाट ओइरिएका प्रश्‍न एवं प्रतिक्रिया, सरकारी पक्षले विघटनको निर्णयलाई वैधानिकता दिन गरेका विवादित (किर्ते) कामहरू, अदालतलाई प्रभावित गर्ने गरी प्रधानमन्‍त्रीबाट आइरहेका उत्तेजक अभिव्यक्ति, नागरिकस्तरमा भइरहेको विघटनको विरोध, विघटनको विपक्षमा बौद्धिक तथा पेसागत समुदायबाट भइरहेको खबरदारीलगायतका कारणले पुनर्स्थापनाको पक्षमा माहोल बलियो बन्दै गएको हो।

नेकपाका दुवै पक्षले कांग्रेससँग सहकार्यको प्रस्ताव राखेका छन्। पटकपटक सम्वाद पनि भइसकेको छ। सभापति शेरबहादुर देउवासहितको टिम ओली पक्षसँग अलि बढी निकट देखिएको छ र पटकपटक भेटवार्ता पनि भएको छ। त्यसैगरी प्रचण्ड र माधव नेपाल पक्ष भने वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको असन्तुष्ट समूहसँग सामिप्य र संवाद बढाएको छ। पुस ५ मा संसद विघटन हुनुअघि पनि दुवै पक्षले कांग्रेसलाई सहकार्यका लागि अफर गरेका थिए।

चुनावकै पक्षमा सकारात्मक देखिएका र मौन बसेका देउवा पनि पछिल्ला दिनमा पुनर्स्थापनाको पक्षमा अलि खुल्‍न थालेका छन्। चुनावको बाहना देखाएर सत्ता लम्ब्याउने ओलीको डिजाइनमा नफस्‍न पार्टीभित्रैबाट देउवालाई ठूलो दबाब छ। कोरोना लगायतका कारणले तत्काल चुनाव संभव नभएको र संसद पुनर्स्थापना नभए अस्थिरता र संक्रमणको डरलाग्दो शृखंला सुरु हुने र त्यसको जिम्मेबारी कांग्रेसले पनि लिनुपर्ने बताउँदै पार्टीका युवा नेताहरूले बालुवाटारको ललिपपमा नलोभिन कांग्रेस नेतृत्वलाई सचेत गराउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here