Home News पाकिस्तानबाट फर्कियो विश्‍व कीर्तिमानीआरोही टोली, काठमाडौंमा भव्य स्वागत घन्कियो यो नेपाली शीर...

पाकिस्तानबाट फर्कियो विश्‍व कीर्तिमानीआरोही टोली, काठमाडौंमा भव्य स्वागत घन्कियो यो नेपाली शीर उचाली (सम्मान स्वरुप १ सेयर गराै)

396
0

पाकिस्तानबाट फर्कियो विश्‍व कीर्तिमानीआरोही टोली, काठमाडौंमा भव्य स्वागत घन्कियो यो नेपाली शीर उचाली





याे समचार पनि पढ्नुहोस्

भन्सार प्रशासनले व्यापारमा लाग्ने समय र लागत कम गर्न प्रयास गरिरहेको छ । यसै वर्षदेखि छुट्टै वर्गीकरण शाखा गठन गरिएको छ, आफ्नै अत्याधुनिक प्रयोगशालाहरूमार्फत मालवस्तु पहिचानलाई तीव्रता दिएको छ, वस्तु वर्गीकरण तथा उत्पत्ति मुलुकबारे पूर्वादेश दिने प्रणाली थालेको छ ।




यसबाट मालवस्तु वर्गीकरणमा पैठारीकर्ताहरूको द्विविधा हटेको छ । यसै वर्षदेखि कार्यान्वयनमा ल्याइएको आसिकुडा प्रणालीबाट मालवस्तुको मूल्यांकनमा आधार र कारण खुलाउन मद्दत मिलेको छ, मालवस्तुको म्ल्यूांकन अझ पारदर्शी भएको छ ।

विभागले मालवस्तुको म्ल्यूांकनका लागि उपयोगी ट्यारिफ स्पेसिफिक कोडसमेत विकास गरिरहेको छ । व्यापारको सहजीकरणकै लागि भन्सार प्रशासनले पूर्वाधार विकास गरिरहेको छ । यसै वर्षदेखि विराटनगरमा पनि एकीकृत जाँच चौकीको सुरुआत भएको छ । वीरगन्जसहित दुईवटा एकीकृत जाँच चौकी र तातोपानी, सिर्सिया तथा काँकरभिट्टाका सुक्खा बन्दरगाहहरूसमेत गर्दा कुल व्यापारको झन्डै ७० प्रतिशत यस्तै अत्याधुनिक भन्सार भौतिक पूर्वाधारहरूमार्फत हुन थालेको छ ।

सामाजिक हित संरक्षणका लागि भन्सार प्रशासनले स्वयं तथा अन्य निकायको सहयोगमा अवैध व्यापारको नियन्त्रण र प्रतिबन्धित एवं समाजलाई हानि पुर्‍याउने मालवस्तुहरूको पैठारीमा निषेध गर्दै आएको छ । सीमामा रहेका सबै सरोकारवाला निकायसँग समन्वयमा रही राजस्व चुहावट तथा चोरी निकासी नियन्त्रणमा काम गरिरहेको छ । आकस्मिक तथा अत्यावश्यक मालवस्तुहरूको निकासी–पैठारीका लागि भन्सार प्रशासनले पूर्वसक्रियताका साथ काम गरिरहेको छ । कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भइरहँदा पनि हामी भन्सारकर्मीहरू भने जिम्मेवारीमा नियमित र निरन्तर प्रतिबद्ध रह्यौं ।

कोरोना संक्रमणको जोखिमका कारण धेरै निकाय बन्दप्रायः रहँदा भन्सार कार्यालयहरू भने सधैं पूर्ण क्षमतामा सञ्चालनमा आइरहे । त्यसबीच हाम्रा भन्सारकर्मीहरूलाई कोरोनाको संक्रमण देखियो, हामी डरायौं पनि तर आत्तिएनौं । हामीले कर्मचारी र मालवस्तुको सुरक्षाका लागि निःसंक्रमण गर्ने विधि सम्भवतः मुलुककै कुनै पनि निकायले भन्दा पहिले निर्माण गरेर कार्यान्वयन गर्‍यौं । पछि उक्त विधिलाई स्वास्थ्य मन्त्रालयले पनि अनुमोदन गर्‍यो । हामीले जाँचपासलाई छिटोछरितो र सहज बनाउनका लागि उपमहानिर्देशकको नेतृत्वमा र्‍यापिड एक्सन टिम बनायौं ।

मालवस्तुहरूको प्रकृतिका आधारमा द्रुत जाँचपासको विधि बनायौं । सड्ने–गल्ने तथा औषधिजन्य मालवस्तुहरूको जाँचपास दुई घण्टाभित्रै गर्ने चाँजो मिलायौं । कम जोखिमयुक्त मालवस्तुहरूको ठूलो हिस्सालाई हामीले हरियो लेनबाट शीघ्र जाँचपास गर्न सकिने व्यवस्था प्रणालीबाटै मिलायौं । कर्मचारीहरूलाई स्वास्थ्यका आवश्यक सबै उपकरणको व्यवस्था मिलाउँदै दिनदिन र छिनछिनमा सम्पर्क स्थापना गरी सूचना आदानप्रदान गर्न सामाजिक सञ्जालका समूहहरू सक्रिय तुल्यायौं ।

कुनै पनि कानुन शून्यतामा कार्यान्वयन हुँदै । त्यसका लागि सरोकारवाला सबै पक्षको उत्तिकै सहभागिता र सम्मति आवश्यक पर्छ । सीमामा भन्सार प्रशासनले दर्जनौं निकायसँग समन्वय र सहकार्य गरिरहनुपरेको हुन्छ । कतिपय अवस्थामा पर्याप्त समन्वय हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेका उदाहरणहरू छन् ।

धेरै देशमा सीमामा रहेका सबै सरोकारवाला निकाय भन्सारकै छानामुनि भन्सारकै पदसोपानमा रहेर काम गर्छन् । फलस्वरूप समन्वयमा प्रभावकारिता आएको पाइन्छ, जुन हामीले गर्न बाँकी छ । खुला सिमानाका कारण हुन सक्ने अवैध व्यापारको नियन्त्रण भन्सार प्रशासनले मात्र गर्न सक्दैन । यसका लागि सम्बन्धित स्थानीयस्तरमा रहेका सबै सरोकारवाला निकायको समन्वयात्मक पहल जरुरी छ । भन्सार कानुनको परिपालनाका लागि सरकारी तथा निजी क्षेत्रका अतिरिक्त आमनागरिकले पनि जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here